Wednesday 1 February 2017

बसन्त ऋतुको आगमन

माघ १९ काठमाडौं । यसलाई बसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो, मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवम् रीतको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ । आज सरस्वतीको पूजाको शुभ समय बिहान ७ बजेर ५० मिनेटदेखि ११ बजेर ५६ मिनेटसम्म रहेको छ । आजैका दिन कृषकहरुले आफ्नो खेतबारीमा मल राख्ने तथा कात्रो, फर्सीलगायतका तरकारी तथा फलफूल लगाउने प्रचलन पनि रहेको छ । यो ऋतुको आगमनसँग सबैतिर सप्तरंगी फूलहरु फुल्नुका साथै शिशिर ऋतुमा झरेका पालुवा रुखमा पालुवाहरु पलाउन थाल्दछ ।Image result for basanta ritu
घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलस स्थापित गरिन्छ र गणेशजी एवम् नवग्रहका विधिवत पूजा गरिन्छ ।
सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ । ‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।
Source:anadamrit.com

No comments:

Post a Comment