अछाम, माघ २४ । पश्चिम नेपालको मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय यतिबेला अछामको नाडामा पुगेको छ । ३९ छाप्रोमा गरी करिब १ सय ४९ संख्या रहेको यो नेपालको अति लोपोन्मुख जाति हो ।
आफ्नो समुदायका कुनै सदस्यको मृत्युपछि बसाई सर्ने प्रचलनका कारण राउटे कुनै एक ठाउँमा बसोबास गर्न सक्दैनन् । आधुनिक जीवनशैली, खेतीपाती, शिक्षादीक्षादेखि धेरै टाढा रहेका राउटेहरु विशेषगरी अछाम, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र दाङका जंगलहरुमा घुमफिर गर्न रुचाउँछन् । त्यसैले, यी जिल्लालाई राउटे परिभ्रमण क्षेत्र भन्ने गरिन्छ ।
नाडा जंगलमा यो समुदायको नयाँ बस्ती बस्दैछ । मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाम–दैलेखको कर्णाली पुल पार गरेर विनायक, कमलबजार, तुर्माखाँद हुँदै नाडा पुग्न सकिन्छ । कर्णाली किनारको कोल्लीमोरामा एक सदस्यको मृत्युपछि डेढ घण्टा उकालोमा सरेका हुन् । बस्ती सर्दा पर्याप्त पानी, काठ भएको, मानवबस्तीदेखि टाढा भएकोमा खण्डमा उनीहरुको रोजाईमा पर्दछ । समुदायमा सबै छाप्रो बनाउन व्यस्त छन् ।
आफूलाई जंगलको राजा दाबी गर्ने राउटेहरुमा तीन वर्ग छ । उनी ठकुरी वंशका हुन् । कल्याल, सोमवंशी र रास्कोटी गरी तीन समुदाय छन् । पहिले एउटै मुखियाले समुदायको नेतृत्व गरेपनि पछिल्ला केही वर्ष तीन जातिका तीन मुखिया छन् ।
काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।
.
No comments:
Post a Comment