शारीरिक सम्बन्ध राख्न जो कोहीलाई पनि सही समयको आवश्यकता पर्दछ । सेक्स गर्न मन हुँदा समयले साथ नदिन सक्छ । तर कहिलेकाहीँ समय भएर पनि सेक्स गर्ने मन नहुन सक्छ । हालैको एक अध्ययनले कतिपय महिलाहरुले सेक्स गर्ने गज्जबको अवसर पाउँदा पनि सेक्सलाई भन्दा केकलाई बढी प्राथमिकता दिएको उल्लेख गरेको छ । महिलाहरुलाई के मन पर्छ भन्ने विषयमा एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । यसको नतिजा पनि अनौठो छ ।
नयाँ सर्वेका अनुसार ६ जनामा एक जना महिलाले आफूलाई मन परेको केक खानका लागि शारीरिक सम्बन्धको इच्छा पनि त्याग्न सक्छन् । डेली स्टारमा प्रकाशित यो रिपोर्ट अनुसार आफूलाई मन पर्ने केक खानका लागि र वाइन पिउनका लागि अधिकाँश महिला सेक्सको इच्छा मार्न सक्छन् ।२२०० महिलामा गरिएको सर्वेबाट यो निष्कर्ष निकालिएको हो ।
यो सर्वेक्षणका निर्देशक किपलिङले पछिल्लो समयमा मानिसहरुमा केकप्रतिको लगाव एक दम बढेको र महिलाहरुमा यसको चाहाना झनै बढी रहेको बताए । मानिसहरु केक खानकै लागि अन्य इच्छा मार्न समेत तयार हुने उनको दावी छ । यो नतिजा बाहिर आए लगत्तै यसले हंगामा नै मच्चाएको छ ।एजेन्सी
Saturday, 4 February 2017
सेक्ससँग केक साट्छन् यि हट सुन्दरीहरु, चकित पार्ने अनौठो तथ्यांक बाहिरियो
Labels:
Feature
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment