जनकपुर, २० माघ । ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।
सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार दिउँसो पक्राउ गरेको हो ।
केही दिनअघि प्रहरीलाई समेत झुक्याउँदै सिरहाको लहानमा आमसभा गरेका राउत धनुषामा बस्दै आएका थिए । राष्ट्र विखण्डन गर्ने उद्देश्यका साथ उनले खलुेयाम आमसभा गरेपछि गृहमन्त्री माथि नै प्रश्न उठेको थियो ।
धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यका अनुसार राउतलाई सिराहा प्रहरीको अनुरोधमा पक्राउ गरिएको र आजै सिराहा पठाइने छ ।
देश टुक्राउने गतिविधि गर्दै आएका राउत बेला बेला पक्राउ पर्दै आएका छन् ।
No comments:
Post a Comment