दाङः ‘जय नेपाल’ नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्।
सोमवार दिउँसो विजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट विजुवारका प्रहरी हवाल्दार डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरी पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफूलाई मरनासन्न हुने गरी कुटपिट गरेको पीडित प्रहरी हवल्दार डिसीले अन्नपूर्णलाई जानकारी दिए।
‘म र अर्काे एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यही बेला प्रमुख जिल्ला अधिकारी, डिएसपी साप आउनु भएछ। म काममा भएकाले देखिनँ। त्यसपछि जय नेपाल नभनेकै निहुँमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो,’उनले भने।
डिएसपी राठौरको कुटाइबाट प्रहरी हवल्दार डिसीको बाँया हातमा निलडाम हुने गरी चोट लागेको छ। डिसीले डिएसपीको निर्देशनमा हतकडी लगाएर नै अस्पताल लगेर उपचार गराइएको बताए। डिसीले आफूमाथि डिएसपी राठौरले गरेको कुटपिटबारे राप्ती अञ्चल प्रहरी प्रमुखलाई जानकारी गराएको बताए।
तर, डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए। ‘पहिलेदेखि नै उसको कामबारे गुनासो आइरहेको थियो। म चेकिङमा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो,’ डिएसपी राठौरले भने,‘सिडियो साप र मलाई अपमानित व्यवहार ग¥यो। देखेर पनि नदेखे जस्तो गरेर बस्यो त्यसैले सोधपुछ गरिएको हो।’
कार्यालयमा पनि सोधपुछका बेला अटेरी गरेकाले हत्कडी लगाइएको डिएसपी राठौरले बताए। उनले आफूले हवल्दार डिसीमाथि कुटपिट नगरेको दाबीसमेत गरे।अन्नपूर्ण पोस्टको सहयोगमा
Tuesday, 7 February 2017
‘जय नेपाल’ नगरेको झोकमा डिएसपीले कुटे हवल्दारलाई .....
Monday, 6 February 2017
धुर्मुस–सुन्तलीद्वारा अष्ट्रेलियाबाट करिब ८२ हजार डलर संकलन, आजै नेपाल फर्किँदै...
प्रदीप चापागाईँको संयोजकत्वमा अष्ट्रेलियाका विभिन्न स्थानमा गज्जबको इभेन्टस् नाममा कार्यक्रमहरु भएका थिए । सो यात्रामा कलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), र दीपक आचार्य तथा गायक भरत सिटौलाको सहभागिता रहेको थियो । संयोजक चापागाईंका अनुसार जनवरी २० मा सिड्नीमा भएको कार्यक्रमबाट करिब २५ हजार डलर संकलन भएको थियो । एडिलेटमा जनवरी २६ तारिखका दिन भएको कार्यक्रमबाट करिब १५ हजार डलर संकलन भएको थियो भने जनवरी २९ तारिखमा मेलबर्नमा भएको कार्यक्रमबाट करिब २३ हजार डलर संकलन भएको छ ।
यता फाइनस्टनमा ब्रेकफास्ट आयोजना भएको र त्यहाँबाट करिब ३१ सय डलर संकलन भएको चापागाईंले जानकारी दिए । यसैगरी फेब्रुअरी ४ मा मेरो इभेन्टस अष्ट्रेलियाले ब्रिसबेनमा गरेको धुर्मुस–सुन्तली साँझ कार्यक्रमबाट १९ हजार डलर संकलन भएको थियो । बोन्डावडमा पनि एक डिनर आयोजना भएको र त्यहाँबाट ५ हजार डलर संकलन भएको उनले जानरकारी दिए ।
यो यात्राको क्रममा करिब ८२ हजार अष्ट्रेलियन डलर संकलन भएको चापागाईंले बताए । संकलित रकम बर्दिबासमा निर्माणाधीन एकीकृत मुसहर नमुना बस्ती निर्माणको लागि खर्च गरिने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले जानकारी दिए । आज बिहान अष्ट्रेलियाबाटै फेसबुक लाइभ मार्फत सन्देश दिँदै कट्टेलले रकम संकलनमा सहयोग गर्ने सबै अष्ट्रेलियाबासीलाई धन्यवाद दिए । उनले एकीकृत नमुनाबस्ती निर्माणमा यति रकमले मात्रै नपुग्ने भएकोले सहयोगी मनहरुलाई निरन्तर सहयोग गरिदिन अपिल गरेका छन् ।
