हिन्दू ग्रन्थहरुमा श्रापहरुको वर्णन गरिएको छ । कुनै श्राप राम्रा त कुनै नराम्रा छन् । यस्तै केही श्रापहरुका बारेमा थाहा पाउनुहोस्, जसले इतिहासमा महत्वपूर्ण योगदान रह्यो र वर्तमान पनि यस्तो प्रभाव छ भन्ने गरिन्छ ।
युधिस्ठिरले दिए महिलाहरुलाई श्राप – महाभारतका अनुसार, जब युद्ध समाप्त भयोे, कुन्तिले पाण्डवहरु कहाँ गएर कर्ण उनिहरुको भाइ रहेको रहस्य बताइन् । यो सुनेर सबै पाण्डवहरु दुखी भए । युधिस्ठिरले विधि–विधान पूर्वक कर्णको अन्तिम संस्कार गरे र शोकाकुल भएर आफ्नाी आमा कुन्तिलाई श्राप दिए । युधिस्ठिरले कुन्तिलाई स्त्री जातीले कुनै पनि प्रकारको गोपनीयताका कुरा लुकाउन नसकुन् भनेर श्राप दिएका थिए ।
परीक्षितलाई श्रृंगीको श्राप – राजा परीक्षित एक पटक वनमा सिकार खेल्न गएका थिए, त्यहा उनले एक ऋषिलाई देखे । तपस्यामा लिन भएका तथा मौनव्रत लिएर बसेका ऋषिलाई राजा परीक्षितले कयौँ पटक तपस्या भंग गर्न खोजे । तपस्या भंग नभएपछि क्रोधित भएर राजा परीक्षितले ऋषिको काधमा मारेको सर्प राखिदिए । यो कुरा थाहा पाएर ऋषिकी पुत्री श्रृंगीले सात दिनपछि तक्षक नागको डसाईबाट मृत्यु होस् भनी राजालाई श्राप दिइन् । भनिन्छ, यही राजाको मृत्युपछि कलीयुग पृथ्वीमा हावी भएको हो ।
अश्वत्थामालाई श्रीकृष्णको श्राप – अश्वत्थामा र अर्जुनबीच ब्रह्मास्त्रको लडाई चलिरहेको थियो । यो देखेर महर्षि व्यासले दुवैको अस्त्र जुध्नबाट रोके र अश्वत्थामा र अर्जुनलाई आफ्नो ब्रह्मास्त्र फिर्ता लिन बताए । अर्जुनले आफ्नो ब्रह्मास्त्र फिर्ता लिए, तर अश्वत्थामाले आफ्नो अस्त्रको दिशा परिवर्तन गरी अभिमन्युकी पत्नी उत्तराको गर्भमा पुग्यो । यो देखेर भगवान श्रीकृष्णले अश्वत्थामालाई श्राप दिए । उनले श्रापमा भने तीन हजार बर्षसम्म यही पृथ्वीमा तड्पी–तड्पी रहन परोस्, कुनै पुरुष पनि तिमीसँग कुरा नगरोर् ।
यमराजलाई माण्डव्य ऋषिको श्राप – माण्डव ऋषिलाई फाँसी दिँदा पनि प्राण नगएपछि राजाले आफ्नो गल्ती स्वीकारेर माफी मागे । त्यसपछि माण्डव ऋषि यमराज कहाँ गए र सोधे मलाई के कारण फाँसी दिन खोजियो ? यसराजले भने, जब तिमी १२ बर्षको थियौँ एउटा किराको पुच्छरमा सियोले घोच्यौँ, त्यसैले यस्तो सजाय भोग्नु पर्यो । माण्डव्य ऋषिले १२ बर्षको उमेर के धर्म के अधर्म थाहा हुँदैन, यति सानो अपराधको यति ठूलो सजाय दिएकोमा म तिमीलाई श्राप दिन्छु, तिमी अर्को जन्ममा शुद्र योनिमा दासको पुत्रको रुपमा जन्म लिन परोस् । माण्डव्यको यही श्रापका कारण यमराजलाई विदुरको रुपमा जन्म लिन पर्यो ।
अर्जुनलाई उर्वशीको श्राप – एक पटक अर्जुन दिव्यास्त्र पाउनका लागि स्वर्ग लोक पुगे । त्यहाँ अप्सरा उर्वशी नाम गरेकी अप्सरा उनिप्रति आकर्षित भइन् । जब अर्जुनले उर्वशीलाई आफ्नो माता समान ठान्छु भने उर्वशी क्रोधित भई अर्जुनलाई तिमी नपुंसक होऔँ र स्त्रीहरुकाबीच तिमी नर्तक हुनु परोस् भनी श्राप दिइन् । जब अर्जुनले यो कुरा देवराज इन्द्रलाई बताए, उनले भने तिमी वनवास बसेका बेला तिमीलाई यो श्राप वरदानको रुपमा काम गर्नेछ ।नेपाली हेडलाइंस
No comments:
Post a Comment