बाँदरका कारण युवतीहरुको बिहे नभएको कहिल्यै सुन्नुभएको छ ? बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित गाउँ एउटा त्यस्तो नमुना बनेको छ जहा जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेपछि उक्त गाउँका युवतीहरुको बिहेवारी नै रोकीएको छ ।
जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट नगरेपछि गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ ।
रतनपुरमा राम्रा केटीहरु हुँदा हुँदै पनि युवकहरुले उनीहरुसँग विहे गर्न पाएका छैनन् भने युवतीहरुले आफ्नो वैँश बित्थैमा खेर फालीरहेका छन ।
केही वर्षअघि उक्त गाउँमा चलीराखेको बिहेमा एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गरेर भागाभाग मच्चाएपछि त्यसयता उक्त गाउँमा विबाह गर्न निकै हम्मे पर्दै आएको छ ।एजेन्सी
Saturday, 4 February 2017
अनौठो गाउँ जहाँ बाँदरका कारण जन्ति जिउँदै फर्किदैनन् र केटीहरु कुमारी नै बस्न बाध्य छन्...
Labels:
World News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment