Saturday 4 February 2017

अचम्म नमान्नुहोस् र जान्नुहोस्, सगरमाथाको १० थरी उचाइ...


माघ २३/ काठमाडौं – सगरमाथाको उचाई कति ? सवैले मानेको उचाई हो, ८८४८ मिटर । तर, सगरमाथाको उचाइको विषयलाई लिएर एकमत छैन् । बरु १० वटा संस्था वा व्यक्तिले भिन्दाभिन्दै समयमा गरेको नापीमा सगरमाथाको उचाई १० थरी देखाइएको छ ।
आइतवार प्रकाशित नेपाल म्यागजिनको रिपोर्टमा सगरमाथाको भिन्दाभिन्दै उचाइवारे रिपोर्ट प्रकाशित गरिएको छ । रिपोर्टका अनुसार, सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भारतीय टोली आउने भएपनि नेपालीपक्ष सुचना विहिन भएको पनि उल्लेख छ । यो समाचार पत्रिका मार्फत रातोपाटीले उद्धृत गरेको हो ।
सर्वे अफ इन्डियाका सर जर्ज एभरेष्ठ, राधानाथ सिकन्दर र जेतवीर बुढाथोकीका अनुसार ८८४०.०७ मिटर छ, जुन सन्् १८५२ को नापी हो ।
सर्वे अफ इन्डियाका सर बर्राडको सन् १९०७ को नापी अनुसार सगरमाथाको उचाई ८८८३.३६ मीटर छ ।
सर्वे अफ इन्डियाका डी ग्राफ हन्टरको नापी अनुसार ८८६३.८५ मिटर उचाई छ, यो सन् १९७२ को नापी अनुसार हो ।
सर्वे अफ इन्डियाका बीएल गलाँटीको सन् १९५४ को नामी अनुसार सगरमाथाको उचाई ८८४८ मिटर छ ।
चीनका बाङ वाङचुकको सन् १९७५ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.१३ मिटर छ ।
इटालीका मिलन यूनिभर्सिटीका प्राध्यपक ए देसिओको सन् १९८७ को नापी अनुसार सगरमाथाको उचाई ८८७२ मिटर छ ।
इटालीका मिलन यूनिभर्सिटीका प्राध्यपक ए देसिओकै सन् १९९३ को नापी अनुसार सगरमाथाको उचाई ८८४६ मिटर छ ।
अमेरिकाको नेशनल जिओग्राफिक सोसाइटीका ब्राडफोर्ड बासवर्नको सन् १९९९ को नापी अनुसार सगरमाथाको उचाई ८८५० मिटर छ ।
चीनको व्यूरो अफ सर्वेइङ एन्ड म्यापिङका बाई चेन र छेन वाङ झको सन् २००५ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.४३ मिटर छ ।
र, डेनमार्कको नेशनल स्पेश इन्स्टिच्यूटका रेने फर्सबर्गको सन्् २०११ को नापी अनुसार सगरमाथाको उचाई ८८४८.९० मिटर छ ।
पत्रिकाले डेनमार्कको कोपनहेगनबाट सन् २०१ मा प्रकाशित पुस्तक मेकिङ इन्टरनेशनल बाउन्ड्रिजको सूचनालाई उद्धृत गर्दै समाचार बनाएको छ ।
समाचारमा दुई बर्ष पहिला भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नाप्ने योजनासहित अर्थ मन्त्रालयमा एक करोड रुपैयाँ मागेको तर, अर्थ मन्त्रालयले ‘अनुत्पादक क्षेत्रमा खर्च गर्न नसकिने’ भन्दै बजेट नदिएको पनि समाचारमा उल्लेख छ । सगरमाथाले विदेशी आरोहीबाट बार्षिक ३० करोड कमाउने गरेको , त्यो पनि विना लगानी, तर सरकार उचाइ नाप्ने पैसा दिनपनि उदाशीन देखिएको समाचारमा छ ।
नापी विभागका पूर्व महानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेका छन्, ‘नपालले अव चीन र भारतका वैज्ञानिकलाई समेत सहभागी गराएर सगरमाथाको उचाइ आफै नाप्नुपर्छ ।’साभार रातोपाटी


No comments:

Post a Comment