Monday, 6 February 2017

चलचित्र ‘जोली एलएलबी टु’मा अदालतको छवी बिगारेको भन्दै अक्षय कुमारलाई अदालत बोलाइयो


काठमाडौं, माघ २४ – भारतको जयपुर अदालतले अभिनेता अक्षय कुमारलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । उनले अभिनय गरेको चलचित्र जोली एलएलबी टुमा अदालतको छवि नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लागेको छ ।

अदालतको छवि नकारात्मक रुपमा प्रस्तुत गरेको भन्दै दायर भएको रिट माथिको सुनुवाई गर्ने क्रममा अक्षयलाई अदालतमा उपस्थित हुन आदेश दिइएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई मार्च १० तारिख अघि अदालतमा हाजिर हुन आदेश दिइएको छ ।
चलचित्रमा अक्षयले वकिल जगदिश्वर मिश्र अर्थात जोलीको भूमिका निर्वाह गरेका छन् । उनले निभाएको भूमिकाले वकिलको छवि तथा चरित्र हत्या हुने भन्दै बम्बे उच्च अदालतमा पनि रिट दायर भएको छ ।
अदालतले यस विषयमा निर्णय लिन तीन सदस्यीय कमिटि गठन गरेको छ भने कमिटिले चलचित्र हेरेपछि मात्र यसलाई प्रदर्शन गर्न दिने या नदिनेबारे निर्णय गर्ने समाचारमा उल्लेख छ । फक्स स्टार स्टुडियोले निर्माण गरेको चलचित्र फेब्रुअरी १० तारिखदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो ।साभार उज्यालो अनलाइन

No comments:

Post a Comment