Wednesday 1 February 2017

'विवादस्पद सांसद सिँह अब सार्वजनिक बाटो अतिक्रमण तिर' -

वीरगन्ज,१९माघ । नेपाली काँग्रेसको सांसद लालबावु सिँह भुईहारले बाराको सदरमुकाम कलैया बजारको बाटो अतिक्रमण गरी कम्पलेक्स बनाएका छन् ।

पटक पटक विवादमा तानिएका लालबावु सिँह पछिल्लो पटक सार्वजानिक बाटोमा राज गरेर विवादमा तानिएका हुन् ।

कलैया बजार क्षेत्रमा रहेको जग्गामा सिँहले जबरजस्ती बाटो नै अतिक्रमण गरी सिँग कम्पलेक्स बनाए पछि स्थानीयहरु त्यसको बिरोधमा उत्रेका छन् ।

कलैया नगरपालिकाले सर्वसाधारणले सडकसँगै टासिएर रहेको जग्गामा घर निर्माण गर्दा कमसे कम तीन फिट आफनो जग्गा छोडनु पर्ने निमय लागए पनि सांसद सिँहले तीन फिट जग्गा छोडनुको साटो उल्टै सडककै तीन फिट जग्गा अतिक्रमण गरी कम्पलेक्स बनाएको स्थानीयहरुले बताएका छन्।

सांसदको पदले गर्दा कलैया नगरपालिका र स्थानीय प्रहरी,प्रशासनलाई राजनितिक प्रभावमा पारेर सिँहले कलैया नगरपालिकाको नियमलाई हातमा लिदा समेत कारवाही गर्ने निकाय मौन बस्दै आएको छ।

बारा पुरैनियाका १ घर भएका लालबावु सिँह स्थानिय निर्वाचनबाट वडा अध्यक्ष समेत बन्न नपाए पनि करोडौँ रुपैया खर्च गरेर काँग्रसबाट दोस्रो संबिधान सभाको चुनावबाट समानुपति सांसद बन्न सफल भएका थिए ।

सुन तस्करी र नक्कली भारतिय रुपैयाँको कारोबार गरी अर्ब पति बनेका सिँहले अहिले पनि सुन तस्करी र नक्कली रुपैयाँको कारोबार गर्दै आएको समाचार स्रोतको दाबी छ ।

१६ बर्ष भन्दा पहिला सुन तस्करी र नक्कली भारतिय रुपैयाको कारोबारमा हात नहालेको अवस्थामा सिँहको गाउँमा पुर्खौली  जग्गाहरु दश लाख रुपैयाको समेत नभएको अवस्थामा अहिले राता रात करोड पतिबाट  अर्वौ पति तिर सिँह ढकेलिन सफल भएका छन् ।

दुई वर्ष पहिला काठमाडौँमै नेपाल प्रहरीका जुनियर अधिकृतहरुले सिँहका अवैध सुन बोक्ने भरिया रमेश पाण्डेबाट तीन किलो सुन नियन्त्रणमा लिएरका थिए स्रोतले भन्यो ।
newsabhiyan
तीन किलो सुन नियन्त्रणमा लिएर ती प्रहरी अधिकृतहरुले आफनो माथिलो निकायलाई जानकारी नगराएर आफै लुगाएको कुरा बाहिर आए पछि सुन बोक्ने रमेश पाण्डेसँग सँगै ती प्रहरीहरु समेत कारवाहीमा परेका छन्।

तस्करीको सुन सहित पक्राउ परेका रमेश पाण्डे सिँहकै गाउँ पुरैनिया ४ का स्थानिय बासीन्दा हुन्।
सांसद सिँहले वीरगन्ज घण्टाघर बाट बसपार्क जाने मुख्य बाटोमा रहेको श्रीराम मनी चेन्जर संचालन गरेर त्यहाँबाट पनि अहिले भारतिय नक्कली रुपैयाँको कारोबार गर्दै आएका छन्।

सभासद भएकै बेलामा सुन तस्करीमा संलग्न रहेका सिँहलाई नेपाल प्रहरीका उच्चा अधिकृतहरुले कारवाही नगरी आर्थिक लाभ लिएर बचाउन खोजे पनि भरीया रहेका पाण्डेलाई मात्रै कारवाहीमा राखे।
पाण्डे अहिले धरोतीमा रिहा भएर सिँहसँगै बस्दै गरेको छन्।

दोस्रो सबिधान सभाको चुनाव पछि समानुपातिक कोटाबाट बाराकै काँग्रेसी नेता तथा त्यो बेला नेपाली काँग्रेसको उम्मेदवारलाई टिकट दिने कमिटीमा रहेका फरमूल्लाह मंसुरको अर्शिवादले समेत लालबावु सिँह समानुपतिक कोटाबाट सभासद बन्न सफल भए पछि बारा, पर्सामा सुन तस्करी गर्ने र नक्कली भारतिय रुपैयाको कारोवारी गर्नेलाई सभासद बनाएकोमा धेरै काँग्रेसी कार्यकर्ताहरुले पार्टीका ठुलो नेताहरुलाई भेटी गुनासो समेत गरेका कुरा एक नेपाली काँग्रेसका केन्द्रिय सदस्यले बताएका छन्।

No comments:

Post a Comment