Showing posts with label Bisesh. Show all posts
Showing posts with label Bisesh. Show all posts

Monday, 6 February 2017

सुदूरपश्चिममा ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प!

सुदुरपश्चिममा ठुलो भुकम्पको धक्का महशुस
डडेल्धुरा, माघ २४ । सुदुरपश्चिममा सोमवार राति ठुलो भुकम्पको धक्का महशुस गरिएको छ । राती १० बजेर ५० मिनेट जादा ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
Image result for earthquake in india
मापन केन्द्रका प्रमुख रत्नमणि गुप्ताका अनुसार भारतको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर भुकम्प गएको हो । भकम्पको धक्का भारतको राजधानी नायाँ दिल्ली सम्म महशुस भएको जनाईएको छ ।

लामो समय सम्म भुकम्पको धक्का महशुस गरिएका कारण स्थानी


एसएसपीलाई नै हतकडी लगाउने डीआइजी सिलवालका १७ वटा चर्चित घटना


नेपाल प्रहरीको रोलक्रमअनुसार भावी आइजीपीका रुपमा हेरिएका छन्, डीआइजी नवराज सिलवाल । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख समेत रहेका उनी प्रहरी संगठनभित्रै ‘हिरो’ छन् । अपराध अनुसन्धानमा पोख्त मानिएका सिलवाल अहिले सुन काण्डमा मुछिएका आफ्नै सहकर्मी एसएसपीलाई हतकडी लगाएर चर्चामा शिखरमा छन् । उनले सीआइबीको नेतृत्व गरेपछि प्रहरीले हासिल गरेको उपलब्धिलाई दैनिक नेपालले खोतल्ने प्रयत्न गरेको छ । उनको सफलता उनकै शब्दमाः

एसएसपीलाई नै हतकडी

पछिल्लो समय नेपालमा सुन तस्कर निकै बढ्यो । झन् काठमाडौंमा अन्तर्राष्ट्रिय बिमानस्थलबाटै ३३ किलो सुन तस्करी व्यापक भएपछि संसदमा समेत त्यो विषयले चर्को स्थान पाएको थियो । प्रहरीमाथि निकै दवाव पनि परेको थियो ।प्रहरीले जहिले पनि सुन तस्करमा प्रयोग भएका भरियाहरुलई मात्रै पक्रने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । विदेशबाट ठूलो परिमाणमा आउने सुन प्रहरीका केही अधिकृत र कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिरहेको छ भन्ने सूचना हामीले पाएका थियौं ।

सोही अनुसार मैले अनुसन्धान व्यूरोबाटै एसपी मिरा चौधरीको नेतृत्वमा छुट्टै टोली निर्माण गरेर सुन तस्करको निगरानी गर्न खटाएँ । अनुसन्धानकै क्रममा अहिले पक्राउ परेका एसएसपी श्याम खत्रीनै त्यसको शंकामा परे ।

पछि उनलाई हेडक्वाटरमा तानियो । अहिले सम्पूर्ण प्रमाणहरु जुटाएर हेडक्वाटरबाटै पक्राउ गरेका छौं । उनीमाथि अहिले जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थानामा राख्ने आदेश दिएको छ ।

अझैपनि प्रहरीकै अधिकृत लेभलका व्यक्ति र कर्मचारी यसमा संलग्न भएको पाएका छौं । उनीहरुमाथि पनि हामीले अनुसन्धान गरिरहेका छौं । उनीहरुलाई पनि पक्राउ गर्ने काम जारी रहने छ ।

सेतो कपडामा, कालो धन्दा

देशका विभिन्न ठाउँमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा छन् भन्ने सूचना प्राप्त भयो । त्यही सूचनाका आधारमा मलाई यो समस्या समाधान गर्नुपर्छ भन्ने लाग्यो ।

हामीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई प्रक्राउ गर्न ‘अपरेशन क्वाक’ सञ्चालन गर्योँ । यो ‘अपरेशन क्वाक’ अन्तर्गत देशका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु धमाधाम पक्राउ हुन थाले । यसले सफलता प्राप्त गर्दै गयो । गत वर्ष २०७२ माघदेखि सुरु गरेको यस अभियानका क्रममा २०७३ असारसम्ममा ५८ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुलाई पक्राउ गर्न हामी सफल भयौं ।

अझै पनि यस कार्यमा निरन्तर निग्रानी तथा अनुसन्धान भइरहेको छ । मैले यो ‘अपरेशन क्वाक’ सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका विकृति तथा ठगीजन्य क्रियाकलापहरू नियन्त्रण गर्नु नै हो ।

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू मात्रै भेटिएनन् । अन्य चिकित्सकको एनएमसी दर्ता नं. प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेहरुलाई पनि हामीले पक्राउ ग¥यौं । यी दुबै बिरूद्ध शिक्षा ऐन अन्तर्गतको मुद्दा दर्ता गरिएको छ ।

सरकारको अधिनमा रही हामीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संग पनि समन्वय गर्ने कार्य गरेका थियौं । जसले गर्दा अभियान थप प्रभावकारी भयो । नागरिकमा परेको असर र आगामी दिनहरुमा चिकित्सा क्षेत्रमा हुन सक्ने विकृति हटाउन र सुरक्षित स्वास्थ्य क्षेत्रको निर्माण गर्न यो अभियानले महत्वूपर्ण भूमिका खेलेको छ ।

नक्कली पाइलट

विश्वमा धेरै विमान दुर्घटना हुने देशमा नेपाल पनि पर्छ । त्यसका थुप्रै कारणहरु हुन सक्छन् । कतिपय अवस्थामा विमान चालकको पनि कमजोरी देखिएका छन् । विमानहरु दुर्घटना भइरहेका बेला नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालक भएका व्यक्तिहरु नेपाल वायु सेवामा छन् भन्ने सूचना मलाई प्राप्त भयो ।

त्यही सूचनालाई आधार मानी नेपाल नागरिक उड्यन प्राधिकरणसंग समन्वय गरेर हामीले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि विमान चालक भएकाहरुलाई पक्राउ गर्न नै मैले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेका हौँ ।

यो अपरेशनले पनि सफलता प्राप्त गर्दै गयो । यसक्रममा विभिन्न मितिमा विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी वायु सेवामा कार्यरत विमान चालक तथा तिनलाई सहयोग गर्ने व्यक्तिहरु पक्राउ परे ।

साथै नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने व्यक्तिलाई समेत कानुनी कठघरामा उभ्याउन सफल भइयो । यसक्रममा नक्कली प्रमाण पत्र पेश गरी पाइलोट कोर्स पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत इजाजत पत्र प्राप्त गरेका दुई जना पक्राउ गरेको थिएँ ।

कल वाइपास धन्दा 

नेपालमा कल बाइपास गर्ने कार्यमा पटक–पटक देशी दता विदेशी व्यक्तिहरु पक्राउ पर्दै आएका छन् । हामीले कल बाइपासलाई नियन्त्रण गर्नका लागि ‘अपरेशन भ्वाइस फक्स’ सञ्चालनलाई प्रभावकारी बनायौँ ।

कल बाइपासमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने सोच मैले बनाएँ । सोही अनुसार अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउने सिलसिलामा काठमाण्डौ उपत्यका लगायत बाहिरका विभिन्न जिल्लाहरुमा संचालनमा रहेका अवैध कल बाईपास सेन्टरमा छापामार्न मातहतका निकायलाई निर्देशन दिएँ ।

यस ‘अपरेशन भ्वाइस फक्स’ अन्तर्गत अवैध कल बाइपास विरुद्ध ब्यूरोबाट हालसम्म ९४ स्थानहरु गरेको कारवाहीमा ११० जना नेपाली र ३१ जना विदेशी गरी १४१ जनालाई पक्राउ परेका छन् । कल बाइपासमा संलग्न यति धेरै व्यक्ति पक्राउ हुनु उपलब्धी हो । उनीहरु विरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको छ । प्रतिवादीहरु विरुद्ध ११ अर्ब ६८ करोड ३८ लाख १८ हजार ८७४ को बिगो मागदाबी पनि गरिएको छ ।

यो अभियान अन्तर्गत एकै व्यक्तिले विभिन्न ठाउँमा अबैध कल बाइपास सञ्चालन गरेको पनि पाइएको छ । यस कार्यमा एउटै व्यक्ति पटक पटक कल बाइपासमा संलग्न भएको पनि अनुसन्धानका क्रममा भेटिएको छ । हामीले अबैध कलमा प्रयोग हुने नेपाल दुर सञ्चार कम्पनीका २२ हजार १३६ सीमकार्डहरु र आधुनिक उपकरणहरु समेत बरामद गरेका छौं । मैले यो कार्यलाई अझै ध्यान दिइरहेको छु ।

चोर्नका लागि युरोपदेखि नेपालसम्म 

एटीएम कार्ड ठगी कार्य भइरहेको छ भन्ने सूचनाको आधारमा मैले यसलाई रोक्न योजना बनाएँ । विभिन्न मध्यमबाट अनुसन्धान गर्नेक्रममा यसै वर्ष साउन महिनामा एटिएम कार्ड ठगिमा संलग्न रोमानिया नागरिकलाई लाजिम्पाटको एक होटलबाट पक्राउ ग¥यौं । उनी र होटलको खानतलासी गर्दा उनीबाट एटिएम कार्ड, रकम, ल्यापटप लगायत बरामद ग¥यौं । उनले विभिन्न देशहरुबाट एटिएमबाट रकम ठगी गरेको पाइयो । त्यसपछि एटिएम कार्ड ठगीको रहस्य खुल्यो ।
यसक्रममा विभिन्न मितिमा पाँच जना विदेशी नागरिकलाई हामीले कागजात सहित पक्राउ ग¥यौं । यस कार्यमा संलग्न भएका विदेशी नागरिकहरुबाट सीम कार्ड, विभिन्न व्यक्तिहरुका एटिएम कार्ड र ल्यापटप बरामद गरेका छौं । जसको माध्यमबाट हामीले विदेशी नागरिकहरुले नेपालमा आएर गर्ने एटिएम कार्ड ठगीको बारेमा थप जानकारी पाएका थियौं ।
एटिएम ठगी गरेर बैंक खाताबाट रकम झिक्ने कार्य गर्नका लागि यस कार्यमा संलग्न केही विदेशी नागरिकहरु पटक–पटक नेपाल आएको तथ्य पनि खुल्यो । त्यसपश्चात यस कार्यमा संलग्न विभिन्न समुहहरुलाई पक्राउ गरि बैंकिङ कसुर सजाय ऐन अन्तर्गत कार्वाही समेत गरेका छौं ।

एटिएम कार्ड ठगीमा विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुलगेरिया तथा रोमानियाका नागरिकहरु संलग्न भएको हामीले पायौं । उनीहरु अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडेन क्यामरा प्रणाली, व्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपाल आउने गरेको तथ्य पनि भेटियो । उनीहरु एटिएम सेक्यूरेटी कमजोर भएका देशहरुमा गएर यस्तो क्रियाकलापमा संलग्न हुने गरेको पनि भेटियो ।

किर्ते कागजमा विदेश पठाउनेहरु जेलमा

मैले केन्द्रीय अनुसन्धान व्युरो प्रमुखको जिम्मेवारी सम्हाली सकेपछि विशेष गरि अन्य थुप्रै अपराधिक क्रियाकलापहरु पनि नियन्त्रण भएका छन् । आफ्नो जिम्मेवारीलाई कसरी उपलब्धिमुलक बनाउन सकिन्छ र सफलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मेरो बढी ध्यान जान्छ ।

मैले अनुसन्धानकै क्रममा सरकारी कागज किर्ते गरी अनुचित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरेर कानुनी कठघरामा उभ्याएको छु । किर्ते कागज बनाई विदेश लैजाने कार्यको पनि मैले पर्दाफास गरेको छु । विभिन्न विशिष्ट व्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धि कार्यमा असन्वन्धित व्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई सहयोगीको रुपमा किर्ते कागज बनाएर विदेश लैजाने कार्य भइरहेको रहेछ । उनीहरुलाई मैले अदालतमै पेश गरेँ ।

२० बर्ष भाग्दा हत्याराहरुले पनि सुख पाएनन् 

अदालतबाट सजाय सुनाइएका तर, सजाय भुक्तानी नगरेर फारर रहेका कैयौं फरार प्रतिबादीलाई पनि पक्राउ पार्न हामी सफल भएको छौँ । वषौं अघिदेखि अनुुसन्धान व्युरोमा थन्किएर कार्वाही नभएका फाइलहरु पल्टाएर मैले लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको छु । जस्तैः

  • जबरजस्तीकरणीपछि महिलाको हत्या गर्ने २० वर्षपछि पक्राउ

२० वर्षअघि २०५३ सालमा महिलालाई जबरजस्तीकरणी गर्ने र पछि हत्या गर्ने अभियुक्तलाई पक्राउ परेका छन् । बाराको डुमरवाना गाविस–६ खोरगाउँ घर भएका ५० वर्षीय प्रेमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

उनले २०५२/५३ सालमा ६ जना महिलाको जबरजस्ती गरी हत्या गरेका थिए पनि अन्य ३२ जना महिलालाई जबरजस्तीकरणी गरेका थिए । हामीले त्यो व्यक्तिलाई भारतको नयाँ दिल्लीमा बसिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्वरीमा बुझायौं ।

  • लागूऔषध मुद्दाका फरार अभियूक्त १५ वर्षपछि पक्राउ

केही दिनअघि मात्रै १५ वर्षअघि लागूऔषध मुद्दामा सजाय सुनाइएका फरार प्रतिबादी लमजुङ्ग ढोडेनी वडा नम्बर २ का ७१ वर्षीय गजबहादुर गुरुङलाई पक्राउ गरेका छौं । लागुऔषध मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले २०५८ साल फाल्गुन २१ गते १५ बर्ष कैद र रु. ५ लाख जरीवानाको फैसलाले सुनाइएको थियो । फैसला कार्यान्वयन तथा कैद भुक्तानको लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइसकेका छौं ।

  • दुई दशकदेखि फरार रहका कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

झुट्टा विवरणको आधारमा बास्तविक नाम ढाँटी २१ वर्ष पुरानो कर्तज्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं । यो मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका हुन् । मनाङ ङामल गाविस ७ घर भई हाल काठमाण्डौं महानगरपालिका १६ बस्ने सण्डुप घले, टाँसी गुरुङलाई गत वर्षको चैत्र महिनामा पक्राउ गरिएको हो ।

उनीहरुले २१ वर्षअघि २०५२ असोज २७ गते दुई जना इटालियन महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संगै रहेका इटालिन पुरुषलाई छुरा हानी हत्या गरेका थिए । अभियूक्त दुवै जनालाई अदालतको आदेशमा थुनामा पठाइएको छ ।

त्यस्तै, १५ वर्षअघि हत्यामा संलग्न मुख्य अभियुक्त रामेछाप खनियापानीका विवेक दानबहादुर तामाङलाई पनि पक्राउ गरेर अदालत बुझाएका छौं । विवेकको नेतृत्वमा २०५८ सालमा भक्तपुरमा एक जनाको चच्कु हानेर हत्या गरेको थियो । त्यस्तै, कर्तज्य ज्यान मुद्दामा १३ वर्षअघि फरार अभियुक्त काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ बस्ने श्रीबिर लामा, सोही ठाउँ बस्ते देवराज लामा र राकेश लामालाई पनि हामी पक्राउ गर्न सफल भएका छौं । उनीहरुले २०६० सालमा बदलाको भावना लिएर होली खेल्ने निहुँमा धारीलो हतियार प्रयोग गरेर हत्या गरेका थिए ।

  • शरीर बन्धकमा संलग्न व्यक्ति पक्राउ 

अपहरण तथा शरीर बन्धकमा संलग्न भएका व्यक्तिहरुलाई पनि पक्राउ गरी कार्वाही प्रक्रियामा ल्याएको छु । तनहु घर भएका ३७ वर्षीय भोजबहादुर थापा अपहरण र शरीर बन्दक गरि क्युरियो सामानको संग्रह गरेको कुसुरमा गत भदौ महिनामा पोखराबाट पक्राउ परेका हुन् । यस कार्यमा संलग्न उनी सहित सात जनालाई यसअघि नै पक्राउ गरिसकेका थियौं ।

उनीहरुले तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ वर्षीय युवतीको बली दिने योजना सहित एक युवतीलाई बन्धक बनाएका थिए । तर, बन्धक राखिएको ठाउँबाट युवती भने फरार भएकी थिएन् ।

  • विदेशी विनिमय मुद्राका प्रतिवादी पक्राउ

बैदेशिक मुद्रा अपचलन गर्ने एक व्यापारीलाई पनि हामीले गत वर्षको फागुनमा पक्राउ गरे कानुनी कठघरामा उभ्याएका छौं । यस कार्यमा संलग्न पर्सा घर भई काठमाण्डौंको सामाखुशीमा व्यापार गर्दै आएका पदमबहादुर राउत पक्राउ परेका छन् । उनले तातोपानी नाका हुँदै सामान ल्याउने नाममा भन्सार कार्यालयको नक्कली कागजात बनाई विभिन्न बैंकबाट रुपैयाँ निकाले ३ करोड ३४ लाख ६० हजार २३८ रुपैयाँ अपचलन गरेका थिए । उनलाई विदेशी मुद्दा विनिमय ऐन २०१९ बमोजिमको कसुर ठहर गर्दै काठमाण्डौं जिल्ला अदालतले जरिवाना सहित कैद सजाय सुनाएको छ ।

  • बैंकिङ कुसुरका अभियुक्त पक्राउ

अनुसन्धानकै क्रममा मैले लामो समयदेखि बैंङ्गिक कसुरमा संलग्न रहको व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । किर्ते कागजजात बनाएर विभिन्न बैंकहरुबाट कर्जा लिने फरार भएका छ जना विभिन्न मितिमा पक्राउ परेका छन् । यस कार्यमा बनेपा प्रधान कार्यालय रहेको पशुपति विकास बैंकका कर्मचारीहरु पनि संलग्न भएका थिए । पक्राउ भएका सबैलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कार्वाही पनि भएको छ ।

  • बाल यौन दुराचारी पक्राउ

अनुसन्धानकै क्रममा हामीले बाल यौन दुराचारीलाई पनि पक्राउ गरेका छौं । बाल यौन दुराचारीको सुक्ष्म रुपमा अध्ययन गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा काठमाण्डौं ठमेलस्थित एक होटलबाट गत भदौमा एक अमेरिकी नागरिक र उनका सहयोगी एक नेपाली युवकलाई पक्राउ गरेका थियौं । उनीहरुबाट पाँच जना बालकहरुलाई पनि उद्दार गरेका थियौं । उनीहरुलाई मानव बेचविखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत कार्वाही भइरहेको छ ।

  • नक्कली जग्गाधनीको संगठित गिरोह पक्राउ

नक्कली जग्गाधनी बनी जग्गा विक्री गर्ने गिरोह पनि पक्राउ परेको छ । किर्ते कागजात बनाई जग्गा आफ्नो नाममा बनाउने र दोस्रो व्यक्तिलाई विक्री गरेर ठगी गर्ने तीन जनालाई हामीले यसै वर्ष पक्राउ गरेका छौं । २०६६ देखि यस्तो कार्यमा लागिरहेका गिरोहका अन्य व्यक्तिहरुलाई पनि खोजी गर्ने कार्य अझै जारी छ । उनीहरुले करोडौं रकम ठगी गरेको पाइएको छ । उनीहरुमाथि अझै अनुसन्धान भइरहेको छ ।

  • नयाँ शैली अपनाई युवतीलाई ठगी गर्ने समूह पक्राउ

नयाँ शैली अपनाई युवतीहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति तथा समूहलाई पनि पक्राउ गरेका छौं । आफू सम्पन्न व्यक्ति भएको भन्दै प्रेम गर्ने र विवाह गरेर विदेशमा समेत लैजाने प्रलोभन देखाएर युवतीलाई ठगी गर्न दुई जनालाई हामीले पक्राउ गरेका छौं । अनुसन्धानका क्रममा उनीहरुले पीडित युवतीहरुसंग आर्थिक तथा शारिरीक शोषण समेत गर्ने र पछि सम्पर्क विहीन हुने गरेको पाइएको थियो । पक्राउ परेकाहरुमाथि ठगी मुद्दाअन्तर्गत कार्वाही अगाडि बढिसकेको छ ।

यस्तै एनजिओको आवरणमा ठगी गर्नेहरुलाई पनि हामीले पक्राउ गरेका छौं । यस्तै, विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरी अनलाइन खरिद गर्ने गिरोह पनि मेरो फन्दामा परेका छन् । विभिन्न अपराधिक समूहबाट अपहरणमा परेकाहरुलाई पनि उद्दार गर्न हामी सफल भएका छौं ।

यसरी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्ति तथा गिरोहलाई मैले कानुनी कठघरामा उभ्याउने प्रयास गरेको छु । आन्तरिक शुद्धिकरण, प्रभावकारी अपराध अनुसन्धान, सिमाअपराध नियन्त्रण, साना हतियार र गुन्डागर्दी नियन्त्रणलाई मैले पहिलो प्राथमिकता दिँदै आएको छु । अहिले अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराधमा धेरै कमी आइसकेको मैले पाएको छु ।

चोरी सिकारी नियन्त्रणमा योगदान गरेकोमा अवार्ड

सन २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द विभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेनीय योगदान पु¥याएकोमा केन्द्रीय अनुसन्धान व्युरोले अवार्ड पनि प्राप्त गर्न सफल भयो । साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप व्युरोलाई ‘एनिमल वेलफर इन्स्टिच्युट युएसए’ ले केन्द्रीय अनुसन्धान व्युरो सन २०१६ को क्लार्क आर.बभिन वाइल्डालाइफ ल इन्फोर्समेन्ट अवार्ड दिएको हो । बन्यजन्तुसंग सम्बधित अपराधमा संलग्नहरुलाई मैले खोजी पक्राउ गर्यों । देशभरका विभिन्न ठाउँबाट वन्यजन्तु बेचविखत तथा ओसार पसारमा संलग्न थुप्रै व्यक्तिहरु पक्राउ हुने क्रम अझै जारी छ ।

प्रस्तुतिः अंकुश कुँवर / दैनिक नेपाल


Page 2 of 2

यी भतिज जसले काकाको मृत शरीर सङ्ग सेल्फी खिचे !

सेल्फी’ अर्थात आफैले आफ्नो फोटो खिच्ने । धरैजसो फोटोहरु खुशियाली साट्न र भिन्न भिन्न ठाउँ र परिवेशको सम्झना सधै रहिरहोस भनेर खिच्ने गरिन्छ । पछिलो समय बिश्वभर सेल्फिको क्रेज बढ्दो छ त्यसो त स्मार्टफोनहरुमा मात्रै नभई विभिन्न सेल्फी लिन सकिने प्रविधिहरु पनि बिकास भइसकेका छन् ।

यी नयाँ-नयाँ प्रबिधि हरुको बिकास संगै यसको सदुपयोग भन्दा पनि दुरुपयोग त्यत्तिकै हाम्रो नेपाली समाजमा बढी रहेको छ । त्यसोत डडेलधुराका मेघराज बोहराले आफ्नो काका भाेज राज बाेहराकाे उपचारकाे शिलशिलामा यहि माघ २२ गते असामहिक निधन भएपछि स्वर्गीय अात्मा प्रति हार्दिक श्रद्धान्जली भन्दै फेसबुकमा सेल्फीनै पोस्ट गरे ।

सामाजिक सञ्जाल फेसबुकमा मेघ राज बोहराले पोष्ट गरेको सेल्फी र स्टाटस यस्तो छ –

हाम्रा अादरणिय काका भाेज राज बाेहराकाे उपचारकाे शिलशिलामा यहि माघ २२ गते असामहिक निधन भएकाेमा स्वर्गीय अात्मा प्रति हार्दिक श्रद्धान्जलि ।साथै साेकाकुल परिवारजन पर्ति श्री भगमानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।

हाम्रो यो नेपाली समाजमा यस्ता गतिबिधि पटक्कै सुहाउदैन र यो सामाजिक मूल्य र मान्यतामा पनि पर्दैन । हाम्रो देशमा मात्र होइन यस्तो दुखद क्षणमा सेल्फी खिची सामाजिक सञ्जालमा पोष्ट कुनै पनि देशका सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्दैंनन् । तर कहिलेकाही यस्ता घटना हरु भइरहने गर्दछ न् । छिमेकि राष्ट्र भारतमा भएको यस्तै प्रकृतिको घटना केहि समय अघि भाइरलनै भएको थियो। र उक्त्त सेल्फीको बिषयलाइ लिएर आलोचना पनि भएको थियो ।

News24nepal: source


Sunday, 5 February 2017

एसएसपी खत्रीको सुन काण्ड : तस्करीका लागि तीनवटा नम्बर र भाइबर, स्काईपको प्रयोग

काठमाडौँ, २४ माघ – सुन तस्करीको अभियोगमा प्रहरी मुख्यालयबाट पक्राउ परेका एसएसपी श्याम खत्रीले विभिन्न फरक फरक नम्बरका तीन नम्बरबाट भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादवसँग बारम्बार सम्र्पकमा रहेको देखाएको छ।

ब्युरो स्रोतका अनुसार सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँगको सेटिङमा संग्लनहरु भाइबर र स्काईप मार्फत सम्पर्कमा रहेको कारण ब्युरोको अनुसन्धानमा कठिनाई भइरहेको थियो। विमानस्थलको एक्सरे मेसिन सँगै बस्ने तथ्यांक अधिकृत श्रीनारायण यादवले बयानका क्रममा एसएसपी खत्रीको नाम पोलेको थिए।

यादवकै बयानका आधारमा ब्युरोले दुईबीचको टेलिफोन सम्पर्कको जालो केलाएको थियो। उच्च स्रोत भन्छ, ’प्रत्येक दिन उनीहरुबीच तस्करीको सुन कसरी बाहिर पठाउने भन्नेबारे कुराकानी भएको देखिन्छ।’ विमानस्थल भन्सार स्रोतका अनुसार यसअघि नै पक्राउ परेका यादव आठ वर्षभन्दा लामो समयदेखि विमानस्थलमा कार्यरत थिए।
एसएसपी खत्री भने पछिल्लो १४ महिनायता विमानस्थलमा कार्यरत थिए। केन्द्रिय अनुसन्धान ब्युरोले अहिलेसम्म तस्करीको संग्लन रहेको आरोपमा नौ जनालाई पक्राउ गरिसकेको छ। जनकराज सापकोटाको बाईलाईनमा कान्तिपुर दैनिकले खबर छापेको छ।

नयाँ मोड तिर पूर्व राजाको सम्बन्ध

सुनिल शर्मा, काठमाडौं । के नेपालमा फेरि राजतन्त्र फर्किएला रु यस्तै चर्चा परिचर्चा राजनीति वृतमा चुलिएको छ । यो प्रश्नले अहिले नेपालको अस्थिर राजनीतिलाई फेरि तताई दिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको थाइल्याण्ड भ्रमणमा भएको भारतीय र चिनिया ‘थिङ्क ट्याङ्कर’ हरु सँगको गोप्य छलफल पछि उत्साहित भएका पूर्व राजा ज्ञानेन्द्रले यति मात्र भनेका छन्–‘निषेधको राजनीति हुनु भएन, मैले दरबार मात्र छोडेको हुँ राष्ट्रको जिम्मेवारी छोडेको छैन ।’ अर्थात राजाले आफ्नो स्थान र अधिकारको सुनिश्चितता खोजेका छन् । चीन र भारतीय मित्रहरुसँग पनि देशको अवस्था, छिमेकमा परेको असर र आफ्नो भूमिका बारे बैंककमा कुरा राखेका छन् ।

नेपालको अस्थिर राजनीति प्रति चिनिया र भारतीय मित्रहरुले गहिरो चिन्ता व्यक्त गरेको कुरा थाइल्याण्डस्थित पूर्व राजा निकट स्रोतले जनाएको छ । चिनिया राष्ट्रपति सिजी पीङका विशेष दूत फुङ तारासँग निर्मल निवास पूर्व राजाको वार्ता भएको दाबीसँगै चिनिया  ‘ग्रिन सिंगनल’ पाएर बैंकक तिर हानिएका पूर्व राजा ज्ञानेन्द्रले नेपालको बिग्रदो राजनैतिक अवस्थाका कारण छिमेकी मुलुकहरुमा परेको असर र दक्षिण एसियामा नेपालको कारण बढेको अशान्तिप्रति गम्भीर छलफल चिनिया उच्च राजनैतिक व्यक्तिहरुसँग गरेका छन् ।

चिनिया अधिकारीहरुले भने नेपालको बिग्रदो राजनैतिक अवस्था र चीन एक नीति प्रति गम्भीर चासो व्यक्त गर्दै नेपालमा राज संस्थाले खेलेको भूमिका प्रति सन्तोष व्यक्त गर्दै नेपालको सार्वभौमताको पक्षमा सधै चीनको साथ रहने चिनिया अधिकारी र पूर्व राजाको गोप्य भेटवार्तामा छलफल भएको हो स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बतायो ।

नेपालमा बढेको विदेशी हस्तक्षेप र नेपालको सार्वभौमता माथि उत्पन्न खतराले चीनलाई समेत खतरा पुर्याएको चर्चा पूर्व राजा ज्ञानेन्द्र र चिनिया अधिकारीहरुसँग बिच निकै बहसको विषय भएको स्रोतको दाबी छ । नेपालमा राज संस्था पुर्नर स्थापना सम्बन्धमा चीनले भारतको साथ लिएर अघि बढ्ने संकेत पूर्व राजालाई मिलेको दरबारियाहरुले आभास गर्न थालेका छन् ।

साथै नेपालको वर्तमान संविधान निर्माण प्रकृया र राजनैतिक दलहरुले खेलेको भूमिका प्रति चासो व्यक्त गरेको कुरा राजा निकटहरु मात्र होइन आम नागरिकहरुको समेत चर्चाको विषय बनेको छ । चीनले पूर्व राजा सँगको भेटवार्तामा आफ्नो मुलुकको सुरक्षार्थ चीन एक नीति र नेपालमा चिनिया लगानीको संभाव्यता र सहयोग विषयमा छलफल गरेको छ भने भारतीय पक्षबाट नेपालमा राज संस्था पुर्नर स्थापना हिन्दू अधिराज्यको घोषणा सँगै नेपालमा जलस्रोतमा भारतीय लगानि, आतंकवादी गतिविधि रोकथाम र भारतीय सुरक्षाको विषयमा चासो व्यक्त गरेको छ ।

नेपालको नागरिकताको सवाललाई नेपालको आन्तरिक विषय भएकाले संविधान बमोजिम जे हुन्छ त्यही गर्न सुझाव दिँदै नेपालको वर्तमान राजनीतिक व्यवस्था मै परिवर्तनको खाँचो तर्फ चीन र भारतीय अधिकारहरुले औल्याएका छन् ।

राजनीति र कुटनीति भिन्दै विषय वस्तु भएता पनि एक अर्काका पुरक अन्तरवस्तु हुन् । यी कुरालाई स्व राजा महेन्द्र देखि वीरेन्द्रसम्म के के भयो ? के के हुँदैछ ? भनेर बढो सावधानिका साथ संविधानको अक्षरस पालना गरेर हिँडेका पूर्व राजा ज्ञानेन्द्रको पछिल्लो समयमा देखिएको राजनैतिक र कुटनैतिक सकृयताले राजनैतिक दलका नेताहरुलाई नराम्रोसँग फसाई दिएको छ ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले मुलुकमा जुनसुकै बेला राजनैतिक मुठभेड हुन सक्ने र बिखण्डनवादी तत्वहरुले टाउको उठाउने स्पष्ट सन्देश प्रवाह गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा ‘प्राप्त उपलब्धी गुम्ने खतरा’ बढेको भन्दै कार्यकर्ताहरुलाई सचेत गराए । पूर्व माओवादी लडाकुहरुले प्रचण्डलाई ज्यानै मार्ने सम्मको धम्की पेरिस डाँडामा दिएपछि प्रचण्डले पछिल्लो समय पूूर्व राजा ज्ञानेन्द्रसँग मिलेर जानुको विकल्प नरहेको भन्दै आफ्ना निकटवर्तीहरुसँग राजासँग भेटघाट र छलफल गर्ने इच्छा जाहेर गरे पनि पूर्व राजाले भने प्रचण्डलाई तत्काल भेट गर्न अस्विकार गरेको बताइएको छ ।

राजालाई बाहिर राखेर संविधान बन्दैन भन्ने बुझेका प्रचण्डले शंकास्पद सम्बन्ध राजासँग बढाउन चाहेपछि निर्मल निवासले प्रचण्डलाई ठाडै अस्विकार गरिएको दरबारियाहरुको भनाई चर्कै सुन्न पाइन्छ । पुर्व राजा र भारत बिचको सम्पर्कको मुख्य सूत्रधार बरिष्ठ राजनीतिक एवं राजनैतिक विश्लेषकहरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच गोप्य भेटवार्ता हुने भएको छ ।

‘गेम प्लान’ अन्तर्गत थाइल्याण्ड पठाइएका राजा ज्ञानेन्द्रको नेपालमा राज संस्था पुर्नर स्थापना गराउन भारतीय जाशुशी संस्था ‘र’ तथा मोदीको ‘कोर ग्रूप’ सँग नेपालमा राज संस्था नहुँदा भारतले भोग्नु परेको क्षती तथा दक्षिण एसियामा बढेको आतंकवाद र भारत चीनको सुरक्षा तथा अन्तर सम्बन्ध र व्यापार लगायतका विषयमा गम्भीर छलफल चलाएका हुने भएको श्रोतको दाबी छ ।

आखिर के चाहान्छ भारत के चाहन्छ ?
तत्कालीन नेपालको राजनैतिक अवस्थाका कारण भारत पाकिस्तान बीचको द्वन्द्व र युद्ध नेपालका शान्ति स्थापना र संविधान सँगै भारतले चाहेको छ । तर नेपालमा राज संस्था र हिन्दू अधिराज्यको स्थापना हुनु अथवा रक्तापात पूर्ण क्रान्तिबाट राजा स्थापना हुनु भारतको दुई विकल्प छन् । तर राजा ज्ञानेन्द्रले भने क्रान्तिभन्दा शान्ति कै पक्षमा भारत र राजनैतिक दलहरुले गरेको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’लाई कार्यन्वयन गराउन सुझाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रकै पक्षमा जोड दिँदै आएका छन् । स्रोत भन्छ ‘पूर्व राजा ज्ञानेन्द्र राज संस्था र हिन्दूू अधिराज्यको स्थापना तथा बिधीको शासन चाहनु हुन्छ ।’उहाँ हिमानीलाई राज उत्तराधिकारी घोषणा गराएर नाती ह्दयन्द्रलाई राजगद्धीमा राखेर विश्राम लिन चाहनु हुन्छ स्रोत भन्छ ।newsabhiyan
राजनैतिक दलहरुलाई वाइपास गरेर जाने उहाँको इच्छा छैन । विगतका कमजोरीलाई सच्याएर नै जाने उहाँको चाहना हो । तर विधिको शासन मुलुकमा स्थापना हुनु पर्नेमा भने पुर्व राजाले कसैसँग कुनै सम्झौता नगर्ने बताउँनु भएको छ ।

अब के हुन्छ ?
पूर्व राजा ज्ञानेन्द्र शाहको भारतीय र चिनिया उच्च नेतृत्व सँगको भेटवार्ता पछि नेपालको राजनीतिमा ठूलै परिवर्तन आउने संभवत व्यवस्था नै परिवर्तन हुने राजनैतिक विश्लेषकहरुको भनाइ छ । पूर्व राजाको थाइल्याण्ड भ्रमण भारतीय ‘ग्रिन सिङ्गनल’ पछि भएको हुँदा राजनैतिक परिवर्तनका लागि वर्तमान संविधानलाई नै लागू हुन नदिन संशोधन पक्षधर र संशोधन विपक्षी राजनैतिक दलहरु बीच विवाद चर्काइने छ ।

भारत  र चिनिया ‘ग्राण्ड डीजाइन’ भित्र राजनैतिक दलहरु परि सकेको हुँदा अस्थिर राजनीति बिचमै गोलमाल गराएर संवैधानिक संकट खडा गरि राष्ट्रिय सुरक्षार्थ भनेर संकटकालको घोषणा गराएर भए पनि वर्तमान संविधान लागू हुने छैन । यसको स्पष्ट जानकारी भारतीय विदेश सचिव मोदी दूत एस।जय शंकरले प्रचण्डलाई पहिले नै दिई सकेका छन् । जुन कुरा प्रचण्डले बुझेर पनि नबुझे जस्तो गरेता पनि ‘प्राप्त उपलब्धी गुम्ने भो’ भनेर पार्टी बैठकमा त्यसै भनेका होइनन् ।


Saturday, 4 February 2017

विप्लवले राष्ट्रघातीलाई के गर्लान् ?

newsabhiyan
काठमाण्डौ,२२ माघ ।   हुन त नेत्रविक्रम चन्द विप्लव प्रचण्डकै कमाण्डर भएर जनयुद्ध लडेका लडाका हुन् ।

तर उनी फुटेर वैद्य माओवादी बने र त्यसबाट पनि उनलाई सन्तोष नमिलेर र उनको बेगमा बैद्यको नेतृत्व चल्न नसकेर अलग भए । उनले नेकपा माओवादी पार्टी खोले, जसलाई आजकल विप्लव माओवादी भनिन्छ ।

  गरे, विप्लवले युवा संगठन गरे । युवा दस्ता पनि बनाए । तिनलाई फौजी तालिम पनि दिए । यतिखेर विप्लव माओवादीको आधाभन्दा बढी जिल्लामा समानान्तर सरकार पनि चलिरहेको दावी गरिएको छ ।

यिनै विप्लवले सय जना भ्रष्टाचारीलाई टार्गेट बनाएको बताएका थिए । एकजना सचिव र अख्तियारका पूर्वप्रमुख लोकमान सिंह कार्कीलाई दण्डित मात्र गरेनन्, सर्वोच्च परिसरभित्रै पसेर कालोमोसो दलेर विप्लव माओवादीले प्रचण्डको सत्तालाई पल्टाइदिन सक्ने हैसियत देखाइदिए ।

किनभने राज्य सुरक्षाले हावा खायो, विप्लवले सफलता हासिल गरे । यद्यपि कालो दल्नेलाई राज्यबाटदण्डित गरियो ।
    नयाा घटना हो, प्रचण्ड सरकारले एयरपोर्टमा भारतीय एयरमार्शल राख्न दिने निर्णय गरेको छ । यस सम्बन्धमा विप्लवले विज्ञप्ति निकालेर भनेका छन्– प्रचण्ड राष्ट्रघाती भारतीय दलाल हुन् ।

यो निर्णय गम्भरीर राष्ट्रघाती र आत्मसमर्पणवादी हो । यस्तो निर्णय गर्ने यस्ता दलाललाई कडा कारवाही गर्छौं । विज्ञप्ति आयो, प्रधानमन्त्री प्रचण्डले कुनै भाउ दिएनन् । विप्लव माओवादीले पनि केही लछारपाटो लगाएको छैन । सामाजिक सञ्जालहरुमा विप्लव माओवादीको खोइरो खन्दै प्रचार भएका छन्– स्कूल, स्कूल बसमा आगो लगाउन सक्छौं, भारतीय विस्तारवादका दलाल, लम्पसारवादी लम्पटहरुलाई पहिले कारवाही गरेपछिमात्र लेनिन, माओको झण्डा बोके सुहाउला ।

 विप्लव माओवादीले चेतावनी दियो, प्रचण्डले निर्णय लिइसके । अव चेतावनी र निर्णयवीच द्वन्द्व चल्ला कि प्रचण्ड अघि बढ्लान् । हेर्न बााकी छ ।
माघ २३ देखि मधेस आन्दोलन
    मधेसी मोर्चाले आफूहरुसाग भएको सहमति कार्यान्वयन नहुने पक्का ठानेर निर्णय गरेको छ– माघ २३ देखि मधेसमा जनप्रदर्शन गरिनेछ । यो जनप्रदर्शन मधेसको हक र हित आन्दोलनकै बलमा संविधान संशोधन गराएरै लिने भनेर हुनलागेको हो ।

अझै मधेसी दलहरुलाई कुराले ठिक्क पार्ने काम भइरहेको छ, अव त्यस्तो तरिका मान्दैनौं, परिणाममुखी बनाएरै छाड्छौं भन्दैछन् नेताहरु ।


    भएन, संविधान संशोधनको कुनै सम्भाबना भएन । स्थानीय तहको निर्वाचनको मिति घोषणा पनि पर पर सर्दै गएको छ । अझै निर्वाचनका लागि चाहिने ४ कानुन बन्न बााकी छन् । ती कानुन कहिले बन्ने र निर्वाचनको मिति तोकिने हो भन्न सकिन्न । यसैवीच मधेसी मोर्चाले माघ मसान्तसम्म पनि संविधान संशोधन भएन भने आन्दोलन थाल्ने चेतावनी दिएर थच्चिन पुगेको छ ।

  यसैवीच स्थानीय निकाय पुनसंरचना आयोगको रिपोर्टमा कांग्रेसले बिमति जनाउादै आएको थियो, मधेसी मोर्चाले पनि बिमति जनाएको छ । यसमा सुधार हुनुपर्छ भनेर एकदिने विरोधसभा र प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीले ल्याउने पुरक संविधान संशोधनको प्रस्तावमा संशोधनमाथि परिमार्जन संशोधन हुनुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिइसकेको छ मोर्चाले । मोर्चाले फागुनको पहिलो हप्तादेखि फेरि मधेस आन्दोलन हुनसक्ने जनाउ दिइसकेको छ ।


सशस्त्र विद्रोह : 'सेना परिचालन हुँदै !'

सुनिल शर्मा,

नब्बे प्रतिशत जनताले नयाँ संविधान स्वीकार गरेको भनिए पनि सडक शान्त हुन सकेन ।

मुठ्ठीभरका ब्यक्तिहरु शासन सत्ता सञ्चालनमा बसेपछि मधेसको मुद्दा झन पेचिलो बन्दै गएको निष्कर्ष मधेसी दलका नेताहरुको छ ।

मधेसी समुदायको माग सबै जायज नभए पनि जायज मागहरुको भने सुनुवाई र सम्बोधन हुन नसक्दा मधेसमा छुट्टै ठूलो बिद्रोहको भित्रि तयारी भईरहेको छ ।

समग्र मधेस एक प्रदेशबाट अब  छुट्टै देश हुनुपर्छ भनेर सि.के. राउतको नेतृत्वमा सैन्य लडाकु दस्ताहरु तयार पार्न थालिए पछि झन् उत्पात बढेको हो ।

अबको मधेस आन्दोलन, आन्दोलनका रुपमा नभई पृथकतावादी हुने लक्षण पाकिस्तानको बालुचिस्तान र कश्मिरको विद्रोहले मधेसी यूवाहरुलाई आकर्षित गर्ने र ऊर्जा प्रदान गर्ने काम भईरहेको छ  । मधेसको माग संविधान संसोधनमा मात्र केन्द्रित छैन ।

विगतको मधेस आन्दोलनले भन्दा सशस्त्र विद्रोह र पृथकतावादी  लडाई नजानिदो तरिकाले मधेसमा भूषको आगो झै सल्किदैछ । मधेसको मुद्दा सार्वभौम जीवनका लागि निर्णयक युद्धमा होमिन थालेको छ ।

मधेशको राजनीति धेरै पुरानो नभए पनि तत्कालिन माओवादी शान्तिपूर्वक दिशातर्फ अवतरणको प्रकृया सुरु भएपछि त्यसले उदाउँदै आएको आत्म निर्णयको अधिकार सहित जातीय राज्यहरुको मागको छायामा खेल्दै उम्रेको विविध प्रकार मध्ये मधेस आन्दोलन एक हो ।

केही वर्ष यता “मधेश कार्ड”ले राष्ट्रिय राजनीति अवरुद्ध पार्दै आएको छ । यसको पछाडी भारतीय कांग्रेस ‘आई’ र भारतीय गुप्तचर संस्था “रअ” सँग मधेशवादी नेताहरु नजिक हुनु नै मधेशवादी आन्दोलनको एउटा हैसियत बनेको छ । हो मधेसका समस्या थुप्रै छन् तर यसको मतलब  पहाडमा समस्या छैन भन्ने होईन । तुलनात्मक रुपमा मधेश भन्दा पहाड पिछडिएको छ ।

मधेस त अहिले राजनीति गर्नेहरुका लागि “मधेस कार्ड”भएको छ भने भारतका लागि जसरी पनि नेपालको सत्ता सञ्चालनदेखि प्रशासनिक र सैन्य, प्रहरी नेतृत्वमा आफ्नो पकड बैधानिक रुपले पहँुच पु¥याउन नागरिकताको समस्या सधै बल्झाई रहने गरेको छ ।


साच्चै भन्ने हो भने मधेसकै कारण नयाँ संविधान लागू हुन सक्दैन । हिन्दूत्वको नाममा हुने मधेश आन्दोलनलाई मधेशी मात्र होईन पहाडी समुदायको पनि समर्थनले मधेस आन्दोलन अब सिर्फ आन्दोलनमा मात्र केन्द्रित नभई सशस्त्र विद्रोहमा परिणत हुने सुनिश्चितता बढ्दै गएको छ ।

“मधेसवाद ऐलान ए जंग” दिल्ली र पट्नाका बैठकहरुपछि तय भएका एजेण्डाहरु छन् । मधेशको मधेशवादी आन्दोलन र विद्रोह फेरी भड्किएमा त्यसलाई सम्बोधन गर्न सक्ने ल्याकत र हैसियत कुनै पनि राजनीतिक दलहरुसँग छैन ।

“मधेस कार्ड”लाई कसरी बुझ्ने भन्ने प्रश्नले नै यसको समाधान दिन सक्छ । संबैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दू अधिराज्यको घोषणा मधेशको आन्दोलन र विद्रोहसँगै लपेटिन थाल्नुले भारतको सत्ताधारी दल भारतीय जनता पार्टी नेपालमा कस्तो राज्य ब्यवस्था चाहिरहेको छ र किन दलका नेताहरुले बुझेर पनि आफू कुनै पनि हालतमा सत्तामा टिकी राख्न देशमा अस्थिरताको राजनीतिमा खेलिरहेका छन् ?

यो षड्यन्त्र मुलुक राजनैतिक खेल करिव अन्तिम अवस्थामा आईपुगेको छ । प्रचण्डको भारत भ्रमण सकिएपछि नेपालको राजनीतिमा राजनीतिक दलहरु संविधान संसोधन गर्ने र नगर्ने पक्षमा विभाजित हुने निश्चित छ । जसका कारण एमाले, नेपाली कांग्रेस जस्ता ठूला दलहरु फुट्ने टुट्ने निश्चित देखिन्छ ।

दलहरु बीच बढ्दै गएको दुरीका कारण २०७४ साल माघ ४ गतेसम्म संविधानका विवादित विषयहरु टुङ्गो नलागेको अवस्थामा स्वतहः संविधान खारेज हुने र संवैधानिक संकट उत्पन्न हुने खतरा पनि त्यत्तिकै छ । यहि राजनीतिक रिक्तताका बीच मधेस विद्रोहले चर्को रुप लिन सक्छ ।

नेपाल मामिलामा भारतको मुख्य चासो भनेको जलस्रोत र सुरक्षा बिषय प्रमुख हो । भारतमा सत्ता परिवर्तन पछि नेपालको मधेशादी आन्दोलनमा अहिले हिन्दू अधिराज्यको घोषणा र राजालाई पनि स्थान दिनुपर्ने जस्ता माग थपिनु नेपाली राजनैतिक दलका नेताहरुलाई गलाको हड्डी सावित भएको छ ।

नेपालका प्रधानमन्त्री प्रचण्डले त आफ्ना विशेष दूत विमलेन्द्र निधी मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूहरुको अनुभवहिनताको कारण विगतमा भएका गल्तीहरुप्रति क्षमा याचना गर्दै धर्मनिरपेक्षताको ठाँउमा हिन्दू राष्ट्र राख्न तयार भएको उल्लेख गर्नुले नेपालका राजनैतिक दल र नेताहरु कुन मानसिकतामा राज्य सत्तामा बसेका छन भन्ने प्रष्ट हुन्छ ।

अहिले पनि भारतको एउटा ठुलो शक्ती बिद्रोहमार्फत राजनैतिक दलहरुलाई गलाउँदै लगेर राजा र हिन्दू राष्ट्र पुर्नस्थापना गराउने रणनीतिमा रहेको छ । राजनैतिक दलहरुको निषेधको राजनीति कै कारण मूलुक बन्धकमा परेको छ ।

बेरोजगारी, भ्रष्टाचार, महंगी, अपराध, माफियातन्त्र नै सरकारमा बसेर कमिसन खाने र कालो धन कसरी हुन्छ जम्मा गर्ने ध्याउन्नमा नेताहरु लागेका कारण विदेशीहरुले समेत पत्याउन छाडेका छन् । अन्तर्राष्ट्रिय रुपमा यति ठूलो बेईज्जत राजनैतिक दल र नेताहरुको कारण कहिल्यै भएको थिएन ।

मधेशबादको कार्ड अब दश वर्षे माओवादी विद्रोहकै स्वरुपमा अर्को पाटोको रुपमा भयो  भने कुनै आश्चर्य हुने छैन । माओवादी बिद्रोह भारतको ग्राण्ड डिजाईनमा राजा फ्याक्ने उद्देश्यले सोनिया गान्धी र भारतीय गुप्तचर संस्था “रअ”ले गराएको थियो भने अब फेरी भारतले नै बिद्रोहका लागि “मधेस कार्ड” सुरु गरिसकेकोले देशब्यापी विद्रोह पैदा गराउने रणनीति तयार गरिसकेको छ ।

यस कुरालाई प्रधानमन्त्री प्रचण्डले बुझेकै कारण भारतीय प्रधानमन्त्री मोदी समक्ष क्षमा याचनाको पत्र पठाएको कुराले पनि पुष्टि गर्दछ । नयाँ संविधानमा महत्वपूर्ण मुद्दा भनेको संघियताको स्वरुप र सिमांकन अझै विवादास्पद नै छ । राजनैतिक दलहरु अझैसम्म सहमतिमा एक भएर आउन सकेका छैनन् ।

यसबीचमा  मधेसबादी दल राप्रपा नेपालले संविधान संसोधनको माग उठाएपछि यस्तो तरङ्ग एमाले र नेपाली कांग्रेसभित्र पनि संविधान संसोधनको पक्ष र विपक्षमा पार्टीहरु दुईधारमा बाँडिएका छन् । यसको सबैभन्दा बढी फाईदा मधेशबादी दलहरुले आनन्द उठाएको देखिन्छ ।

मधेसको आन्दोलनमा  पहाडेहरुको पनि समर्थन हिन्दूत्वको सवाललाई लिएर साझा मुद्दा बनेपछि  मधेशमा सबैभन्दा ठूलो धक्का नेपाली कांग्रेस र एमालेलाई लाग्ने देखिन्छ । तथ्यगत हिसावले मधेस नामको कुनै भुगोल जाती वा भाषा नेपालमा छैन ।

तर अहिले “मधेस कार्ड” मधेसवादका रुपमा सिके राउत जस्ताले मधेशी युवाहरुलाई अलग देशको लागि आकर्षण गर्ने र सशस्त्र विद्रोह पैदा गर्ने माध्यम बनेको छ । जसमा भारतीय गुप्तचर संस्था मात्र होईन पश्चिम मुलुकहरुले खेल्ने अवसर पाएका छन् ।

खास गरी भारतको झ्यालबाट चियाउने अमेरिका सिके राउतलाई विभिन्न आई एनजिओ मार्फत आर्थिक र भौतिक सहायता पु¥याउन थालेपछि उत्तरी छिमेकी मुलुक चीनले पनि नेपाल मामिलामा चासो मात्र देखाएको छैन नेपालको सार्वभौमिक स्वतन्त्रता माथि खलल पुगे चीन चुप लागेर नबस्ने चेतावनी चीनिया राष्ट्रपति जि सिङ पिङ्कै मुखबाट स्पष्ट हुनुलाई राजनैतिक रुपमा अर्थपूर्ण मानिएको छ । अर्थात चीनले पनि आफ्नो छिमेकमा अस्थिरता उत्पन्न हुँदा के खतरा हुन्छ ?

भन्ने कुरालाई नजिकबाट नियालेको बुझिन्छ । अन्तर्राष्ट्रिय मुस्लीम आतंकबादी संगठनहरुले नेपाललाई “ट्रान्जिट प्वाईन्ट” बनाएर भारत विरुद्धको चलखेल अखडा नेपाल र विद्रोह भारतमा गराउँदै आएका छन् । यो पनि नेपालको राजनैतिक अस्थिरता र फितलो सुरक्षा ब्यवस्था कै कारण मान्न सकिन्छ ।

“मधेस कार्ड” मा मुस्लिम आतंकवादी संगठनहरुले पनि राम्रै खेल्ने मौका पाएका छन् । विदेशी मालिकहरुले नीति बनाउने र दलाल, गुलामहरुले त्यस्को कार्यान्वयन गर्ने प्रक्रियाले अहिले जोड समातेको छ भन्ने कुरा प्रचण्ड पुन प्रधानमन्त्री बनेर भारतसँग क्षमा याचना गर्नुले थप पुष्टी गर्छ ।

बाह्य षड्यन्त्रका कारण देश दुर्घटनाको डीलमा पुगिसक्दा पनि कांग्रेसको एउटा पंक्ती मधेस कार्ड खेलिरहेको छ  भने सत्तामा टिकी राख्न माओवादी केन्द्र पनि मधेश प्रदेशमा अमेरिकाको हात रहेको किटान गरिरहेका छन् ।

तर प्रचण्ड र उनको पार्टी अहिले भारतको नाम लिन चाहँदैनन् । बरु मधेश मुद्दामा भारतकै हिन्दूवादी शक्तिहरुको हात रहेको चर्चा गर्छन । राजसंस्थाको पतनपछि नेपालको इतिहास मै नेपाल र नेपाली यति कमजोर कहिल्यै थिएन । आर्थिक दृष्टिकोणले नेपाल सुडानको अवस्थामा उन्मुख छ भने राजनैतिक दिशाहिनता र अस्थिरताका कारण देश साम्प्रादायिक र विखण्डनवादी तत्वका कारण कंगो जस्तो जर्जर अवस्थामा लम्काउने कोसिस भइरहेको छ ।

मधेसलाई आफ्नो रानैतिक प्रभावभित्र राख्नु दिल्लीको चासो नयाँ विषय होईन । मधेसको कार्डमा भारतीय दृष्टि चासो मात्रै हुनै सक्दैन । न त चीनको नेपाल माथिको चासो मात्र हो, भन्ठान्नु गम्भिर भूल हुन्छ । राजतन्त्रसँगको दुरी घटेपछि चीन र भारतको मात्र नभई दक्षिण एसियामै अनेक प्रकारका आतंकबाद उत्पन्न मात्र भएका छैनन् । छिमेकी सार्क राष्ट्रभित्र एकले अर्कालाई शंका गर्ने र सुरक्षा मामिलामा चासो देखाउन थालेको हो ।

तत्कालिन राजालाई यसअघि भारतले धाक धम्की र घुर्की लगाएर आफ्नो नियन्त्रणमा राख्न जति सजिलो थियो, राजतन्त्रको अन्त्यपछि राजनैतिक दल र नेताहरुलाई आफ्नो नियन्त्रण रेखाभित्र राख्ने ग्यारेन्टी न भारतले गर्न सक्यो न चीनले गर्न सक्यो, अहिले दुवै छिमेकी राष्ट्रहरु स्थायी मित्र शक्तिको स्थापना र आफ्नो सुरक्षा ग्यारेन्टीको प्रत्याभूति खोजिरहेका छन् ।

राजतन्त्रको अन्त्यपछि नेपाललाई नियन्त्रणमा राख्न चीन र भारत दुबैले मधेस कार्ड खेलेर पुरानै शक्तिलाई यथास्थानमा स्थापित गर्न माईक्रो मेनेजमेन्ज गर्न थालेपछि दुवै छिमेकी देशहरुको चासो मात्र नभई नियन्त्रण नै बढ्न थालेको आंकलन विज्ञहरुले गर्न थालेका छन् ।

देशी विदेशी हस्तक्षेप र षड्यन्त्र नेपाल नियन्त्रणका नाममा मधेश कार्ड  मधेसवादको रुपमा प्रयोग भईरहयो भने नेपाल विखण्डन हुन सक्छ । यसका लागि तिब्बत र कास्मिर टुक्राउन नेपालमा साम्प्रदायिक, जातीय युद्ध भड्काएर युएनको फोर्स नेपालमा राख्न अमेरिका र पश्चिमी मुलुकहरु विभिन्न रुपमा सक्रिय छन् ।newsabhiyan

“ मधेसवाद ऐलान ए जंग” को नाममा दोस्रो प्रभाकरणको रुपमा सि. के राउतलाई उभ्याईदैछ । उनलाई पक्रिने छाड्ने होइन । राज्य विप्लवको मुद्धामा थन्क्याउनै पर्छ ।

नेपाल राजनीतिक दलहरुको भूमिकाको कारण अहिलेसम्म टिकेको हैन तिब्बतको कारण चीनले तय गरेको नेपाल नीतिबाट मात्र यसको अस्तित्व रहेको छ ।

राजतन्त्रको पतनपछि नेपालको परराष्ट्र नीति नै वेथिति भएको कारण चीन र भारतको अन्तरविरोध झन् चर्किएको विज्ञहरु बताउछन् । त्यो अन्तरविरोध माथि प्रचण्ड र ओलीले फरक फरक कित्ताबाट खेल्दा आफै फस्दै जानुको परिणाम राजनैतिक दलहरु असफल हुँदै जानु  मधेस विद्रोहको उठान गरेर पुरानै शक्तिको स्थापना गर्नु राजनैतिक दलहरुका लागि दुर्भाग्य हुने छ ।

उत्तरी छिमेकी मुलुक चीनको चासो र प्रभाव नेपालमा बढ्नु भारतका लागि चुनौती मात्र होईन खतरा पनि हो विश्लेषकहरुको भनाई छ । अझ खास गरी नेपाल भारतको मधेसी सिमा क्षेत्रसम्म चीनियाँहरुको चासोले भारतको सुरक्षामा मात्र नभई मधेसवादका नाममा नेपाल नियन्त्रणमा चीनियाँहरुले कति सक्रिय रणनीति बुन्दै गएकाछन् यसैबाट प्रष्ट हुँदैछ ।


ट्रम्पले बेलायती प्रधानमन्त्रीलाई पोर्न स्टार बनाएपछि

एजेन्सी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बेलायती प्रधानमन्त्री ‘थेरेसा मे’ को नाम लेख्नुपर्ने ठाउँमा पोर्नस्टार ‘टेरेसा मे’ को नाम उल्लेख गरेको छ । यो गल्ती तीन पटकसम्म भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा रहेको एक कर्मचारीले झुक्किएर पूर्व मोडल तथा पोर्न स्टारको नाम लेखेका हुन् । गत शुक्रबार द्विपक्षीय वार्तासँग जोडिएको दस्तावेजमा थेरेसा मेको नाममा ‘एच’ लेख्न छुटेको थियो ।

ह्वाइट हाउसका प्रेस सचिवको कार्यालयले जारी गरेको दैनिक कार्यक्रममा लेखिएको थियो, ‘राष्ट्रपतिले बेलायती प्रधानमन्त्री ‘टेरेसा मे’ सँग द्विपक्षीय बैठकमा भाग लिने ।’

बेलायती प्रधानमन्त्रीको नाममा ‘टी’ पछि ‘एच’ लेखिने भएपनि लेख्ने व्यक्तिले ‘एच’ लेख्न भुलेका थिए । त्यसपछि अर्को पटक पनि राष्ट्रपति ट्रम्पले लन्चका क्रममा प्रधानमन्त्री टेरेसा मेसँग कुराकानी गर्ने कार्यक्रम छ भनेर लेखिएको थियो । उपराष्ट्रपति कार्यालयले जारी गरेको नोटमा पनि सोही गल्ती दोहोरिएको हो ।

टेरेसा मे एक पूर्व मोडल तथा पोर्न स्टारको नाम हो । आफ्ना प्रधानमन्त्रीलाई पोन स्टार बनाएपछि बेलायतीहरु आक्रोशित बनेका छन् ।

हवाई सङ्ग्रहालयको इतिहास रच्दै पाइलट उप्रेती

काठमाडौँ, २२ माघ । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो ।

सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उहाँलाई पुर्याएको हो ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमान चालक उप्रेतीले नेपालको गौरव र गरिमा विदेशमा पनि बढाइरहनुभएको छ । हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गरेर विश्वमा आफ्नो पहिचान बनाउनुभएका उप्रेतीले उड्डयन सङ्ग्रहालय (एभिएसन म्युजियम) स्थापना गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

उहाँले विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा बनाउनुभएको छ । यसअघि उहाँले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरी चर्चा कमाउनुभएको थियो ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी(आकाशबाट तस्बिर खिँच्नु) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि सङ्ग्रहालयमा अट्नेछ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो ।

ठूलो र आधुनिक सङ्ग्रहालय

“यो ‘लेटेस्ट’ र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन सङ्ग्रहालयमा राखिएको छैन । कसैले राख्ने हिम्मत पनि गरेको छैन, यो खरिद गर्नै सक्दैन”– उप्रेतीले भन्नुभयो ।

संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गर्ने अवसर मिलेको उप्रेतीको भनाइ छ । “अहिले एयरबस जोड्ने ‘एसेम्बल’ गरिराछाँै, मार्चको १० सम्म जोड्ने काम सकिन्छ, अनि बाँकी काम सकेपछि जुलाइदेखि सर्वसाधारणका लागि खुल्छ ।”

सफलताको श्रेय आफैँलाई दिने उप्रेतीको विचारमा गन्तव्यमा पुग्न सपना र कडा मेहनत चाहिन्छ नै । तर पारिवारिक स्वतन्त्रता पनि उत्तिकै आवश्यक हुन्छ ।

हवाई करियरमा ११ हजार घन्टा विमान उडाउनुभएका उप्रेतीले लामो समयदेखि इन्डोनेसियामा ग्राउन्ड ‘सिमिनेटर इन्सट्रक्टर’ भएर काम गरिरहेका छन् ।

जीवन सङ्घर्ष मानिसको दैनिकीसँग जोडिएका कुरा हुन् सफलताका पछाडि कैयन अविस्मरणीय भोगाइ पक्कै हुन्छन् । उप्रेती सम्झनुहुन्छ, “विराटनगर उडानमा रहेको नेकोन एयरको विमान कोसी नदीमाथि पुगेपछि एउटा इन्जिन फेल भयो, विमानका दुइटा इन्जिन भएकाले जसोतसो अवतरण गरियो । अर्को सगरमाथा क्षेत्रमा २७ हजार फिटबाट करिब तीन हजार फिट विमान खसेको छ जुन जीवनकै अविष्मरणीय क्षण हुन् ।”

टर्किस एयरलाइन्सले उप्रेती ट्रस्टलाई बिक्री गरेको डिजेवल एयरक्राफ्टमा बन्न लागेको सङ्ग्रहालयमा मुलुकभरका सबै माध्यमिक तहका विद्यार्थीले निःशुल्क प्रवेश पाउनेछन् ।

उप्रेतीका अनुसार अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो सङ्ग्रहालय सञ्चालन गरिनेछ । चार सय ४४ यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि हुनेछन् ।

विमानस्थलको रिमोट पार्किङ क्षेत्रमा राखिएको टर्किस विमानलाई प्राविधिकले डिस्मेन्टल (खोलखाल) गरी सिनामङ्गलकै जग्गामा सङ्ग्रहालय स्थापना गरिरहेका छन् ।

सङ्ग्रहालय निर्माणको सोच कसरी आयो भन्ने जिज्ञासामा उप्रेतीले भन्नुभयो– “म एक महिना उडेपछि अर्को एक महिना नयाँ देश र गन्तव्य घुम्छु, हालसम्म ८० बढी देश घुमिसकेँ, त्यहाँ गएपछि यस्ता नयाँ आइडिया आउँछ, यो त्यसको उपज हो ।”

उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा रु डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गर्नुभएको छ । कस्मिक एयरको ग्राउन्डेड विमानको उक्त म्युजियममा करिब तीन सय साना विमान राखिएका छन् ।

यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब रु छ करोड लाग्ने बताइएको छ, विमान खोल्न र जोड्न मात्रै हजाराँै डलर खर्चनुपरेको उप्रेतीको भनाइ छ । एक्लो व्यक्तिले सञ्चालन गर्न समस्या भएकाले क्यानसँगको साझेदारीमा सुरु गरिएको हो तर सबै लगानी उप्रेतीकै छ । टर्किस विमान विसं२०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।

उप्रेतीको उड्डयन करियर

विसं २०२० मा कैलालीमा जन्मनुभएका उप्रेतीको बाल्यकालमा इन्जिनियर बन्ने चाहना थियो । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गर्नुभएका उप्रेती २०५२ मा नेकोन एयरमा जागिरे भए ।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । उहाँसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुग्नुभयो । त्यसपछि उहाँले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गर्नुभो ।

सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गर्नुभयो । रासस

यमबुद्धकी पत्नी र बुबाको गुनासोः मिडियाबाट नचाहिँदो टर्चर भयो

माघ २२ गते- चर्चित र्यापर स्व. यमबुद्ध (अनिल अधिकारी) का परिवारले मिडियाले अनावश्यकरुपमा नचाहिने कुरालाई बढी उचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लण्डनमा आफ्नी श्रीमतीसँग रहँदै आएका यमबुद्धले गत महिना आत्महत्या गरेपछि उनी र उनको परिवारसँग जोडेर नचाहिँदो कुरालाई उचालिएको परिवारको गुनासो छ ।

यमबुद्धकी श्रीमती अस्मिता सेढार्इं गायब रहेको तथा उनको भावनामा ठेस पुर्याउने किसिमले मिडियाहरुले नचाहिँदो प्रचारबाजी गरेको यमबुद्धका बुबाले बताए ।

यमबुद्धको १३ दिने काजकिरियामा काठमाडौंस्थित घरमा स्वयं उनका काका कृष्ण अधिकारी र पत्नी अस्मिता पनि किरिया बसिरहेका छन् । पतिलाई गुमाउनुपर्दाको सोच्नै नसकिने पीडा आफूसँग रहेको अवस्थामा मिडिया र सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रियाले आफूहरुलाई निकै टर्चर पुगेको यमबुद्ध पत्नी अस्मिताले गुनासो गरिन् ।

यमबुद्धका काका कृष्णले पनि समाचार लेख्दा पत्रकारहरुले परिवारसँग नसोधि लेखिदिएको गुनासो गरे । मिडियामा अस्मिता बेपत्ता भनेर लेखिदिनाले आफूहरुको भावनामा झन् ठूलो ठेस लागेको भन्दै उनले अस्मिताले आफूसँगै घरमै किरिया बसिरहेको जानकारी दिए । अस्मिता यमबुद्धको शव काठमाडौं आइपुग्नुभन्दा अघिल्लो दिन नै लण्डनबाट नेपाल आएकी थिइन् ।

यस्तै, यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले पनि बुहारीका विषयमा प्रश्न उठाइएकोमा दुःख लागेको भन्दै सत्यतथ्य बुझेर मात्रै लेख्न मिडियालाई आग्रह गरे ।


यमबुद्धकी पत्नी र बुबाको गुनासोः मिडियाबाट नचाहिँदो टर्चर भयो

माघ २२ गते- चर्चित र्यापर स्व. यमबुद्ध (अनिल अधिकारी) का परिवारले मिडियाले अनावश्यकरुपमा नचाहिने कुरालाई बढी उचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लण्डनमा आफ्नी श्रीमतीसँग रहँदै आएका यमबुद्धले गत महिना आत्महत्या गरेपछि उनी र उनको परिवारसँग जोडेर नचाहिँदो कुरालाई उचालिएको परिवारको गुनासो छ ।

यमबुद्धकी श्रीमती अस्मिता सेढार्इं गायब रहेको तथा उनको भावनामा ठेस पुर्याउने किसिमले मिडियाहरुले नचाहिँदो प्रचारबाजी गरेको यमबुद्धका बुबाले बताए ।

यमबुद्धको १३ दिने काजकिरियामा काठमाडौंस्थित घरमा स्वयं उनका काका कृष्ण अधिकारी र पत्नी अस्मिता पनि किरिया बसिरहेका छन् । पतिलाई गुमाउनुपर्दाको सोच्नै नसकिने पीडा आफूसँग रहेको अवस्थामा मिडिया र सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रियाले आफूहरुलाई निकै टर्चर पुगेको यमबुद्ध पत्नी अस्मिताले गुनासो गरिन् ।

यमबुद्धका काका कृष्णले पनि समाचार लेख्दा पत्रकारहरुले परिवारसँग नसोधि लेखिदिएको गुनासो गरे । मिडियामा अस्मिता बेपत्ता भनेर लेखिदिनाले आफूहरुको भावनामा झन् ठूलो ठेस लागेको भन्दै उनले अस्मिताले आफूसँगै घरमै किरिया बसिरहेको जानकारी दिए । अस्मिता यमबुद्धको शव काठमाडौं आइपुग्नुभन्दा अघिल्लो दिन नै लण्डनबाट नेपाल आएकी थिइन् ।

यस्तै, यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले पनि बुहारीका विषयमा प्रश्न उठाइएकोमा दुःख लागेको भन्दै सत्यतथ्य बुझेर मात्रै लेख्न मिडियालाई आग्रह गरे ।

Friday, 3 February 2017

चीनले बनायो विश्वकै शक्तिशाली मिसाइल : एकैपटक दश परमाणु अस्त्र ध्वस्त बनाइदिने

एजेन्सी । अमेरिका र भारतले आफ्नो शक्ति देखाइरहेका बेला फेरि चीनले शक्तिशाली मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको छ । यसले एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने बताइएको छ । यसलाई चीनले परमाणु क्षमतामा आफूलाई शक्तिशाली बनाउँदै लगेको संकेतका रुपमा लिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु हुनुअघिदेखि नै चीनसँगको सम्बन्धमा आएको उतारचडावकाबीच गरेको यो परीक्षणलाई चीनको सम्भावित सैन्य क्षमता प्रदर्शनको तयारीका रुपमा लिइएको छ ।

चीनले मिसाइल डीएफ–५सी ‘टेन मल्टिबल इन्डिपेन्डेन्टली टारगेटेबल रिन्ट्री व्हिकल्स अर्थात एमआईआरबीका साथमा उडान परीक्षण गरेको अमेरिकी फ्रि बिकनको समाचारमा उल्लेख छ । अमेरिकी अधिकारीहरुले यस प्रकारको परीक्षणलाई कडा नजर राखेको जनाएका छन् ।

दश नक्कली मुख्यअस्त्रद्वारा लैस डांगफेंग–५सी मिसाइल साङ्सी प्रान्तको तैयुआन स्पेस लन्च सेन्टरमा लन्च गरेको र पश्चिम चीनको रेगिस्तानमा गएर खसेको जनाएको छ ।

यो मिसाइल अन्तरमहादेशीय व्यालिस्टक मिसाईल डीएफ–५ को नयाँ संस्करण भएको जनाइएको छ, जुन सन् १९८० को दशकको सुरुवातमा आएको थियो । पेन्टागनका प्रवक्ता गेरी रसले रक्षामन्त्रालयले चीनको सैन्य गतिविधिमाथि नियमित रुपमा नजर राखेको जनाएका छन् ।

‘यो कुरा त मैले भनेकै थिइन’

काठमाडौं, २२ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई ‘यू’टर्न गर्दै अभिव्यक्ति दिएको आरोप लाग्न थालेको छ ।

बालुवाटारमा शुक्रबार राति सम्पन्न प्रधानमन्त्री र मधेसी मोर्चाका नेताहरूबीच भएको वार्तामा प्रधानमन्त्री दाहालले ‘मधेस मोर्चा’को सहमति नहुँदासम्म चुनावको मिति घोषणा हुँदैन भनेर आश्वासन दिएको उच्च स्रोतले जनाएको छ । माओवादी केन्द्रका नेता मातृका यादवले पनि प्रधानमन्त्रीले सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने भन्दै मधेसको समस्या पहिला हल हुनुपर्ने बताए ।

यादवले भने, ‘सरकारले मधेसी मोर्चा र एमालेसँग पनि छलफल गर्नेछ । सबैलाई मिलाएर लैजाने बालुवाटार बैठकको सहमति छ ।’

बैठकमा प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रिपरिषदको बैठकमा मैले नबोलेको कुरा पत्रपत्रिकामा कसरी आयो ? म आश्चर्य चकित बनेको छु । मैले चुनाव गर्ने भनेको हुँ । स्थानीय तह वा निकाय यी दुबै शब्द उच्चारण गरेको थिइन् । तपाईहरू ढुक्क हुनुस् मधेसी मोर्चाले नमान्दासम्म चुनावको मिति घोषण हुँदैन ।’

मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले एमालेसँग पनि सहमतिको प्रयास भइरहेको बताएका थिए । तर, उनले कांग्रेसले चुनावको मिति घोषणा गर्न दबाब दिइरहेको घुमाउरो भाषामा मोर्चाका नेताहरू समक्ष असन्तुष्टि जनाएका थिए ।

‘कांग्रेसले चुनावको मिति छिटो घोषणा गरौँ भनिरहेको छ’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘एमाले र मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनु पर्छ भनेको छु । संविधान संशोधन भएपछि मात्रै चुनावको मिति घोषणा हुन्छ ।’

प्रधानमन्त्री दाहालले निर्वाचनको मिति घोषणाका विषयमा आफूसँग भएको सहमति विपरित अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेताहरू शसंकित बनेका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रचण्डजीको कुरामा कुनै भर छैन । उनले कांग्रेससँगको भद्र सहमतिलाई तोड्छन् कि भन्ने आशंका पनि उब्जिएको छ । अब चैतभित्र पनि चुनाव होला जस्तो छैन ।’

बैठकमा मधेसी मोर्चाका नेताहरूलाई प्रधानमन्त्री दाहालले लठ्ठै बनाउने गरेर लामै भाषण दिएको स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्रीज्यूले शुक्रबार रातिको बैठकमा मधेसी मोर्चाले मागेका कुराभन्दा पनि धेरै माग पूरा गर्ने आश्वासन पो दिनुभयो । उहाँले त हामीले सोँचेभन्दा पनि धेरै कुरा बोल्नुभयो । हामी त दङ्ग परेर आएका छौँ ।’

प्रधानमन्त्री दाहालले बालुवाटार बैठकमा मधेसी मोर्चाका शीर्ष र आफ्नो दल माओवादी केन्द्रका सीमित नेताहरूलाई बोलाएका थिए ।

दलाइ लामा आउने भएपछि भ्रमण रद्द


काठमाडौः भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् ।

कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेकी थिइन् । तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उनका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो ।

कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गरेका थिए । तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाएकी थिइन् ।

जसअनुसार कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो । सम्मेलनमा दलाइ लामा उपस्थित हुने जानकारी पाएपछि सम्मेलनमा पठाउन लागिएका कांग्रेसकी उषा गुरुङ, एमालेकी सुशीला नेपाल, माओवादी केन्द्रकी रूपा महर्जन, राप्रपाकी कान्ता भट्टराई, संघीय समाजवादी फोरमकी छायाँ पन्तलगायत सांसदलाई भ्रमण स्थगित भएको जानकारी संसद् सचिवालयले गराएको स्रोतले बतायो । फेब्रुअरी ८ तारिखदेखि उक्त सम्मेलन सुरु हुँदैछ ।

सम्मेलनमा विवाद उत्पन्न हुनसक्ने सम्भावना रहेकाले सांसदहरुलाई भ्रमणमा नपठाउने निर्णय ।
नेपाल एक चीन नीतिका पक्षमा रहेकाले दलाइ लामा उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदा छिमेकी मुलुक चीनले आपत्ति जनाउन सक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । ‘सम्मेलनमा सांसदहरू जाने तयारी भैसकेको थियो । तर विभिन्न स्रोतबाट बुझ्दा त्यो सम्मेलनबारे विवाद उत्पन्न हुनसक्ने सम्भावना रहेकाले सांसदहरूलाई भ्रमणमा नपठाउने निर्णय गरिएको हो’, सभामुख घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले अन्नपूर्णसँग भने ।

सभामुख घर्तीमगरले प्रमुख दलका प्रमुख सचेतकसँग सांसदहरूको भ्रमण स्थगित भएको जानकारी बुधबार गराएकी थिइन् । विघटित पहिलो संविधानसभाका बेला तत्कालीन फोरमका सांसद बीपी यादवको नेतृत्वमा रुक्मिणी चौधरीलगायत सांसदले दलाई लामाको आश्रममा गएर भेट गर्दा चीनले संसद् सचिवालयसँग पटकपटक चासो देखाएको थियो । तीमध्ये केही सांसद दोस्रो संविधानसभामा दोहोरिएपछि ‘उनीहरूको पद के हुन्छ’ भनी चिनियाँ प्रतिनिधिले तत्कालीन सभामुख सुवास नेम्बाङ र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसँग चासो व्यक्त गर्दै आएका थिए ।

यसअघि भारतकै गोवामा इन्डिया फाउन्डेसनद्वारा आयोजित सम्मेलनमा दलाइ लामाका प्रतिनिधि सहभागी कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भए/नभएको विषय पनि विवादमा परेको थियो । तर देउवाले भने उक्त कार्यक्रममा दलाइ लामाका प्रतिनिधिसँग आफूले भेट नगरेको दाबी गरेका थिए ।


सीके राउतका पाँच गलत आधारहरू

केही दिन यता डाक्टर सीके राउत फेरि चर्चामा छन् । उनी फेरि चर्चामा आउनुमा उनको नेपालबाट मधेस अलग्याउने वक्तव्य नै हो । सीके राउतले पहिले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता एकचोटी फेरि हेरें । सामान्यतया: विद्रोहको नारा लोकप्रिय बनाउन शोषित, उत्पीडितको सहारा नै लिने गरिन्छ । समाजमा जुनसुकै समयमा पनि शोषित, उत्पीडितहरू हुने गर्छन् । आफू उत्पीडित भएको ठान्ने असन्तुष्ट समूह जहिले पनि भेटिन्छन् । अमेरिकामा जस्तो आफैलाई प्रथम विश्व ठान्ने राष्ट्रमा समेत श्वेत नश्लवादीहरूले आफूमाथि आप्रवासीका कारण समस्या भएको भनेर ठान्नेहरू डोनाल्ड ट्रम्पको विजय गराएको सर्वविदितै छ । नत्र २१ औं शताब्दीमा मेक्सिकनहरूलाई अमेरिकाबाट निकाल्ने, मेक्सिकोको सीमामा पर्खाल लगाउने अथवा आप्रवासीलाई धपाउने लगायतका नाराले किन विजय पाउँथ्यो ?

हो, नेपालमा साच्चिकै उत्पीडितहरू छन्- ताप्लेजुङदेखि बाजुरासम्म छन् । त्यसै गरी तराईका जिल्लामा पनि उत्पीडित समुदायहरू छन् । तिनैलाई अनेक नारा दिएर विगतदेखि वर्तमानसम्म थुप्रै सिके राउतहरूले निहित स्वार्थ सिद्ध गरिरहेका छन् । आाखिर त्यही मधेसको राजनीति गरेरै कोइराला परिवार हालसम्म पनि सत्ताको केन्द्रमा छ । माओवादीले पनि मधेसी लगायतका जनताको उत्पीडनलाई नै भजाएर राजनीति गर्यो । एमाले पनि त्यस्तैखाले राजनीतिबाट उदाएको हो । मधेसी दलहरूले पनि त्यही उपाय अपनाए र अहिले सिके राउत पनि त्यस्तै गर्दैछन् । फरक के हो भने पहिले अधिकार मागिन्थ्यो, र अहिले प्रदेश र राज्य मागिँदैछ ।

यो लेखमा सीके राउतले आफ्नो धारणाको सार्थकता सिद्ध गर्न अपनाएका गलत आधारहरूलाई केलाउने प्रयास गरिएको छ:

१. इतिहासको गलत व्याख्या

सीके राउतले मधेसलाई स्वतन्त्र राज्यको रूपमा रहेको कुरा स्थापित गराउन गलत तथ्यको सहायता लिएका छन् । यसबारे खोजीनीति गरौँ । इमानसिंह चेमजोङको किराँतको इतिहास र संस्कृति नामक पुस्तकमा यस विषयमा धेरै उल्लेख छ । इसाको सातौँ शताब्दीमा सान मोक्वान जातिका सात सय परिवार दक्षिण चीनको युनान प्रान्त अन्तर्गतको मोक्वान क्षेत्रबाट मुङ मो रङको नेतृत्वमा बर्माहुँदै नेपालको तराई क्षेत्रमा बसोबास थाले । मोरङ (राजाको नामबाट), रंगोली (विराटनगर, राजाको दरबार भन्ने अर्थमा), मक्वानपुर (मुङ मो रङ का उत्तराधिकारी मोक्वान सान) आदि नाम त्यही बेलादेखि चलेको हो । त्यस बेला काठमाडौँमा श्रंङ चङ गम्पोको एक वर्षे शासन चलेको थियो भने मिथिला क्षेत्रमा पनि तिब्बती शासन थियो भनेर मिथिलाका शशिनाथ चौधरीले ‘मैथिली साहित्य’ नामक पुस्तकमा उल्लेख गरेका छन् । यसै कुरालाई विपि सिन्हाले मगध राज्यको अवसानमा समेत समर्थन गरेका छन् । राजा मुङ मो रङले पूर्वी किराँत र त्यस आसपासका क्षेत्रमा नियन्त्रण लिएर काठमाडौँ उपत्यकादेखि दुधकोशीसम्म खुम्बुवान, दूधकोशीदेखि मेचीको पश्चिमसम्म लिम्बुवान र मोरङ भनेर उनको अधीनमा रहेको सम्पूर्ण तराई क्षेत्रलाई नामाकरण गरी शासन गरे ।

यही किराँती भूमिलाई सीके राउतले पृथ्वीनारायण शाह पूर्वको मधेसीको स्वतन्त्र राज्य भनेर दाबी गरेका छन् । खासमा डा. राउतसंग आफ्नो इतिहास नै छैन । उनी अरू कसैको इतिहासलाई आफ्नो बनाएर त्यही गलत जगमा राजनीति गरिरहेका छन् । किनकि पृथ्वीनारायण शाहले गाभ्दा त्यहा बुद्धिकर्ण राईको शासन थियो । राईहरू कहिलेदेखि मधेसी भए ?

