अमेरिकामा आमाको कुटाइले चार वर्षीया बालिकाको मृत्यु भएको छ । मेरिल्याण्डकी गेथर्सबर्गकी आइरिस हर्नानदेज रिवाज (२०) छोरीले ब्रस नगरेकोमा रुष्ट थिइन् ।
रिसमा उनले पहिले छोरी नोहलेलाई पेटीले हानिन् र जमिनमा पछारिने गरि लात्ताले हानिन् । कुटाइका कारण अर्धचेत भएकी उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो जहाँ उनको मृत्यु भयो ।
छोरी अर्धचेत भएको खबर आइरिसले पुलिसलाई दिएकी थिइन् । उनले छोरी नुहाउनका लागि पहिले बाथरुममा छिरेको र त्यसको १५ मिनेटपछि बाथटबबाट खसेको बताइन् । त्यसको एक घण्टापछि उनले इमर्जेन्सी सर्भिसका लागि ९११ मा फोन गरिन् त्यसपछि छोरीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो ।
डाक्टरका अनुसार नोहलेको शरिररमा थुप्रै घाउ र टाउको पनि चोटको गहिरो निशाना थियो । उनलाई वासिङ्टन डिसीको चिल्ड्रेन नेशनल मेडिकल सेन्टरमा पुर्याइयो जहाँ उनको मृत्यु भयो ।
आमाले स्विकारिन् अपराधः
– पुलिसका अनुसार आइरिसले पहिले छोरीलाई कुटेको कुरा लुकाइन् । तर कडा सोधपुछपछि छोरीले ब्रस गर्न अस्किार गरेपछि उनले नोहलेको पेटमा लात्ताले हानेको स्विकारिन् ।
– मिडिया रिपोर्टका अनुसार लात्ता हानेपछि छोरीको टाउको ढोकामा ठोक्किएका कारण उनी भुँइमा पछारिएकी हुन् ।
– आइरिसले पुलिसलाई बताए अनुसार लात्तामा हानुभन्दा पहिले उनले छोरीलाई पेटीले पनि हानेको र उनको शरिरमा त्यसैको निशाना हो ।
– पुलिसले आमाविरुद्ध ‘फर्स्ट डिग्रीको चाइल्ड एब्युज’ र ‘असल्ट’को मुद्दा दर्ता गरेको छ । एजेन्सी
Tuesday, 7 February 2017
आमाको पिटाईले ४ वर्षीयाको मृत्यु, छोरीले ब्रस नगरेका कारण रुष्ट...
आकर्षक महिला भएको देशः जहाँ दुलही खोज्न संसारभरीका मानिस आउँछन्
हुन त रुसको पहिचान यहाँको थुप्रै इलाकामा रगत जमाइदिने चिसोको रुपमा हुन्छ । तर यसको अर्को पहिचान आकर्षक महिला पनि हुन् । तपाईंलाई अचम्म लाग्ला यसै कारण यहाँ संसारभरीबाट पुरुष दुलहीको खोजीमा पनि जान्छन् । विशेषगरी यहाँ चीनका धेरै युवा पुग्ने गर्दछन् ।
– चीनमा लामो समयदेखि सरकारले एक सन्तानको नीति ल्याएको छ ।
– जसका कारण यहाँ महिलाको संख्यामा निकै कमी आएको छ ।
– चीनियाँ पुरुषले विवाहको लागि यहाँ महिला नै पाउन छोडेको बताइएको छ । जसका कारण दुलहीको खोजीमा चीनियाँ युवक अर्को देश धाउन बाध्य छन् ।
– चीनियाँ पुरुषहरु यसका लागि साइबेरिया नै जान्छन् किनभने यहाँका महिलाहरु निकै आकर्षक हुन्छन् ।
– सुन्दा अचम्म लाग्छ तर वास्तविकता हो, रुसमा त यो अब व्यवसाय नै भएको छ । जसलाई ‘वाइफ टुरिजम’ भनिन्छ ।
– यसका साथै यसको अर्को कारण यो पनि हो कि रुसमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक छ ।
दुलहीलाई मन पराउनु सजिलो छैनः
– यहाँ यस्ता थुप्रै कानूनी मान्यताप्राप्त ‘म्यारिज एजेन्सी’ छन् जो पुरुषले चाहेको महिलासँग भेटाउने काम गर्दछ ।
– रिपोर्टका अनुसार यहाँ ठूल्ठूला व्यापारी पनि राम्री दुलहीको खोजीमा पुग्ने गर्दछन् ।
– यसका लागि म्यारिज एजेन्सीलाई लाखौं रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
– रसियाली महिला आफ्नै देशका पुरुषसँग विवाह गर्न चाहने भएकाले अन्य देशका पुरुषले यसको लागि धेरै मेहनत गर्नुपर्छ ।
– वास्तवमा रसिया निकै चिसो देश हो । रसियाको ठूलो प्रान्त साइबेरियाका महिलाहरु गर्मी ठाउँमा विवाह गरेर जान त्यति रुचाउँदैनन् ।
– हुन त रुसको केही म्यारिज एजेन्सीलाई मान्ने हो भने यहाँका सयौं महिला अहिलेसम्म बाहिरी पुरुषसँग विवाह गरेर आफ्नो घर बसाइसकेका छन् ।
– यतिमात्र होइन, म्यारिज एजेन्सीले महिलालाई प्रभावित गर्नका लागि टिप्स पनि दिन्छन् ।
– महिला र पुरुष यदि एक–अर्कालाई मन पराउँछन् भने विवाहका लागि सबैभन्दा पहिले रुसको कानून अनुसार विवाह गर्नुपर्छ ।रातोपाटीको सहयोगमा
Monday, 6 February 2017
युएईमा नर्सको कमाइ ५ लाख रुपैयाँसम्म
युएई – खाडीका विभिन्न देशहरुमध्ये नेपाली कामदारका लागि राम्रो मानिने युएईमा नेपाली नर्सले ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । विगत ६ वर्षदेखि युएईमा नर्सिङ पेशा अपनाइरहेकी काठमाडौंकी सुर्या लक्ष्मी मानन्धरले यहाँका सरकारी अस्पतालमा नर्सका लागि राम्रो अवसर रहेको बताइन् ।
उनका अनुसार यहाँका अस्पतालमा काम गर्नका लागि दुबई हेल्थ अथोरिटी वा अवुधावीमा भए त्यहाँको यस्तै संयन्त्रको लाइसेन्स लिनुपर्छ । जुन अनलाइन फर्म भरेर नेपालबाटै दिन मिल्ने उनले बताएकी छिन् ।
नर्सले रसिजष्ट्रेसनका लागि फर्म भने ब्याचुलर लेभलको नर्सिङ गरेर कम्तिमा एक वर्ष नेपालकै अस्पतालमा काम गरेको अनुभव हुनुपर्छ । युएईमा धेरै एजेन्सीले राम्रो अवसर भनेर होम नर्सिङमा पठाउने भएकाले सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘होम नर्सिङका लागि लाइसेन्स चाहिँदैन । तर, त्यहाँ त्यति राम्रो हुँदैन ।’
भर्खरै पनि केही एजेन्सीले दुबईका अस्पतालका लागि नर्स चाहिएको भनेर बिज्ञापन गरेको र आफूले बुझ्दा त्यस्तो नरहेको बताइन् । उनले भनिन्, ‘कति दिदिबहिनी नबुझेर आउने भएकाले दुःख पाएको कुरा बेला–बेला सुनिन्छ ।’
दुबईका अस्पतालमा काम गर्दा नर्सले १ लाख २० हजारदेखि ५ लाखसम्म पारिश्रमिक पाउने उनले जानकारी दिइन् ।स्वास्थ्य खबरपत्रिकाको सहयोगमा
हलिउड गायिका माइलीले गरिन् लक्ष्मी पूजाः हलुवा बनाइन्, फलफूल चढाइन्...