फाउण्डेसनकी कोषाध्यक्ष तथा कलाकार कुञ्जना घिमिरेले अष्ट्रेलिया यात्राको क्रममा संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै यो यात्राले राष्ट्र निर्माणको अभियानमा थप उर्जा, हौसला र प्रेरणा मिलेको बताएकी छिन् ।
धुर्मुस–सुन्तली लगायतका कलाकारहरु सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेर अष्ट्रेलियाबाट आजै नेपाल फर्किने जनाइएको छ ।
आजको खबरको सहयोगमा
५२५ थान लागु औषध सहित पोखरामा ४ जना पक्राउ
पोखरा – लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय—पोखराले पाँच सय २५ थान लागु औषध सहित सोमबार चार जनालाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी सुनवल नगरपालिका ४, रमवापुर घर भएका २३ बर्षिय रमेश के.सी , पोखरा उपमहानगरपालिका ९, नयाँबजार बस्ने २८ बर्षिया चिना गुरुङ र २४ बर्षका निश्चल श्रेष्ठ , कास्की जिल्ला लेखनाथ नगरपालिका १३ गगनगौडा बस्ने बर्ष २२ का एलेन पुन प्रहरीले जानकारी दिएको छ । उनिहरुको साथबाट नर्फिन एक सय ७५ थान , डाईजापाम एक सय ७५ थान र फेनारगन एक सय ७५ थान बरामत गरेको प्रहरीले जानकारी दिएको छ ।
अवैध रुपमा लागूऔषध खरिद गरी पोखराका विभिन्न क्षेत्रमा विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पोखरा ६ लेकसाईडबाट पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।ओएस नेपालबाट
एसएसपीलाई नै हतकडी लगाउने डीआइजी सिलवालका १७ वटा चर्चित घटना
नेपाल प्रहरीको रोलक्रमअनुसार भावी आइजीपीका रुपमा हेरिएका छन्, डीआइजी नवराज सिलवाल । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख समेत रहेका उनी प्रहरी संगठनभित्रै ‘हिरो’ छन् । अपराध अनुसन्धानमा पोख्त मानिएका सिलवाल अहिले सुन काण्डमा मुछिएका आफ्नै सहकर्मी एसएसपीलाई हतकडी लगाएर चर्चामा शिखरमा छन् ।
उनले सीआइबीको नेतृत्व गरेपछि प्रहरीले हासिल गरेको उपलब्धिलाई दैनिक नेपाल ले खोतल्ने प्रयत्न गरेको छ । उनको सफलता उनकै शब्दमाः
पछिल्लो समय नेपालमा सुन तस्कर निकै बढ्यो । झन् काठमाडौंमा अन्तर्राष्ट्रिय बिमानस्थलबाटै ३३ किलो सुन तस्करी व्यापक भएपछि संसदमा समेत त्यो विषयले चर्को स्थान पाएको थियो । प्रहरीमाथि निकै दवाव पनि परेको थियो ।
प्रहरीले जहिले पनि सुन तस्करमा प्रयोग भएका भरियाहरुलई मात्रै पक्रने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । विदेशबाट ठूलो परिमाणमा आउने सुन प्रहरीका केही अधिकृत र कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिरहेको छ भन्ने सूचना हामीले पाएका थियौं ।
सोही अनुसार मैले अनुसन्धान व्यूरोबाटै एसपी मिरा चौधरीको नेतृत्वमा छुट्टै टोली निर्माण गरेर सुन तस्करको निगरानी गर्न खटाएँ । अनुसन्धानकै क्रममा अहिले पक्राउ परेका एसएसपी श्याम खत्रीनै त्यसको शंकामा परे ।
पछि उनलाई हेडक्वाटरमा तानियो । अहिले सम्पूर्ण प्रमाणहरु जुटाएर हेडक्वाटरबाटै पक्राउ गरेका छौं । उनीमाथि अहिले जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थानामा राख्ने आदेश दिएको छ ।
अझैपनि प्रहरीकै अधिकृत लेभलका व्यक्ति र कर्मचारी यसमा संलग्न भएको पाएका छौं । उनीहरुमाथि पनि हामीले अनुसन्धान गरिरहेका छौं । उनीहरुलाई पनि पक्राउ गर्ने काम जारी रहने छ ।
देशका विभिन्न ठाउँमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा छन् भन्ने सूचना प्राप्त भयो । त्यही सूचनाका आधारमा मलाई यो समस्या समाधान गर्नुपर्छ भन्ने लाग्यो
हामीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई प्रक्राउ गर्न ‘अपरेशन क्वाक’ सञ्चालन गर्योँ । यो ‘अपरेशन क्वाक’ अन्तर्गत देशका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु धमाधाम पक्राउ हुन थाले । यसले सफलता प्राप्त गर्दै गयो । गत वर्ष २०७२ माघदेखि सुरु गरेको यस अभियानका क्रममा २०७३ असारसम्ममा ५८ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुलाई पक्राउ गर्न हामी सफल भयौं ।
अझै पनि यस कार्यमा निरन्तर निग्रानी तथा अनुसन्धान भइरहेको छ । मैले यो ‘अपरेशन क्वाक’ सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका विकृति तथा ठगीजन्य क्रियाकलापहरू नियन्त्रण गर्नु नै हो ।
नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू मात्रै भेटिएनन् । अन्य चिकित्सकको एनएमसी दर्ता नं. प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेहरुलाई पनि हामीले पक्राउ ग¥यौं । यी दुबै बिरूद्ध शिक्षा ऐन अन्तर्गतको मुद्दा दर्ता गरिएको छ ।
सरकारको अधिनमा रही हामीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संग पनि समन्वय गर्ने कार्य गरेका थियौं । जसले गर्दा अभियान थप प्रभावकारी भयो । नागरिकमा परेको असर र आगामी दिनहरुमा चिकित्सा क्षेत्रमा हुन सक्ने विकृति हटाउन र सुरक्षित स्वास्थ्य क्षेत्रको निर्माण गर्न यो अभियानले महत्वूपर्ण भूमिका खेलेको छ ।
विश्वमा धेरै विमान दुर्घटना हुने देशमा नेपाल पनि पर्छ । त्यसका थुप्रै कारणहरु हुन सक्छन् । कतिपय अवस्थामा विमान चालकको पनि कमजोरी देखिएका छन् । विमानहरु दुर्घटना भइरहेका बेला नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालक भएका व्यक्तिहरु नेपाल वायु सेवामा छन् भन्ने सूचना मलाई प्राप्त भयो ।
त्यही सूचनालाई आधार मानी नेपाल नागरिक उड्यन प्राधिकरणसंग समन्वय गरेर हामीले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि विमान चालक भएकाहरुलाई पक्राउ गर्न नै मैले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेका हौँ ।
यो अपरेशनले पनि सफलता प्राप्त गर्दै गयो । यसक्रममा विभिन्न मितिमा विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी वायु सेवामा कार्यरत विमान चालक तथा तिनलाई सहयोग गर्ने व्यक्तिहरु पक्राउ परे ।
साथै नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने व्यक्तिलाई समेत कानुनी कठघरामा उभ्याउन सफल भइयो । यसक्रममा नक्कली प्रमाण पत्र पेश गरी पाइलोट कोर्स पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत इजाजत पत्र प्राप्त गरेका दुई जना पक्राउ गरेको थिएँ ।
नेपालमा कल बाइपास गर्ने कार्यमा पटक–पटक देशी दता विदेशी व्यक्तिहरु पक्राउ पर्दै आएका छन् । हामीले कल बाइपासलाई नियन्त्रण गर्नका लागि ‘अपरेशन भ्वाइस फक्स’ सञ्चालनलाई प्रभावकारी बनायौँ ।
कल बाइपासमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने सोच मैले बनाएँ । सोही अनुसार अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउने सिलसिलामा काठमाण्डौ उपत्यका लगायत बाहिरका विभिन्न जिल्लाहरुमा संचालनमा रहेका अवैध कल बाईपास सेन्टरमा छापामार्न मातहतका निकायलाई निर्देशन दिएँ ।
यस ‘अपरेशन भ्वाइस फक्स’ अन्तर्गत अवैध कल बाइपास विरुद्ध ब्यूरोबाट हालसम्म ९४ स्थानहरु गरेको कारवाहीमा ११० जना नेपाली र ३१ जना विदेशी गरी १४१ जनालाई पक्राउ परेका छन् । कल बाइपासमा संलग्न यति धेरै व्यक्ति पक्राउ हुनु उपलब्धी हो । उनीहरु विरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको छ । प्रतिवादीहरु विरुद्ध ११ अर्ब ६८ करोड ३८ लाख १८ हजार ८७४ को बिगो मागदाबी पनि गरिएको छ ।
यो अभियान अन्तर्गत एकै व्यक्तिले विभिन्न ठाउँमा अबैध कल बाइपास सञ्चालन गरेको पनि पाइएको छ । यस कार्यमा एउटै व्यक्ति पटक पटक कल बाइपासमा संलग्न भएको पनि अनुसन्धानका क्रममा भेटिएको छ । हामीले अबैध कलमा प्रयोग हुने नेपाल दुर सञ्चार कम्पनीका २२ हजार १३६ सीमकार्डहरु र आधुनिक उपकरणहरु समेत बरामद गरेका छौं । मैले यो कार्यलाई अझै ध्यान दिइरहेको छु ।
एटीएम कार्ड ठगी कार्य भइरहेको छ भन्ने सूचनाको आधारमा मैले यसलाई रोक्न योजना बनाएँ । विभिन्न मध्यमबाट अनुसन्धान गर्नेक्रममा यसै वर्ष साउन महिनामा एटिएम कार्ड ठगिमा संलग्न रोमानिया नागरिकलाई लाजिम्पाटको एक होटलबाट पक्राउ ग¥यौं । उनी र होटलको खानतलासी गर्दा उनीबाट एटिएम कार्ड, रकम, ल्यापटप लगायत बरामद ग¥यौं । उनले विभिन्न देशहरुबाट एटिएमबाट रकम ठगी गरेको पाइयो । त्यसपछि एटिएम कार्ड ठगीको रहस्य खुल्यो ।
यसक्रममा विभिन्न मितिमा पाँच जना विदेशी नागरिकलाई हामीले कागजात सहित पक्राउ ग¥यौं । यस कार्यमा संलग्न भएका विदेशी नागरिकहरुबाट सीम कार्ड, विभिन्न व्यक्तिहरुका एटिएम कार्ड र ल्यापटप बरामद गरेका छौं । जसको माध्यमबाट हामीले विदेशी नागरिकहरुले नेपालमा आएर गर्ने एटिएम कार्ड ठगीको बारेमा थप जानकारी पाएका थियौं ।
एटिएम ठगी गरेर बैंक खाताबाट रकम झिक्ने कार्य गर्नका लागि यस कार्यमा संलग्न केही विदेशी नागरिकहरु पटक–पटक नेपाल आएको तथ्य पनि खुल्यो । त्यसपश्चात यस कार्यमा संलग्न विभिन्न समुहहरुलाई पक्राउ गरि बैंकिङ कसुर सजाय ऐन अन्तर्गत कार्वाही समेत गरेका छौं ।
एटिएम कार्ड ठगीमा विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुलगेरिया तथा रोमानियाका नागरिकहरु संलग्न भएको हामीले पायौं । उनीहरु अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडेन क्यामरा प्रणाली, व्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपाल आउने गरेको तथ्य पनि भेटियो । उनीहरु एटिएम सेक्यूरेटी कमजोर भएका देशहरुमा गएर यस्तो क्रियाकलापमा संलग्न हुने गरेको पनि भेटियो ।
मैले केन्द्रीय अनुसन्धान व्युरो प्रमुखको जिम्मेवारी सम्हाली सकेपछि विशेष गरि अन्य थुप्रै अपराधिक क्रियाकलापहरु पनि नियन्त्रण भएका छन् । आफ्नो जिम्मेवारीलाई कसरी उपलब्धिमुलक बनाउन सकिन्छ र सफलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मेरो बढी ध्यान जान्छ ।
मैले अनुसन्धानकै क्रममा सरकारी कागज किर्ते गरी अनुचित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरेर कानुनी कठघरामा उभ्याएको छु । किर्ते कागज बनाई विदेश लैजाने कार्यको पनि मैले पर्दाफास गरेको छु । विभिन्न विशिष्ट व्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धि कार्यमा असन्वन्धित व्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई सहयोगीको रुपमा किर्ते कागज बनाएर विदेश लैजाने कार्य भइरहेको रहेछ । उनीहरुलाई मैले अदालतमै पेश गरेँ ।
अदालतबाट सजाय सुनाइएका तर, सजाय भुक्तानी नगरेर फारर रहेका कैयौं फरार प्रतिबादीलाई पनि पक्राउ पार्न हामी सफल भएको छौँ । वषौं अघिदेखि अनुुसन्धान व्युरोमा थन्किएर कार्वाही नभएका फाइलहरु पल्टाएर मैले लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको छु । जस्तैः
जबरजस्तीकरणीपछि महिलाको हत्या गर्ने २० वर्षपछि पक्राउ
२० वर्षअघि २०५३ सालमा महिलालाई जबरजस्तीकरणी गर्ने र पछि हत्या गर्ने अभियुक्तलाई पक्राउ परेका छन् । बाराको डुमरवाना गाविस–६ खोरगाउँ घर भएका ५० वर्षीय प्रेमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
उनले २०५२/५३ सालमा ६ जना महिलाको जबरजस्ती गरी हत्या गरेका थिए पनि अन्य ३२ जना महिलालाई जबरजस्तीकरणी गरेका थिए । हामीले त्यो व्यक्तिलाई भारतको नयाँ दिल्लीमा बसिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्वरीमा बुझायौं ।
लागूऔषध मुद्दाका फरार अभियूक्त १५ वर्षपछि पक्राउ
केही दिनअघि मात्रै १५ वर्षअघि लागूऔषध मुद्दामा सजाय सुनाइएका फरार प्रतिबादी लमजुङ्ग ढोडेनी वडा नम्बर २ का ७१ वर्षीय गजबहादुर गुरुङलाई पक्राउ गरेका छौं । लागुऔषध मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले २०५८ साल फाल्गुन २१ गते १५ बर्ष कैद र रु. ५ लाख जरीवानाको फैसलाले सुनाइएको थियो । फैसला कार्यान्वयन तथा कैद भुक्तानको लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइसकेका छौं ।
दुई दशकदेखि फरार रहका कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
झुट्टा विवरणको आधारमा बास्तविक नाम ढाँटी २१ वर्ष पुरानो कर्तज्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं । यो मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका हुन् । मनाङ ङामल गाविस ७ घर भई हाल काठमाण्डौं महानगरपालिका १६ बस्ने सण्डुप घले, टाँसी गुरुङलाई गत वर्षको चैत्र महिनामा पक्राउ गरिएको हो ।
उनीहरुले २१ वर्षअघि २०५२ असोज २७ गते दुई जना इटालियन महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संगै रहेका इटालिन पुरुषलाई छुरा हानी हत्या गरेका थिए । अभियूक्त दुवै जनालाई अदालतको आदेशमा थुनामा पठाइएको छ ।
त्यस्तै, १५ वर्षअघि हत्यामा संलग्न मुख्य अभियुक्त रामेछाप खनियापानीका विवेक दानबहादुर तामाङलाई पनि पक्राउ गरेर अदालत बुझाएका छौं । विवेकको नेतृत्वमा २०५८ सालमा भक्तपुरमा एक जनाको चच्कु हानेर हत्या गरेको थियो ।
त्यस्तै, कर्तज्य ज्यान मुद्दामा १३ वर्षअघि फरार अभियुक्त काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ बस्ने श्रीबिर लामा, सोही ठाउँ बस्ते देवराज लामा र राकेश लामालाई पनि हामी पक्राउ गर्न सफल भएका छौं । उनीहरुले २०६० सालमा बदलाको भावना लिएर होली खेल्ने निहुँमा धारीलो हतियार प्रयोग गरेर हत्या गरेका थिए ।
शरीर बन्धकमा संलग्न व्यक्ति पक्राउ
अपहरण तथा शरीर बन्धकमा संलग्न भएका व्यक्तिहरुलाई पनि पक्राउ गरी कार्वाही प्रक्रियामा ल्याएको छु । तनहु घर भएका ३७ वर्षीय भोजबहादुर थापा अपहरण र शरीर बन्दक गरि क्युरियो सामानको संग्रह गरेको कुसुरमा गत भदौ महिनामा पोखराबाट पक्राउ परेका हुन् । यस कार्यमा संलग्न उनी सहित सात जनालाई यसअघि नै पक्राउ गरिसकेका थियौं ।
उनीहरुले तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ वर्षीय युवतीको बली दिने योजना सहित एक युवतीलाई बन्धक बनाएका थिए । तर, बन्धक राखिएको ठाउँबाट युवती भने फरार भएकी थिएन् ।
विदेशी विनिमय मुद्राका प्रतिवादी पक्राउ
बैदेशिक मुद्रा अपचलन गर्ने एक व्यापारीलाई पनि हामीले गत वर्षको फागुनमा पक्राउ गरे कानुनी कठघरामा उभ्याएका छौं । यस कार्यमा संलग्न पर्सा घर भई काठमाण्डौंको सामाखुशीमा व्यापार गर्दै आएका पदमबहादुर राउत पक्राउ परेका छन् । उनले तातोपानी नाका हुँदै सामान ल्याउने नाममा भन्सार कार्यालयको नक्कली कागजात बनाई विभिन्न बैंकबाट रुपैयाँ निकाले ३ करोड ३४ लाख ६० हजार २३८ रुपैयाँ अपचलन गरेका थिए । उनलाई विदेशी मुद्दा विनिमय ऐन २०१९ बमोजिमको कसुर ठहर गर्दै काठमाण्डौं जिल्ला अदालतले जरिवाना सहित कैद सजाय सुनाएको छ ।
बैंकिङ कुसुरका अभियुक्त पक्राउ
अनुसन्धानकै क्रममा मैले लामो समयदेखि बैंङ्गिक कसुरमा संलग्न रहको व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । किर्ते कागजजात बनाएर विभिन्न बैंकहरुबाट कर्जा लिने फरार भएका छ जना विभिन्न मितिमा पक्राउ परेका छन् । यस कार्यमा बनेपा प्रधान कार्यालय रहेको पशुपति विकास बैंकका कर्मचारीहरु पनि संलग्न भएका थिए । पक्राउ भएका सबैलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कार्वाही पनि भएको छ ।
बाल यौन दुराचारी पक्राउ
अनुसन्धानकै क्रममा हामीले बाल यौन दुराचारीलाई पनि पक्राउ गरेका छौं । बाल यौन दुराचारीको सुक्ष्म रुपमा अध्ययन गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा काठमाण्डौं ठमेलस्थित एक होटलबाट गत भदौमा एक अमेरिकी नागरिक र उनका सहयोगी एक नेपाली युवकलाई पक्राउ गरेका थियौं । उनीहरुबाट पाँच जना बालकहरुलाई पनि उद्दार गरेका थियौं ।
उनीहरुलाई मानव बेचविखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत कार्वाही भइरहेको छ ।
नक्कली जग्गाधनीको संगठित गिरोह पक्राउ
नक्कली जग्गाधनी बनी जग्गा विक्री गर्ने गिरोह पनि पक्राउ परेको छ । किर्ते कागजात बनाई जग्गा आफ्नो नाममा बनाउने र दोस्रो व्यक्तिलाई विक्री गरेर ठगी गर्ने तीन जनालाई हामीले यसै वर्ष पक्राउ गरेका छौं । २०६६ देखि यस्तो कार्यमा लागिरहेका गिरोहका अन्य व्यक्तिहरुलाई पनि खोजी गर्ने कार्य अझै जारी छ । उनीहरुले करोडौं रकम ठगी गरेको पाइएको छ । उनीहरुमाथि अझै अनुसन्धान भइरहेको छ ।
नयाँ शैली अपनाई युवतीलाई ठगी गर्ने समूह पक्राउ
नयाँ शैली अपनाई युवतीहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति तथा समूहलाई पनि पक्राउ गरेका छौं । आफू सम्पन्न व्यक्ति भएको भन्दै प्रेम गर्ने र विवाह गरेर विदेशमा समेत लैजाने प्रलोभन देखाएर युवतीलाई ठगी गर्न दुई जनालाई हामीले पक्राउ गरेका छौं । अनुसन्धानका क्रममा उनीहरुले पीडित युवतीहरुसंग आर्थिक तथा शारिरीक शोषण समेत गर्ने र पछि सम्पर्क विहीन हुने गरेको पाइएको थियो । पक्राउ परेकाहरुमाथि ठगी मुद्दाअन्तर्गत कार्वाही अगाडि बढिसकेको छ ।
यस्तै एनजिओको आवरणमा ठगी गर्नेहरुलाई पनि हामीले पक्राउ गरेका छौं । यस्तै, विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरी अनलाइन खरिद गर्ने गिरोह पनि मेरो फन्दामा परेका छन् । विभिन्न अपराधिक समूहबाट अपहरणमा परेकाहरुलाई पनि उद्दार गर्न हामी सफल भएका छौं ।
यसरी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्ति तथा गिरोहलाई मैले कानुनी कठघरामा उभ्याउने प्रयास गरेको छु । आन्तरिक शुद्धिकरण, प्रभावकारी अपराध अनुसन्धान, सिमाअपराध नियन्त्रण, साना हतियार र गुन्डागर्दी नियन्त्रणलाई मैले पहिलो प्राथमिकता दिँदै आएको छु । अहिले अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराधमा धेरै कमी आइसकेको मैले पाएको छु ।
सन २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द विभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेनीय योगदान पु¥याएकोमा केन्द्रीय अनुसन्धान व्युरोले अवार्ड पनि प्राप्त गर्न सफल भयो ।
साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप व्युरोलाई ‘एनिमल वेलफर इन्स्टिच्युट युएसए’ ले केन्द्रीय अनुसन्धान व्युरो सन २०१६ को क्लार्क आर.बभिन वाइल्डालाइफ ल इन्फोर्समेन्ट अवार्ड दिएको हो । बन्यजन्तुसंग सम्बधित अपराधमा संलग्नहरुलाई मैले खोजी पक्राउ गर्यों । देशभरका विभिन्न ठाउँबाट वन्यजन्तु बेचविखत तथा ओसार पसारमा संलग्न थुप्रै व्यक्तिहरु पक्राउ हुने क्रम अझै जारी छ ।दैनिक नेपालको सहयोगमा
शिक्षकलाई तलब वितरण गर्न सफ्टवेयर, अब महिनैपिच्छे तलब
काठमाडौं, २५ माघ - सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको खबर कारोबार दैनिकमा छ ।
यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ्यांक प्रणाली विकास गरी वितरण गर्न लागिएको हो ।
सरकारले अब शिक्षकको तलबका लागि मात्र लगभग २ अर्ब ७० करोड रूपैयाँ मासिक निकासा गर्नुपर्ने भएको छ । मासिक रूपमा तलब वितरण गर्नुपर्ने बाध्यताका कारण समयमै शिक्षकको हातमा रकम पु-याउन चुनौती देखिएपछि तथ्यांक प्रणाली विकास गर्न लागिएको शिक्षा विभागले जनाएको छ ।
सरकारले शिक्षकको मासिक रूपमा वितरण गर्नुपर्ने २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम समयमै शिक्षकको हातमा पु¥याउन कागजातको सट्टा तथ्यांक प्रणाली प्रयोग गरी वितरण गर्ने योजना बनाएको छ ।
यो प्रणाली विकासपछि प्रत्येक शिक्षकले पाउने रकम, शिक्षकको संख्या र अवस्था खोजी गर्न सजिलो हुनेछ । देशभर रहेका शिक्षकलाई चौमासिक रूपमा तलब वितरण गर्दा शिक्षण पेशाको भरमा मात्र जीवनयापन गर्ने शिक्षकलाई असजिलो भएका कारण मासिक रूपमा वितरण गर्ने योजना बनाएको शिक्षा मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले बताइन् ।लोकान्तरको सहयोगमा
पशुपति क्षेत्र विकास कोषले मनपरी जग्गा बाँड्दै...
काठमाडौं, माघ २५ । पशुपति क्षेत्र विकास कोषले गुरु योजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ ।
विश्वसम्पदामा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो ।
स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्तिलाई जग्गा सुम्पने प्रस्ताव पशुपति क्षेत्र विकास कोषको कार्यसम्पादन समितिमा पुगिसकेको छ ।
गुरुयोजनामा कोषले तय गरी डिजाइन गरिएका पूर्वाधार एकीकृत तरिकाले निर्माण गर्नुपर्ने उल्लेख छ । दीर्घकालिन महत्वका निर्णय परिषदमा पेस गर्नुपर्नेमा परिषद छल्दै कार्यसम्पादन समितिबाटै निर्णय गराउने तयारी कोषको छ । –नागरिक दैनिकबाट
सुदर पश्चिममा यस्तो छ राउटेको दैनिकी
आफ्नो समुदायका कुनै सदस्यको मृत्युपछि बसाई सर्ने प्रचलनका कारण राउटे कुनै एक ठाउँमा बसोबास गर्न सक्दैनन् । आधुनिक जीवनशैली, खेतीपाती, शिक्षादीक्षादेखि धेरै टाढा रहेका राउटेहरु विशेषगरी अछाम, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र दाङका जंगलहरुमा घुमफिर गर्न रुचाउँछन् । त्यसैले, यी जिल्लालाई राउटे परिभ्रमण क्षेत्र भन्ने गरिन्छ ।
नाडा जंगलमा यो समुदायको नयाँ बस्ती बस्दैछ । मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाम–दैलेखको कर्णाली पुल पार गरेर विनायक, कमलबजार, तुर्माखाँद हुँदै नाडा पुग्न सकिन्छ । कर्णाली किनारको कोल्लीमोरामा एक सदस्यको मृत्युपछि डेढ घण्टा उकालोमा सरेका हुन् । बस्ती सर्दा पर्याप्त पानी, काठ भएको, मानवबस्तीदेखि टाढा भएकोमा खण्डमा उनीहरुको रोजाईमा पर्दछ । समुदायमा सबै छाप्रो बनाउन व्यस्त छन् ।
आफूलाई जंगलको राजा दाबी गर्ने राउटेहरुमा तीन वर्ग छ । उनी ठकुरी वंशका हुन् । कल्याल, सोमवंशी र रास्कोटी गरी तीन समुदाय छन् । पहिले एउटै मुखियाले समुदायको नेतृत्व गरेपनि पछिल्ला केही वर्ष तीन जातिका तीन मुखिया छन् ।
काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।
.
एमाले सांसद रावलकी एक्ली छोरी अम्बिकाको सडक दुर्घटनामा परी निधन

आइतबार राजधानीको बालकुमारी पुल नजिकै सडकमा हिडिरहँदा जीपको ठक्करबाट गम्भीर घाइते भएकी अम्बिका रावलको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको परिवारका सदस्य एवं एमाले निकट किसान महासंघका केन्द्रीय सदस्य कमला बोहराले जानकारी दिइन् ।
‘अष्ट्रेलियाको तयारी गरिरहेकी अम्बिका आयल्स पढ्न जाने क्रममा हिजो दिउँसो बालकुमारी पुलनेर बाटोमा हिडिरहेको बेला जीपले पछाडीबाट ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागी घाइते हुँदा अस्पतालको भेन्टिलेटर राखेका थियौं,’ उनले भनिन्- ‘आज दिउँसो दुई बजे संसार छाडिन् । तीन दाजुभाइलाई छाडेर गइन् ।’
बोहराका अनुसार अम्बिका बझाङ क्षेत्र नम्बर दुईका निर्वाचित सांसद रावलकी एक्ली छोरी हुन् । घटनापछि जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अम्बिकाको पोस्टमार्टमपछि सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
एमाले अध्यक्ष ओली किन जाँदैछन् अमेरिका ?
काठमाडौं, २४ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् ।
पार्टीको प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ)को दोस्रो अधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिका रुपमा ओली अमेरिका जान लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
ओलीले आउँदो मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरिएको मञ्चको अधिवेशनलाई उद्घाटनका साथै सम्बोधन गर्नेछन् ।
ओलीसँगै पूर्वमन्त्री युवराज कार्की लगायतका नेताहरु पनि अमेरिका जानेछन् । अमेरिका यात्राका क्रममा ओलीले राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।दैनिक नेपालको सहयोगमा
