भारतमा एक बिरामीको मुखबाट ६ फिट लामोे टेपवर्म निकालिएको छ। ४८ वर्षीय ती व्यक्तिको मुखबाट भारतको नयाँ दिल्लीस्थित इन्सिटच्युट अफ लिभर एन्ड बिलरी साइन्स हस्पिटलका चिकित्सकको समूहले त्यति लामो टेपर्वम निकालेका हुन्।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार ती व्यक्तिको दुई महिनासम्म पेट दुखेपछि मलासय परीक्षण (कोलोनस्कोपी) गरिएको थियो। परीक्षणमा उनको रगतमा हेमोग्लोबिनको मात्रा घटेको पाइयो। उनको उपचारमा संलग्न चिकित्सक डा. काइरियक फिलिप्सका अनुसार कोलोनस्कोपीपछि बिरामीको पेटमा टेपवर्मको अंश देखिएको थियो।
टेपर्वमको संकेत पाएपछि चिकित्सकहरुले इन्डोस्कोपी गरेका थिए। इन्डोस्कोपीबाट बिरामीको पेटको सानो आन्दाभित्र लामो परजीवीको तस्विर पत्ता लागेको थियो।
त्यसपछि चिकित्सकहरुले बिरामीलाई बेहोस बनाई मुखभित्र चिम्टा हालेर उक्त टेपवर्म निकालेका थिए। जुन टेपर्वमको लम्बाई ६ दशमलब १ फिट थियो। चिकित्सक पिलिप्सले भने, ‘निकाल्नुअघि उनको पेटभित्र कत्रो टेपर्वम थियो भन्नेबारे केही थाहा थिएन। त्यसलाई हामीले मुखबाट बिस्तारै तानिरह्यौँ। सबा एक घन्टापछि हाम्रो काम सकियो। मैले यसअघि कुनै पनि बिरामीको पेटमा यति लामो टेपर्वम देखेको थिइनँ।’
टेपर्वमलाई निकालिसकेपछि चिकित्सकहरुले बिरामीलाई ६ महिना प्राजिक्विन्टेल नामक औषधी सेवन गर्न भनेका छन्। जसले बिरामीको पेट र आन्द्रामा परिजीवीको सम्भावित अण्डा मार्ने काम गर्दछ। एजेन्सी र स्वास्थ्य खबर सहकार्य
No comments:
Post a Comment