काठमाडौं –भर्खरै ‘झलक दिखलाजा ’ को उपाधि चुम्न सफल तेरिया मगरले आफ्नो फाउन्डेसनमा एक लाख साठी हजार सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममार्फत उनले सो कुराको जानकारी दिएकी हुन् ।
गरिब र पछाडि पारिएका वर्ग समुदाय र क्षेत्रका बालबालिकाहरुको कला तथा शिक्षामा पहुँच पुर्याउन सहयोग गर्नु तेरिया मगर फाउन्डेसनको मूल उद्देश्य हो । नेपाली कला र संस्कृतिको जगेर्ना गर्नका लागि फाउन्डेसनलाई रकम सहयोग गरेको तेरिया मगर फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजा मगरले जानकारी दिएका छन् ।
रुपन्देहीको अति ग्रामिण बस्ती रुद्रपुरको सामान्य परिवारमा जन्मेकी तेरियाले अन्तर्राष्ट्रिय उपाधि जित्दासमेत नेपालमा भने उनको सही मूल्याङ्कन हुन नसकेको कृष्णबहादुरले बताएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित उपाधीहरु जिति नेपाल र नेपालीको शिर उँचो बनाएपनि राज्यको तर्फबाट हालसम्म स्वयं तेरिया र उनको फाउन्डेसनप्रति ध्यान नपुगेको हुँदा आगामी दिनमा सहि मूल्याङ्कनको अपेक्षा गर्दछौं ।’
झलक दिखलाजाका साथै उनले सन् २०१४ मा लिटिल मास्टर्स प्रतियोगितामा ४० हजार भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी थिइन् ।रातोपाटीको सहयोगमा
Saturday, 4 February 2017
तेरियाले अन्तर्राष्ट्रिय उपाधि जितेपछि काठमाडौं आएर गरिन् रकम सहयोगको घोषणा
Labels:
Feature
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment