Wednesday, 18 January 2017

सलमानले पाए १९ वर्ष लामो मुद्दाबाट सफाई

बलिउडका चर्चित अभिनेता सलमान खानले १९ वर्षअघि कृष्णसार शिकार मुद्धाबाट सफाई पाएका छन्। उनलाई राजस्थानको जोधपुर अदालतले बुधबार दोषमुक्त गरेको छ। जोधपुर जिल्लाका मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले सलमानलाई शंकाको लाभ दिँदै दोषमुक्त गर्ने निर्णय गरे।
राजस्थानको बहुचर्चित कृष्णसार शिकार मुद्धामा उनीविरूद्ध लाइसेन्स रद्ध भएको बन्दुक प्रयोग गरेको आरोप लागेको थियो। उनीविरूद्ध स्थानीय वन विभागले १९ वर्षअघि ‘आर्म्स एक्ट’ अन्तर्गत मुद्धा दायर गरेको थियो।
निर्णय सार्वजनिक भएपछि सलमान अदालतबाट बाहिरिएका थिए। अदालत बाहिर सलमानको प्रशंसकको भीड लागेको थियो। बुधबार निर्णय सुनाउने दिन सलमानलाई बिहान ११ बजे नै अदालतमा उपस्थित हुन आदेश गरिएको थियो। तर, सुरक्षा र भीडका कारण उनी केही ढिलो आफ्नो फर्चुनर गाडीबाट अदालत पुगेका थिए।
अदालतले अन्तिम निर्णय सुनाउदा सलमानसँग उनको बहिनी अलविरा पनि थिइन्। यो मुद्धामा दुवै पक्षको बयान ९ जनवरीमा सुनेपछि अदालतले अन्तिम निर्णयका लागि १८ जनवरीको समय निर्धारण गरेको थियो। र, यसका लागि सलमानलाई अदालतमा अनिवार्य उपस्थितको आदेश दिएको थियो।
यो मुद्धामा २० जनाको बयान भएको थियो। सन् १९९८ मा ‘हम साथ साथ हे’ को सुटिङको दौरान २६ सेप्टेम्बरदेखि २ अक्टुवरसम्म कृष्णसार शिकारको तीन भिन्दा भिन्दै मुद्धा अदालतमा दर्ता भएको थियो। पुलिसले २२ अक्टुवरमा सलमानको कोठाबाट एउटा पेस्तोल र गन बरामद गरेको थियो।

No comments:

Post a Comment