काठमाडौं । ‘दर्पण छायाँ’बाट नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री निरुता सिंहको समर्थकहरूले खोजी गर्न थालेका छन् । बेजोड अभिनयका कारण चर्चामा रहेकी सुन्दर नायिका निरुताका विषयमा खोजी हुनु स्वभाविक पनि हो ।
अभिनेत्री करिश्मा मानन्धरले निरुतालाई फिल्ममा फेरि आउन शुभकामना दिएकी छिन् । उनले निरुताको सम्झना आएको भन्दै राम्री कलाकारको संज्ञा दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अभिनेत्री करिश्माले भनेकी छिन्, ‘लभ यू निरुता । मिस यू । वन अफ द बेष्ट नायिका ।’
अहिलेसम्म विवाह नगरेर बसेकी नायिका निरुता सिंह केसी समय अगाडि मुम्बईमा फिल्म खेल्ने चर्चा पनि थियो । तर त्यो चर्चाका विषयमा आधिकारिक रुपमा कसैले केही बताएका छैनन् ।
दिग्गज निर्देशक तुलसी घिमिरेले निरुतालाई नेपाली फिल्ममा भित्र्याएका हुन् । निरुताले धेरै फिल्म पनि तुलसी घिमिरेकै खेलेकी थिइन् । दक्षिणा, दर्पण छायाँ, अजम्बरी नातालगायतका थुप्रै फिल्म निरुताका स्मरण योग्य छ ।
केही अनलाइन पोर्टलहरूसँगको सम्वादमा नायिका निरुताले विवाह गर्ने आफू तयार रहेको तर समय नजुरेको बताउने गरेकी छिन् ।
उनले भन्ने गरेकी छिन्, ‘विवाह गर्ने समय धेरै पहिला भइसकेको हो । विवाह गर्न भनेकी छु । जन्म, विवाह र मरण पहिला नै तय भएको हुन्छ । भगवानले नचाहँदासम्म त्यो पूरा हुँदैन । मेरो पनि विवाह हुन्छ ।’
No comments:
Post a Comment