बलिउड नायिका करिना कपुर आइतबार ल्याकमे फेसन विक समर/रिसोर्ट २०१७ को ग्रान्ड फिनालेमा अनिता डोङ्ग्रेको लागि शो स्टपर बनिन् ।
छोरा तैमुर अलि खानलाई जन्म दिएको ४६ दिनपछि उनले र्याम्प वक गरेकी हुन् । ३६ वर्षीया करिनाले लामो गाउनसँगै सुनौलो रङको ज्याकेट लगाएकी थिइन् ।
अन्तर्राष्ट्रिय मेकअप आर्टिस्ट डोनल्ड सिम्रकको साधारण मेकअपमा उनी निकै आकर्षक देखिएकी थिइन् । डोनल्डले एस्ले जुड, किम कार्दासियन, ब्रिटनी स्पेयर्स, इभा मेन्डेस र सिन्डि क्रफोर्ड जस्ता अन्तर्राष्ट्रिय सेलिब्रिटीको मेकअप गरिदिन्छन् ।
करिनाले छोरा जन्माएपछिको पहिलो र्याम्प वकको अनुभव साट्दै भनिन्, ‘मलाई निकै रमाइलो लाग्यो । छोरालाई जन्म दिएको ४६ दिनपछि र्याम्प वक गर्दा मैले विशेष महसुस गरेकी छु । ’रातोपाटीको सहयोगमा
Sunday, 5 February 2017
करिना कपुरको छोरा जन्माएको ४६ दिनपछिको शाही ‘र्याम्प वक’
Labels:
Feature,
Manoranjan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment