काठमाडौं, माघ २४। गत पुस २१ गते दुबईबाट काठमाडौं ओर्लिएका गोपालबहादुर शाहीको साथबाट सिआइबीले साढे ३३ किलो सुन बरामद गर्यो। सुन समातिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस विषयमा थप अनुसन्धान अघि बढाइरहेको छ।
सधैँ सुन भरियामात्र समात्यो भनेर आलोचना खेप्दै आएको प्रहरीले यसपटक सुन तस्करीको जरो खोतल्ने प्रयास गरेको छ। सिआइबीले आइतबार आफ्नै संगठनका एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ। सुन तस्करविरुद्ध कारवाहीको नेतृत्व गरिरहेका सिआइबीका निर्देशक डिआइजी नवराज
सिलवालसँग गरेको कुराकानी।
१. एसएसपी श्याम खत्रीलाई किन पक्राउ गर्नुभयो ?
सुन तस्करी गराउन तथ्थहरुबाट उनको संग्नता देखियो। अनुसन्धानको दायरामा ल्याउनका लागि एसएसपी खत्रीलाई हामीले पक्राउ गरेका हौं। उनीमाथि आज संगठित अपराध मुद्दामा म्याद थप गरेर थप अनुसन्धान अघि बढाउछौं ।
२. खत्रीसँगै अहिलेसम्म सुन काण्डमा कति जनालाई पक्राउ गर्नुभयो ?
अहिलेसम्म हामीले दुवईबाट सुन ल्याउने एकजना, काठमाडौंमा सुन कुरेर बस्ने दुई जना, विमानस्थल भन्सारका तीन जना कर्मचारी लगायत आठ जना पक्राउ गरिसकेका छौं ।
३. सुन काण्डमा एसएसपीको मात्र सम्लग्नता देखियो कि, अझ यो भन्दा माथिका प्रहरी अधिकृत पनि सामेल भएका छन् ?
सुन तस्करीमा सम्लग्न थप मानिसहरु पनि छन् । माथिका कर्मचारी पनि छन् । केहीलाई हामीले पत्ता लगाइसकेका छौ। चाँडै उनीहरु कारबाहीको दायरामा आउँछन् ।
४. कसरी हुदोँ रैछ नेपालमा सुन तस्करी ?
एक हप्तामा १ सय ५० किलो सुन तस्करी हुदोँ रैछ। महिनामा ६ सय देखि साढे ६ सय किलोसम्म सुन तस्करी हुने गरेको अनुसन्धानबाट देखिएको छ। पछिल्लो एक बर्ष देखि यो परिमाणमा सुन तस्करी भइरहेको देखियो। एेउटै मानिसले सय पटक सम्म सुन तस्करी गरेर ल्याएको बयान दिएको छ।
नेपालमा तस्करी भएको सुन नेपालमा खपत हुदैँन। छिमेकी मुलुकमा जान्छ। अहिले युएइ र चीनबाट बढी सुन तस्करी भइरहेको छ। युएइबाट आउने रेमिट्यान्स पनि सुनमा नै लगानी भएको देखिन्छ। रेमिट्यान्सको पैसा उतै लिने र घरमा नेपाली रुपैयाँमा भुक्तानी गर्ने गरेको देखियो।
त्यसका साथै बजारमा पर्यटकले साटेका बिदेशी मुद्रा उनीहरुले किनेर सुनमा लगानी गर्ने भेटिएको छ। यसले नेपाललाई ठुलो बिदेशी मुद्रा घाटा भएको छ। अर्थतन्त्रमा ठूलो घाटा परिरहेको छ। जुन घाटा बाहिरबाट हेर्दा झ्वाट्ट देखिदैँन।
५. सुन तस्करी रोक्न नितिगत रुपमा नै कुनै सुधारको आवश्यकता छ?
सुन तस्करी रोक्न सबैभन्दा पहिला विमानस्थलको सुरक्षामा ब्यापक परिवर्तन गर्नुपर्ने देखिन्छ। त्यहाँ भएका ‘मेकानिजम’को स्तरउन्नति गर्नु पर्छ।सबै स्थानमा सिसिटिभी निगरानीमा राख्नुपर्छ । अहिले विमानस्थलको रेखदेख र काम कारबाहीमा एउटै संस्थालाई एकाधिकार दिइएको छ। त्यो तोड्नुपर्छ। कुनै पनि गतिविधिमा सम्लग्न नहुने गरी कर्मचारीहरुका लागि नयाँ प्रणालि बसाल्नुपर्छ ।
त्यहाँ खटाइने कर्मचारीको इमान्दारीता जाँच गर्नुपर्छ। लामो समयसम्म त्यहाँ एउटै कर्मचारी राख्नुहुन्न । समय समयमा सरुवा गराइरहनुपर्छ।
त्यहाँ काम गर्ने कर्मचारीले आफ्नो मोबाइल नम्बर जसलाई पायो त्यसलाई दिनुहुन्न। असम्बन्धित मानिससँग बसेर डिनर, लन्च खाने, उपहार लिने काम कर्मचारीहरुले बन्द गर्नुपर्छ । पहिलो चरणमा यति काम भए केही हदसम्म भएपनि सुन तस्करी रोकिन्छ। यसका साथै सुन तस्करी हुन नदिन सरकारले कसिलो कानुन ल्याउन आवश्यक छ।
६, सुन तस्करविरुद्ध अप्रेसन चलाइरहदाँ राजनीतिक दबाब कत्तिको आएको छ ?
नढाँटी भन्नुपर्दा, यसमा कुनै राजनीतिक दबाब आएको छैन्। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री सबैले सहयोग गर्नुभएको छ। उहाँहरुले सुन काण्डमा सतहमा पुगेर अनुसन्धान गर्न निर्देशन पनि दिनुभएको छ। सबैभन्दा ठूलो गृहमन्त्रीको सर्पोट छ। पहिला पहिला हामीले सुन तस्करलाई राजस्व अनुसन्धानमा बुझाउने गरेका थियौं ।
यसलाई निरुसात्हित गर्न अहिले हामीले संगठित मुद्दा चलाएका छौं । कसरी अघि बढ्ने भन्नेमा महान्यायाधिवक्ता र प्रहरी महाननिरीक्षकसँग छलफल गरेर अघि बढिरहेका छौं । कतैबाट केही दबाब आएको छैन। दबाब आए सुनिदाँ पनि सुनिदैँन। सेतोपाटीको सहयोगमा
Sunday, 5 February 2017
एकै जनाले सय पटक सम्म सुन तस्करी गरेको पाइयो - सिआइबी प्रमुख सिलवाल
Labels:
Desh
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment