Thursday, 2 February 2017
के साँच्चै प्रियंका र दयाको सम्बन्धमा खटपट भएको होला त ?
नेपाली सिनेक्षेत्रमा कमैमात्र जोडी छ,जुन दर्शकले मनपराएको पाइन्छ । त्यस्तै कम मनपराएको जोडीभित्र पर्छ नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको जोडी। यी दुइको चर्चा नेपाली सिनेउद्योगमा भइनै राख्छ । झोले सिनेमाबाट सँगै देखिएका यी दुइ ब्यस्त कलाकार दया र प्रियंकाले एकपछि अर्को सिनेमामा सँगै काम गरेपछि यी दुइको निकटताको चर्चा सुरु भएको हो ।
अन्य देशमा जस्तै नेपालमा पनि सिनेकर्मीहरुले आफ्नै प्रोडक्सन हाउस खोल्ने गरेको पछिल्लो समय देख्दै आइएको छ । त्यस्तै यो जोडीले पनि संयुक्त रुपमा प्रोडक्सन हाउस खोल्ने भनी गत बर्ष चर्चा भएको थियो ।
अहिले सम्म उनिहरुले प्रोडक्सन हाउस खोलेको देखिदैन खासगरी आफूहरुले चाहेर पनि गर्न नपाएको भूमिका आफ्नो प्रोडक्शन हाउसबाट बन्ने चलचित्रमा निर्वाहा गर्ने र सँगसँगै नयाँ प्रतिभालाइ पनि अवसर दिने उनिहरुको सोचाइ थियो ।
दुबैजनाले अहिले तत्कालै प्रडक्सन हाउस खोल्न नसक्ने जस्तो कुरागर्न थालेको सुनिएको छ । उनिहरुका अनुसार उनिहरु दुबै ब्यस्त भएपछि प्रोडक्सन हाउस खोल्ने काम पछि सारेको बुझिएको छ ।उनिहरु दुबै नेपाली सिनेक्षेत्रका अत्यन्त ब्यस्त सिनेकर्मी हुन् तर प्रोडक्सन हाउसको कुरा सर्नुमा ब्यस्तताले मात्र नभइ उनिहरुको सम्बन्धमा खटपट पो भएको छ की ? सिनेजगत् मा गाइगुइ यस्तो हल्ला सुनिन्छ । के साच्चै नै सम्बन्धमा खटपट भएको होला त ?
Labels:
Kollywood,
Manoranjan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment