Monday, 6 February 2017

सात बर्षीया छोरी बलात्कार हुँदै गर्दा आमा पुगेपछि..


२४ माघ । सात बर्षीया बालिकामाथि बलात्कार हुँदै गर्दा उनकी आमाले देखेर बचाएकी छन् । सात बर्षीया बालिकालाई उनकै अंकल पर्नेले बलात्कार गरिरहेको अवस्थामा अचानक आमा त्यहाँ पुगेकी थिइन् ।
घटना भारतको राजधानी दिल्लीको पांडव नगर स्थित यमुना खादर क्षेत्रको हो । लक्ष्मण नाम गरेका ति पुरूष घरमा कोही नभएको माैकामा बालिकामाथि कुकर्ममा उत्रिका हुन् । घटना आइतबारको हो ।
छिमेकमा बस्ने लक्ष्मण बालिकाको आमासहित परिवारका सदस्य मन्दिर गएको माैकामा कुकर्म गर्न बालिकाको घरमा पुगेका थिए ।
अचानक बालिकाको आमा घरमा छिर्दा बालिकाको चित्कार सुनेर छिमेकी गुहारेकी थिइन् । तत्काल बलत्कारी ति पुरूषालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।डीसीनेपालको सहयोगमा

No comments:

Post a Comment