Sunday, 5 February 2017

बुद्धको पाइला देखेर किन छक्क प-यो यो ज्योतिषी : (पुरा पढ्नुहोस)

असार महिनाको तातो अपराह्न थियो । भगवान् बुद्ध आफ्ना शिष्यहरूका साथ कतै गइरहनुभएको थियो । उहाँ हिँड्नुभएको बाटोमा कुनै पनि रुख थिएनन् । चारैतिर बालुवा नै बालुवा थियो ।

बालुवामा हिँड्दा तथागतको पाइला बन्दै गएको थियो । यी पाइलाका निशान सुन्दर थिए । त्यतिखेरै बुद्धका शिष्यहरूले एक रुख देखे । सबैजना रुखमुनि पुगेर आराम गर्न थाले ।

त्यतिखेरै त्यहाँ एकजना ज्योतिषी आइपुगे । उनी त्यही बाटो हिँडेर घर जाँदै थिए । उनले बालुवामा बुद्धको पाइला देखे । पाइला हेरेर उनी छक्क परिरहेका थिए ।

ती ज्योतिषीले जिन्दगीमा यस्तो पदचिह्न देखेका थिएनन् । चक्रवर्ती सम्राट्को यो पदचिह्न पछ्याउँदै जाँदा उनले एक संन्यासी अर्थात् बुद्धलाई पो भेटे ।

बुद्धको मुहारमा दिव्य चमक थियो । ज्योतिषीले बुद्धलाई हात जोडेर निवेदन गरे, ‘हजुरको पाइतालामा भएको पद्म अति दुर्लभ हो । हजारौं वर्षमा कुनै एक भाग्यशालीमा यस्तो चिह्न देखापर्छ । ज्योतिषविद्याका अनुसार हजुर त चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर ...?

यो सुनेर भगवान् बुद्ध हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंको ज्योतिषविद्या सही हो । तर अब म सबै बन्धनबाट मुक्त भइसकेको छु ।’

तपाईंले सम्पूर्ण बन्धनबाट छुटकारा पाएपछि कुनै ज्योतिषविद्याले काम गर्दैन । परमतत्व ज्ञान र मोक्षप्राप्ति मात्र त्यतिखेर महत्वपूर्ण हुन्छ । बुद्धको यो प्रसंग यही कुरालाई इंगित गर्छ ।

No comments:

Post a Comment