साङलाइङ वंशका किराँती राजा विजयनारायण राईले सन् १५८४ मा स्थापना गरेको विजयपुर लिम्बुवान र मोरङको राजधानीका रूपमा सन् १७७४ सम्म स्थापित थियो । सान मोक्वान वंशका (दक्षिण चीनको युनान प्रान्तबाट आएका) किराँती राजा लो हाङ सेनले सन् १६०९ त्यसमाथि कब्जा गरे । त्यही राज्यमा राजा कामदत्त सेनलाई मारेर उनका देवान वृद्धिकर्ण राईले १७६९ देखि १७७३ सम्मको सात वर्षे शासन चलाए । तत्पश्चात त्यो नेपाल अधिराज्यमा पृथ्वीनारायण शाहद्वारा गाभियो ।

यही किराँती भूमिलाई सिके राउतले पृथ्वीनारायण शाह पूर्वको मधेसीको स्वतन्त्र राज्य भनेर दाबी गरेका छन् । खासमा डा. राउतसंग आफ्नो इतिहास नै छैन । उनी अरू कसैको इतिहासलाई आफ्नो बनाएर त्यही गलत जगमा राजनीति गरिरहेका छन् । किनकि पृथ्वीनारायण शाहले गाभ्दा त्यहा बुद्धिकर्ण राईको शासन थियो । राईहरू कहिलेदेखि मधेसी भए ? राज्य बचाउन बुद्धिकर्ण राईले अङ्ग्रेजलाई गुहारेको र उनीहरूलाई राजश्वको प्रलोभन दिएर पृथ्वीनारायण शाह विरुद्ध भड्काएको कुरा इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहले चातुर्यका साथ बुद्धिकर्ण राईको हत्या गराएर विजयपुरको विद्रोह शान्त पारेका थिए । अङ्ग्रेजहरूलाई समेत बुद्धिकर्ण राईले कबोलेको कर आइन्दा नेपाल अधिराज्यले पनि निरन्तरता दिने भनी शान्त पारेका थिए । तिनै बुद्धिकर्ण राईको आत्मालाई बुढा सुब्बा भनेर अहिलेसम्म पूजा गरिन्छ । यो भूमिलाई अहिले आएर पृथ्वीनारायण शाहले खोसेको मधेसीको राज्य भन्नु न्यायसंगत हुँदैन । बरु त्यो भूभागको लागि किराँतीहरूले आवाज उठाउनु जायज हुन्छ ।

२. नश्लीय सोच

यहाँ बेलाबेला मधेसी, खस, किराँती भनेर जात र नश्लको कुरा गरिन्छ । खासमा पृथ्वीनारायणपूर्व जति बाहिरियाहरूले नेपालमा आक्रमण गरेर शासन चलाए उति सबैले त्यहाँ बस्दै आएकाहरूसंग मिसिनलाई विहेवारी चलाउनेदेखि आफ्नो जातमा मिसाउने, धर्म परिवर्तन गराउने लगायतका काममा लागेका थिए । स्थानीयसंग घुलमिल हुंदामात्र सत्ता टिक्ने स्वार्थका कारण उनीहरू त्यसो गर्न बाध्य थिए । त्यस क्रममा कति किराँती बने र पछिल्लो चरणमा हिन्दु बनाउने लहर पनि चल्यो । लिम्बु, लेप्चा, मगर, गुरुङ, तामाङ सबै फरकफरक जराबाट आए पनि सबैले अहिले आफूलाई किराँती मान्छन् । वास्तवमा किराँती भनेका सबैभन्दा पहिले मध्यपूर्वबाट आएर अफगानिस्तानदेखि बर्मासम्मको हिमाली श्रृंखला आसपास बस्ने जातिहरू थिए । तिनको चर्चा महाभारतदेखि बाइबलसम्म पाइन्छ । बाँकी जातिहरू त्यही किराँत जातिमा मिसिँदै अहिलेको किराँती समुदाय बनेको हो । खसहरू किराँती पछ्याउँदै नेपाल पसेका जाति हुन् । खस र आर्य भनेको एकै होइन । आर्यहरूले खसलाई असभ्य र तल्लो स्तरको मान्दथे भन्ने कुरा बद्रिदत्त पाण्डेको ‘कुमाउको इतिहास’ पुस्तकमा उल्लेख छ । भारतबाट विस्तारित आर्यहरूले पछि गएर हिन्दुत्वको प्रचारप्रसार गर्ने क्रममा थुप्रैको धर्म र जात परिवर्तन गराएको देखिन्छ । शाह वंशको थालनीको इतिहासले पनि त्यो कुरा बुझ्न मद्दत गर्दछ ।

लेखक

हिन्दूकरणकै अभियान अन्तर्गत कुलमण्डन खान (यहाँ खान भन्नाले चंगीज खान जस्तै मंगोलियन वा किराँती जात हो) लाई राजकाजको प्रलोभन देखाएर शाह बनाएको र उनकै पुस्ताले लमजुङ, गोर्खाहुँदै आधुनिक नेपालको एकिकरण गरेको देखिन्छ । त्यही हिन्दूकरण गर्ने बेलामा धेरै किरातीले धर्म परिवर्तन गरेको र आफूलाई उच्च जातिका रूपमा स्थापित गरे । त्यसैले बेलाबेला नेपालका शाह वंश मगरका सन्तान वा मगरहरू थिए भनेर बेलाबेला चर्चा हुने गर्दछ । यसरी हिन्दु भएकाहरूले गैरहिन्दूलाई तल्लो स्तरको मान्ने र भेदभाव गर्ने गरेको भनेर पनि चेमजोङले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

सबैको नश्ल पहिचान गरे पनि सिके राउतले मधेसीको नश्लचाही बताउन चुकेका छन् । मधेसी त भूगोलका आधारमा भएको वर्गीकरण हो । इतिहासका आधारमै पनि भन्ने हो भने मोरङ राज्य अन्तर्गत किराँतीसमेत निकै पहिलेदेखि तराईमा बसोबास गर्दथे । पश्चिम तराईको कुरा गर्ने हो भने त्यहाँ थारूहरूको बाहुल्य पाइन्छ । थारू समुदाय आफूलाई मधेसी भन्दा सांस्कृतिक, भाषिक र ऐतिहासिक हिसाबले भिन्न ठान्छन् । उनीहरूलाई मधेसका नाममा आफ्नो पहिचान ओझेलमा पर्ने चिन्ता छ । त्यसै गरी मधेसमा बस्दै आएका खस–आर्य मूलकलाई त राउतले मधेसीका शत्रु नै मान्छन् ।

यस परिप्रेक्षमा मधेसी को हुन् ? उनीहरूको नश्ल र मूल कहाँ को हो ? यति हुँदाहुँदै पनि देशको आधा जनसङ्ख्या मधेसीको छ भन्दा थारू, खस–आर्य, किराँती आदि सबैलाई गणना गर्न चाही पछि पर्दैनन् । मुद्दा बलियो बनाउन टाउको गन्ने तर तिनको टाउको देखाएर अधिकार चाही आफ्ना विशेष नश्लका लागि माग्ने काम राउतजस्ता नेताहरूले बारम्बार गरिरहेका छन् । नत्र आफू माथिको सांस्कृतिक दमन गरेको भनेर आरोप लगाउनेले अर्काको संस्कृतिको सम्मान र पहिचान गरेको खै ?

३. विकास नहुनुको कारणको अपव्याख्या

राउतले मधेसी विरुद्धको विभेदको कुरा गरेका छन् । मधेसमा विकास नहुनुको कारण मधेसीमाथिको विभेद भएको उनको तर्क छ । यो तर्क मधेसकेन्द्रित राजनीति गर्ने धेरै नेताको छ । मधेसमा विभेद नभएको होइन । त्यहाँ विभेद छ, तर त्यसको सारा दोष ‘खस–आर्य’माथि थुपार्नु गलत हुन्छ । हालसालै तराईका जिल्लाहरू समेत समावेश गरेर गरिएको एक अध्ययनमा सबैभन्दा गरिब जिल्ला बाजुरा र त्यसपछिका जिल्लाहरूमा कर्णालीका देखिएका छन् ।

ती जिल्ला पहिले डोटी र जुम्ला जस्ता शक्तिशाली खस राज्यको मातहत थिए । जुम्लाको सिंजाबाट नै नेपाली भाषाको उत्पत्ति भएको मानिन्छ । जुन भाषा मधेसमा लादेको भनिएको छ, त्यो भाषाका मूलभाषीको समाज अविकास र दुर्गमताको पर्याय बनेको छ । जुम्ला त्यो जिल्ला हो जो २०६३ सालको अन्त्यमा आएर मात्रै सडक सञ्जालले जोडिएको थियो ।

वास्तवमा किराँती भनेका सबैभन्दा पहिले मध्यपूर्वबाट आएर अफगानिस्तानदेखि बर्मासम्मको हिमाली श्रृंखला आसपास बस्ने जातिहरू थिए । तिनको चर्चा महाभारतदेखि बाइबलसम्म पाइन्छ ।

यो अवस्थामा खस–आर्यले भाषा लादे या अन्यलाई विभेद गरे भन्नु उचित हुँदैन । यो कुनै जातिविशेषको अर्को जाति माथिको विभेदको कारणले मात्रै भएको अविकास नभएर केन्द्रिकृत सत्ता संरचनाको कारणले भएको हो । एकीकरण ताका पुराना शासन प्रणालीहरू भत्काइए तर प्रभावकारी नयाँ शासन प्रणालीको विकास हुन पाएन । भौगोलिक विकटता लगायतका कारणले विकास हुन नसकेपछि अलिकति सम्पन्न हुने बित्तिकै सदरमुकाम जाने, अझै बढी भए तराई झर्ने र त्योभन्दा बढी भए काठमाडौँ बसाइ सर्ने क्रमले दुर्गम ठाउँमा निजी क्षेत्रबाट सम्भव हुने विकास समेत हुन सकेन । राजश्वको समानुपातिक र न्यायोचित वितरण नहुनुले दुर्गम जिल्ला दुर्गम नै रहे र केन्द्रहरूमा मात्रै धेरथोर विकास हुन थाल्यो ।

४. समुदाय भित्रकै विभेदलाई ढाकछोप

राउतले मधेसको विकासको चाबी स्वतन्त्र राज्य भएको भनेर भन्दा त्यहाको आन्तरिक विभेदहरू खाली लक्षण मात्रै भएको भनेर भनेका छन् । यो कुराको सत्यता जाच्न एउटा उदाहरण प्रस्तुत गर्नु उपयुक्त हुनेछ । एउटा टेलिभिजन कार्यक्रममा सिराहा जिल्लाको नैनपुरका दीपक मल्लिकलाई इनार छुनबाट सारा गाउँलले रोकेको र त्यसका अलावा पनि त्यस जिल्लामा थुप्रै जातीय विभेदका घटना भएको भनी देखाइएको थियो । भन्नलाई सरकारी नीति दोषी भनिए पनि त्यहाँ मल्लिकलाई इनार छुनबाट छेक्ने सरकार थिएन । त्यस्तै मधेसी विद्यार्थीहरू सहरमा कोठा लिएर बस्न जाने क्रममा कोठा पाउन समेत मुस्किल हुने गरेको त्यहा भनिएको थियो । त्यो पनि सरकारले नभएर स्थानीय मधेसी उच्चजातका मानिसहरूबाटै भएको विभेदको परिणाम थियो । एक जना दलित युवकले योग्यता हुँदाहुँदै पनि शिक्षक अथवा पियनको जागिर पाउन नसक्नुका पछाडि कथित उच्च जातका मानिसले आफ्ना छोराछोरीलाई दलितको हातबाट कुटाई खाएको देख्न नसक्नु नै हो । त्यस्तै कार्यालयका अन्य कर्मचारी दलितको हातको चिया, खाजा खान मान्दैनन् । यो सबै विभेदको कारक सरकारलाई मान्नु र छुट्टै राज्यले यसको हल गर्छ भन्नुले सिके राउतको पूर्वाग्रही सोच मात्रै हो ।

५. नाच्न नजान्ने आँगन टेढो

भनिन्छ जो मान्छेसंग सीप र क्षमता छैन, काम गर्ने जाँगर छैन त्यसले आफूबाहेक सबैमा कमी देख्छ र आफ्नो असफलता र असक्षमताको सारा दोष अरूमाथि थोपर्छ । सिके राउतका बोलीले पनि त्यस्तै कथनलाई चरितार्थ गरेको छ । साझा सवालकै एक अर्काे कार्यक्रममा सप्तरी जिल्लाको विकासका बारेमा सामग्री प्रस्तुत गरिएको थियो । मधेसी नेता राजेन्द्र महतो पनि त्यसमा सहभागी थिए । उनको र राउतको बोली ठ्याक्कै मिलेको थियो । हरेक कुरामा राज्यलाई दोष दिन उनी पछि परेका थिएनन् ।

आफूले नागरिकता प्राप्त गरिसकेपछि बाबुलाई नागरिकता दिलाउने र आवाज उठ्दा माओवादीका नाममा प्रशासनमा आगो लगाएर प्रमाण नष्ट पार्ने आरोप लाग्ने गरेका राजेन्द्र महतोले पनि सप्तरीका १६ जना सांसदको संसदीय क्षेत्र विकास कोषको करिब २५ करोड रुपैयाँ कहाँ जान्छ भन्ने प्रश्नको उत्तर दिन सकेनन् । मधेसका शुभचिन्तक ती १६ जना माननीय सांसदले वार्षिक २५ करोड रुपैयाँ किन मधेसको विकास गर्न खर्च गरेनन् ? आम मधेसीले बुझ्न जरुरी छ । यी मधेसी नेताहरूले ध्यान नदिएको मोहरी नदीको सुलिसगेट मर्मत गर्ने काममा सरकारले छुट्याएको १२ लाख रुपैयाँको अपचलनका बारेमा सोध्दा समेत निर्लज्ज भएर अनभिज्ञता जनाउछन् । त्यो जिम्मा पनि सरकारकै थाप्लामा राख्छन् । अनि २५ करोडबाट २५ लाख मात्रै खर्च गर्दा पनि हजारौँ घर डुबानबाट बच्ने हुँदाहुँदै पनि त्यसो किन गर्न सकिएन भन्दा हाकाहाकी कार्यकर्ता पाल्न खर्च गरिएको हुनुपर्छ भनेर अड्कलबाजी मात्रै गर्छन्, ठोस कुरा बाहिर आउँदैन ।

मधेसको माग स्वतन्त्र राज्य भनेर बोली रहँदा मधेसी महिला भने रक्सी खाएर आफूलाई कुट्ने पतिलाई तह लगाउन प्रहरी प्रशासनले घरेलु मदिराको विक्रीवितरणमा रोक लगाए पुग्ने बताउँछन् । त्यस्तै शौचालय निर्माणमा सरकारी सहयोग मिले जनजीवन केही सहज हुने कुरा उठाउँछन् । हुलाकी सडकको निर्माण चाडो होस् भन्ने आकाङ्क्षा राख्छन् ।

यस्ता सामान्य माग भएको समाजलाई विखण्डनकारीका रूपमा उभ्याएर सिके राउत जस्ता स्वघोषित मधेसी ठेकेदारले जातीय विद्वेष बढाउने काम मात्रै गरिरहेका छन् । कार्यक्रममा मधेसमाथि विभेद भएको सिद्ध गर्न सरकारले ९० प्रतिशत राजस्व मधेसबाट उठाउने भए पनि १० प्रतिशत मात्रे बजेट मधेसका लागि विनियोजन गर्ने भनेर गलत तथ्याङ्क दिएर जनतालाई भ्रमित पारिरहँदा विद्या चापागाईंले सरकारी कागजमा ३७ प्रतिशत देखिन्छ भनेको आवाज सुन्नै नचाहने राजेन्द्र महतो अर्का अवसरवादी हुन् । काठमाडौँमा महल ठड्याएर मधेसीको सच्चा प्रतिनिधि भन्ने महतो जस्तै नेताहरूको कारण मधेस पिछडिएको हो । नत्र तिनका घरसम्मै जानका लागि पनि सडक बन्ने थिए, अन्य सेवा सुविधा पनि थपिने थिए ।

माथिका पाँच आधारअनुसार हेर्ने हो भने पीडित एक्लो मधेस मात्रै छैन, देशका अन्य कुनाकाप्चामा पनि विकासको किरण पस्न बाँकी छ । पीडक कुनै निश्चित जात र वर्गका मानिस मात्रै होइनन्, बरु सिंहको खोल ओडेका तिनै समाज भित्रका ब्वाँसा हुन् । हालको नेपाली संस्कृतिको विकासका क्रममा धेरै जातजातिका सांस्कृतिक कुराहरू आदानप्रदान भएका छन् । किराँती राजा बलिहाङले चलाएको देउसी–भैलो खस–आर्यले समेत गाउँछन्, तराईको होलीमा पहाडी पनि रमाउछन् । छठमा मधेसीले सूर्य पूजन गरिरहँदा सुदूरपश्चिममा जात्राहरू मनाइन्छन् । जानकीलाई सबैले मान्छन । भृकुटी, इमानसिं चेमजोङ, पासाङ ल्हामु, जय पृथ्वीबहादुर, आदि सबैका साझा राष्ट्रिय विभुती हुन् ।

इतिहास बन्ने क्रममा कमिकमजोरी भए होलान् । त्यसको फरक कोणबाट विवेचना गरेर सबैले गौरव गर्ने खालको इतिहास निर्माण आजको आवश्यकता हो । गलत भएका काम पनि जोगाएर भावी पुस्तालाई पाठ साबित हुने गरी राखियोस् । अझै पनि नाजी जर्मनीका पालामा बनेका बन्दी गृहहरू जोगाइएर राखिएको छ ताकि भावी पुस्ताले इतिहास दोहोर्याउने गल्ती नगरोस् । सामानुपातिक निर्वाचन प्रणाली, आरक्षण, सङ्घीयता, लगायतका माध्यमबाट सुनौलो भविष्य सुनिश्चित गर्ने प्रयास भइरहँदा सबैले साथ दिनु जरुरी छ । अपरिवर्तनीय बुँदा केही पनि नभएको संविधान समयसंगै परिमार्जित गरेर लैजानु कुनै कठिन कुरा होइन । बरु मतभेदहरू बढाएर शत्रुलाई फाइदा लिने अवसर थपिदिंदा भोलि देश नै नरहने स्थिति आयो भने कसलाई फाइदा पुग्ला । सिक्किम विलय भएको इतिहास छेवैमा रहँदा, नाटकीय पाराले क्रिमिया रुसमा गाभिएको बेला स्वतन्त्र मधेस दिगो हुन्छ भन्ने तर्क वाहियात र प्रायोजित तर्क मात्रै हो । जनमत सङ्ग्रह त क्रिमियामा पनि भएकै हो । जनमत सङ्ग्रहका परिणाम सधैँ सही हुन्छन् भन्ने पनि छैन । देश रह्यो भने कानुन त भोलि पनि बदलिएला, तर देशै नरहे के गर्ने ? जय देश !

Thursday, 2 February 2017

एक गोर्खा सैनिक जसले अाफुलार्इ अपहरण गर्ने आइएसआइका तीन लडाकूलाई गोर्खाली खुकुरीले छप्काए

लण्डन । एक विशेष वायु सेवा (एसएएस)का गोर्खा सैनिकले आफूलाई अपहरण गर्न खोज्ने आइएसआइएसका तीन लडाकूलाई खुकुरीले आक्रमण गरी हत्या गरेका छन् । एसएएसका सैनिकहरु धेरैवर्षदेखि इराकमा तैनाथ गरिँदै आएको छ । उनीहरुले आतंकवादी संगठनमा आबद्ध जिहादीहरुलाई मार्ने र आइएसआइएस विरुद्ध लड्ने कुनै पनि शक्तिलाई सहयोग गर्ने गर्दछ ।जुन महिनाको सुरुमा निस्किएको एक रिपोर्ट अनुसार एक एसएएस स्निपरले कार बम हमला गर्न खोज्ने दुईजनालाई एउटै गोलीले मारेको थियो । यस्तैमा डेली स्टारको एक रिपोर्ट अनुसार, एसएएस र इराकी समूह फालुजास्थित बम बिस्फोट भएको कारखानामा उनीहरुको हराइरहेको एक सैनिकको खोजीमा पसे । तर त्यो समूहमाथि आइएसका लडाकूले एम्बुस राखेका थिए जसमा थुप्रै इराकी सैनिकको मृत्यु भयो भने चारजना सख्त घाइते भए । घाइते सैनिकलाई सुरक्षित स्थानमा पुर्याउनको लागि तानिरहेका बेला एसएएसका ती सैनिकले शत्रुलाई गोली हानिरहेका थिए ।



जब उनीसँग भएका सबै गोली सिद्धिए तब आइएसका सैनिकले उनलाई जिउँदै समात्न खोजे । समात्न खोज्दा २७ वर्षीय ती व्यक्तिले आफूसँग बाँकी भएको एउटै हतियार, खुकुरी निकालेर आक्रमण गर्न थाले । उनलाई त्यो खुकुरी ब्रिटीश गुर्खाका एक सैनिकले उपहारस्वरुप दिएका थिए । एक वरिष्ठ रक्षा स्रोतका अनुसार, ‘जब उनीसँग भएको गोली बारुद सबै सिद्धियो तब उनलाई आइएसका बन्दुकधारीले ज्यूँदै समात्न खोजे । उनलाई समात्न जब आइएसआइका सैनिक उनी नजिक गए तब उनले आफ्नो खुकुरी निकालेर छप्काउन थाले ।



‘उनले पहिलो बन्दुकधारीको टाउको काटे, दोस्रोको घाँटी रेटे र तेस्रो प्रहारले अर्कोको हत्या गरे । त्यसपछि उनले अरु तीनजनामाथि पनि आक्रमण गरे ।’ घाइते आइएसका बन्दुकधारीहरु आत्तिदैं त्यहाँबाट भागे । त्यसपछि ती एसएएस सैनिक आफ्ना घाइते साथीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको स्रोतको भनाई छ । ‘उनले आफू त्यहाँ मारिने र जतिसक्दो दुश्मनलाई आफूसँगै लिएर जाने उनले सोचेका थिए ।’ ‘पछि जब उनले आफ्ना इराकी सैनिकहरुलाई भेटे तब उनलाई धेरै नै चोट लागेको अनुमान गरियो किनभने उनी रगतै रगतले ढाकिएका थिए ।



तर उनले त्यो रगत आफ्नो नभएको बताए ।’ ‘उनले आफ्नो खुकुरी सफा गरे, केही गोली बारुद लिए र अर्को इराकी समूहको नेतृत्व गर्दै पुनः युद्ध गर्न हिँडे ।’ अब ती सेना अधिकारीले इराकी आर्मीबाट बहादुरीको अवार्ड पाउने अनुमान गरिएको छ । डेली स्टार सन्डेले बताए अनुसार ती एसएएस सैनिकले आफ्नो खुकुरी इराक, अफगानिस्तान र लिबियाको लडाईं मिसनमा पनि लिएर गएका थिए तर यो खुकुरीको प्रयोग पहिलो पटक यहाँ नै भएको हो ।स्रोत : डेली स्टार

अंगीकृतलाई मुलुकको चिन्ता !

काठमाडौं, २० माघ । अंगीकृतका अगुवा राजेन्द्र महतोले भनेका छन्– मुलुक बचाउने संविधान संशोधन र कार्यान्वयन हुन जरुरी छ ।newsabhiyan

प्रमुख तीन दल संविधान असफल पार्न खोजिरहेका छन्, संविधान असफल भए मुलुक जेगिन्न ।

किन जेगिन्न, महतोले स्पष्ट पारेनन् । तर मधेस देश बन्छ भन्न खोजेका हुन् उनले ।

 सरकारले मधेस देश बनाउने बिखण्डन वादीहरुलाई साथ दिएको र कुनै कारवाही नगरेकाले महतोले यसरी मच्ची मच्ची बोल्ने साहस गरेका हुन् ।

अन्यथा यस्ता केही अंगीकृतले ब्लुब्लडेड नेपालीलाई चेतावनी दिने हिम्मत गर्ने थिएनन् । महतो भन्छन्-हामी फेल भयौं भने मुलुक जोगाउन सकिदैन ।

मधेशका नेताहरु सकिउँला, मोर्चा समाप्त होला । तर, मधेश त सकिदैन ।


हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

काठमाडौं, माघ २१ । नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् ।

सेनालाई व्यावसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरुयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् ।
नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
सैन्य सामाग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ । नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामाग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ । –नागरिक दैनिकबाट

नेपाल प्रहरीमा खुल्यो अवसर, एकैपटक २,६७८ जवान पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं २० माघ । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ ।  प्रहरी प्रधान कार्यालयले जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि बिहीबार दरखास्त आह्वान गरेको हो ।
आगामी फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी हेड्क्वार्टरले आह्वान गरेको भर्ना सम्वन्धी सुचना अनुसार खुल्ला तर्फ ८८७ जना, अमर प्रहरीतर्फ ३३ जना, आदिवासी जनजाती तर्फ २३२ जना, मधेशी २०३ जना, महिला १४५ जना, दलित १०८ जना तथा पिछडाक्षेत्रबाट ३७ जनाको कोटा छ्टुयाईएको छ ।
त्यस्तै प्राविधीकतर्फ पनि समानुपातीक समावेशी प्रावधान अनुसार दरखास्त आह्वान गरिएको छ । प्राविधिक समुहको सञ्चारतर्फ सवैभन्दा धेरै ७१८ जना प्रहरी जवान मागिएको छ ।
मेकानिकल ईन्जिनीयरीङ तथा सवारीतर्फ ९६ जना, मेकानिकल विपत ब्यवस्थापन तर्फ १८ जना, स्वास्थ्यतर्फ २५ जना, संगित तर्फ ६१ जना, आवास तथा भौतिक ईन्जिनीयरिङ्ग तर्फ २२ जना, सुचना प्रविधी कम्युटर तर्फ १७ जना, कुकुर स्कुलमा ५३ जना, विधी विज्ञानमा १८ जना तथा हातहतियारतर्फ ५ जनाको लागी अवेदन आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई २३ बर्ष ननाघेका ईच्छुक उम्मेद्वारले दरखास्त फारम भर्न सक्नेछन् । त्यस्तै श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ (संसोधित) को नियम ४० बमोजिम २५ बर्ष ननाघेका उम्मेद्वारले दरखास्त दिन पाउनेछन् ।
महानगरीय प्रहरी परिसरहरु काठमाडौं, लतिलपुर, भक्तपुर, पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम प्रहरी तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तामिल केन्द्र नेपालगञ्ज, सुदुर पश्चिम क्षेत्रीय तालिम केन्द्र दिपायल तथा सवै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम भरेर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।