काठमाडौँ: दुई महिना लामो अन्तरालपछि नेपालमा शनिवार भूकम्पको धक्का महसुस भएको छ ।
शनिवार साँझ ५ बजेर ५८ मिनेटमा दोलखलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प को धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यद्यपि यो धक्कालाई मापन केन्द्रले २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको जनाएको छ ।
यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको परकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पयता ४ म्याग्निच्यूड माथिका ४७५ वटा परकम्प गइसकेका छन् ।
Saturday, 4 February 2017
दुई महिनापछि नेपालमा भूकम्पको धक्का
Labels:
Nepal News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment