काठमाडौं, २४ माघ । स्थानीय चुनाव गर्ने भन्दै कांग्रेस, एमाले र माओवादीहरू मैदानमा खटिन थालेका छन् । चुनाव यसरी घोषणा गर्ने र उसरी घोषणा गर्ने भन्दैै रस्साकसी पनि गर्न थालेका छन् ।
तर, आफूले नेपाली राजनीतिको रिमोट कन्ट्रोल समातेर बसेको ठान्ने भारत भने आफ्नो समर्थनबिना कुनै पनि हालतमा नेपालमा कुनै पनि चुनाव हुन नसक्ने भन्दैछ । नयाँ दिल्लीस्थित साँघु स्रोतले साउथ ब्लक निकटहरूसंग सम्पर्क गर्दा उनीहरू भन्छन्, ‘चुनाव घोषणा भएपनि जनताले लाइन लागेर भोट हाल्न सक्ने छैनन् । किनभने त्यस्तो चुनाव हुन नदिन हामी तत्पर छौँ ।’ साँघु साप्ताहिकले समाचार छापेको छ ।
कतिपयले अहिलेको संविधान संशोधन विधेयक भारतको माग हो भनिरहेका छन् तर नयाँ दिल्ली स्रोत भन्छन् – यो संविधान संशोधनसँग नयाँल्लीको खासै लेनदेन छैन, यो त परीक्षणका लागि फालिएको एउटा तुरुप मात्र हो । के हो त नयाँ दिल्लीको चाहना ? बुझिए अनुसार, समग्र मधेसलाई एउटै प्रदेश या दुईटा प्रदेश बनाउने, पहाडी क्षेत्रका लागि भारतसँगको सम्पर्कका लागि चितवन जिल्लाको सानो भौगोलिक करिडोर दिने काम गरिएमा मात्र नयाँ दिल्लीको दिलखुस हुन्छ । नयाँ दिल्लको दिलखुस त हुन्छ तर दिल्लीको चाहना यतिमा सीमित छैन ।
नयाँदिल्ली खासगरी भारतीय जनता पार्टीको नेतृत्वको नरेन्द्र मोदी सरकारले नेपालका प्रमुख दल, प्रमुख नेतासँग स्पष्टैसँग हिन्दूराज्य घोषणाको माग गरिरहेको छ । जानकारहरू भन्छन्– प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवालाई विशेष दूतहरूले खुलेरै नेपाल हिन्दू राज्य हुनुपर्छ भनिसकेका छन् ।
यस्तो माग कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न नेताहरूको कानमा पुगाइएको छ । देउवा,महामन्त्री शशांक कोइराला हिन्दू राज्यप्रति सकारात्मक भएको बुझिन्छ तर त्यस्तो घोषणामा पुग्न अहिलेको राजनीतिक संरचना र संविधान भत्काउन नहुने उनको धारणा छ ।
चुनाव नहुने र यो संविधान पनि धेरै दिन नटिक्ने बन्दोवस्त विभिन्न शक्तिहरूले मिलाउँदै गइरहेको बेला अर्को एउटा शक्ति भयंकर क्रियाशील हुन थालेको छ ।
ती शक्ति हुन् – पूर्वमहाराजा ज्ञानेन्द्र शाह । शक्तिविहीन बने पनि उनी अनेक कारणले शक्तिकै रुपमा रहिरहेका छन् । उनी एकखाले शक्ति हुन भन्ने मुख्य आधार हो – उनीसँग देशका स्थपित राजनीतिक शक्तिहरू डराउँछन् । आजकाल ज्ञानेन्द्र शाह चलेखेल पनि निकै चर्को छ । नयाँदिल्ल र थाइल्यषण्ड मात्र धाउने गरेका ज्ञानेन्द्र शाह तीन महिनाअघि बेइजिङ पुगेका थिए । यता नेपालमा चुनाव नहुने बातावरण बनाइँदै गर्दा उता ज्ञानेन्द्र शाहको उत्साह पनि बढ्दै गएको छ ।
उनी बुहारी हिमानीसहितको टोली लिएर २०७३ माघ २० गते थाइल्यान्ड गएका छन् । माघ २० गते बैंककतर्फ लागेका पूर्व महाराजा ज्ञानेन्द्रले काठमाडौंमा नेपाली कांग्रेसलगायत भारतीय र चिनियाँ विशेष प्रतिनिधीसँग राजनीतिक भेटघाट गरेको पनि थाहा भएको छ । बुहारी हिमानी शाह र निजी सचिव सागर तिमल्सिनासहित बैंकक पुगेको पूर्वराजा ज्ञानेन्द्र त्यहाँ चिनियाँ कूटनीतिक भेटघाटमा ब्यस्त रहेको बैंककस्थित साँघु स्रोतले जनाएको छ ।
No comments:
Post a Comment