म्यानमारको सेनाद्वारा रोहिङ्या मुशलमान समुदाय विरुद्ध सञ्चालित कारवाहीमा महिला, बालबालिका सहित सयाँै नागरिकको मृत्यु भएको आशङ्का संयुक्त राष्ट्रसङ्घले शुक्रबार गरेको छ ।
बालबालिकालाई काटेर हत्या गरेको साथगै महिलाहरुमाथि बालत्कार भएको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।
बङ्गलादेशस्थित २०४ रोहिङ्या शरणार्थीसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले म्यानमारमा मानव विरोधी अपराधले पछिल्लो समय बढावा पाएको राष्ट्रसङ्घले आफ्नो प्रतिवेदनमा जनाएको छ ।
म्यानमारमा राखिने राज्यमा भएको तथा कथित ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा सयाँै मानिसको हत्या भएको राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ ।
अल्पसङ्घसख्यक मुशलमान माथि म्यानमारका सुरक्षाकर्मी वा असैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतकङ्क सिर्जना गर्ने र प्रतिकारमा अभि आउने र उनीहरुका परिवारजनमाथि व्यापक हिंसात्मक कारवाही गरिने गरेको राष्ट्रसङ्घले जनाएको छ ।
प्रत्यक्षदर्शीलाई उदृत गर्दै राष्ट्रसङ्घका मानवअधिकार मामिला हेर्ने प्रतिनिधिले अभियानका क्रममा एक आठ महिनाको बच्चालाई सुरक्षाकर्मीद्वारा मारेका र उक्त शिशुकी आमालाई सामुहिक बलात्कार गरिएको बताएका जानकारी दिनुभयो । साना (छ वर्ष मुनिका) बालबालिकालाई धारिलो अहियारद्वारा हत्या गरिने गरेको पनि अनुसन्धानका क्रममा थाहा भएको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुख जैयद विन रायद जैयद अल हुसैनले आफ्नो आमालाई खोजी बालबच्चा रुँदा उसको हत्या गरिने बुझिनसक्नुको क्लियरेन्स अपरेशन म्यानमारमा भएको बताउनुभयो ।
अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आपूmहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
जेनेभास्थित राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता रविना सम्दासनीले म्यानमारमा अल्पसङ्ख्याक आदिवासी मुशलमान समुदायलाई राखिने राज्यबाट हतटाउने अभिप्रायले सो कारवाही चलाएको जनाउनुभएको छ । – एएफपी
Monday, 6 February 2017
सुरक्षाकर्मीले नै शिशुको हत्या गरी आमालाई बलात्कार गरेपछि...
Labels:
World News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment