दार्चुला, माघ ५ । दार्चुलाको लेकाली भेगमा परेको हिमपातले अझै जनजीवन कष्टकर बनेको छ । दुहु क्षेत्रमा यस पटक बढि हिमपात भएको हो । सधैं हिमपात भइरहने बस्तीमा १४ वर्षपछि यसपालि बाक्लो हिमपात भएको हो ।
‘यति धेरै वर्षपछि बाक्लो हिमपात भएको यो पहिलो पटक हो ।’ धौलाकोट ४ का धनपति धामीले भन्नुभयो, ‘पहिला २।३ वर्षको अन्तरमा हाम्रो बस्तीमा यसरी नै हिमपात हुन्थो । ‘०६० सालयता धौलाकोट क्षेत्रका बस्तीमा हिमपात हुनै छाडेको थियो, अहिले लामो समयपछि हिमपात भएकाले चिसो महसुस भएको छ ।’
दुहु क्षेत्रका धारी, हिकिला, पीपलचौरी, हुती, धौलाकोट, राप्ला र व्यास गाविसमा आइतबार बाक्लो हिमपात भएको थियो । लामो समयपछि हिउँदे वर्षासँगै बाक्लो हिमपात भएकाले यो वर्ष अन्य प्राकृतिक प्रकोप नभए खेती किसानी राम्रो हुने कृषकको भनाइ छ । बीउ छरेको लामो समयपछि हिउँ परेकाले खेतीलाई प्रशस्तै पानी पुग्ने भएकाले यसपालि फल पनि राम्रै पाउने किसानहरूले आशा गरेका छन् ।
No comments:
Post a Comment