माइलीले हिन्दु धर्म अपनाएको खबर सबैभन्दा पहिले सन् २०१२ मा सार्वजनिक भएको थियो । माइलीले आफ्नो बायाँ काँधमा ‘ॐ’ को ट्याटु बनाएकी थिइन् ।
को हुन् माइली साइरस ?
पप गायिका र लेखिका माइली साइरसको जन्म सन् १९९२ को २३ नोभेम्बरमा अमेरिकाको फ्रेंकलिनमा भयो ।
– २५ वर्षीया माइलीले डिज्नी च्यानल सिरिज हेना मोन्टानामा मुख्य भूमिकाका कारण विशेष चिनिन्छ ।
– ९ वर्षको उमेरमा नै अभिनयमा रुची उनले देखाउन थालेकी थिइन् । उनले स्न २००३ मा टिम बर्टनको ‘बिग फिश’ मा यंग रुथीको भूमिका निभाइन् । डेस्टिनी सायरसको नामले उनी चर्चित भइन् ।
– माइलीलाई सन् २०१५ मा पेटाले ‘सेक्सिएस्ट भेजिटेरियन सेलिब्रिटी’ को उपाधि दिएको थियो । साइरसले यो सूचीमा अन्य सय सेलिब्रिटीलाई उछिनेर उपाधि आफ्नो नाममा हात पारेकी थिइन् ।
– सन् २००८ मा २५ मिलियन डलरको सम्पत्तिसहित माइली फोर्ब्स म्यागजिनको शीर्ष १०० को सेलिब्रिटी सूचीमा ३५ औं नम्बरमा थिइन् ।
यी फिल्ममा गरिन् कामः
बिग फिश, बोल्ट, हन्ना मोन्टाना, द लास्ट सङ्ग, सो अन्डरकभर, अ भेरी मेरी क्रिसमस, क्राइसिस इन सिक्स सिन्स ।एजेन्सी / रातोपाटी
नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘आइएसआइ’का एजेन्ट पक्राउ
☌
हत्या एवं आतंकवादी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरी खोजीमा रहेको होदा गिरोह नाइकेसहित प्रहरी फन्दामा परेको छ । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समसुल होदासहित चार जनालाई नियन्त्रणमा लिएको हो ।बारा कलैया ८ का होदाले साउदी अरेबियाको दुबाईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप छ । दुबाई प्रहीको सहयोगमा मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबाईबाट झिकाई काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। दीपकराम र अरुणरामको शव गत पुष १३ गते बाराको हरैया जंगलमा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। पाकिस्तानको जासुसी संस्था आईएसआईको निर्देशनमा भएको हत्यामा होदाको संलग्नता रहेको खुलासा भएको थियो। दुबईमा बसेर आईएसआईका लागि काम गरेको आरोप लागेका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरि कलैयामा सोमबार ल्याएको हो।प्रहरीले ती दुई भारतीयको हत्यामा संलग्न गरेको आरोपमा बाराको महागढीमाई नगरपालिकाको सिमरा तेगछियका गिरी बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका-१० रंगपुरका मोजाहिदिन अन्सारी र शम्भु भनिने लड्डुलाई यसअघि नै पक्राउ गरिसकेको छ।
होदालगायत उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।दुबईबाट पक्राउ गरि ल्याइएका होदासहित चारै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनमा सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले भने, ‘घटना र पक्राउ आरोपितबारे मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराउनेछौं। आजको नागरिकमा खबर छ। अहिले पक्राउ परेका चार जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा ती दुई भारतीयको हत्या गर्दाको भिडियो रेकर्डिङसमेत फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।नेपालमा आइएसआइको एजेन्टका रुपमा काम गर्दै आएका कलैयाका होदाकै निर्देशनमा दिपक र अरुणको हत्या गरिएको तथ्य खुलेको थियो। होदाले दुबइमा बसेर नेपालमा आइएसआइको एजेन्टको रुपमा काम गर्दै आएका थिए।
गत अक्टुबर १ तारिखका दिन बाराको सीमासंग जोडिएको भारतको घोडासहन स्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बाराको महागढीमाइ नगरपालिकाको सिमरा तेगछीयका गिरी बाबा भन्ने बृज किशोर गिरी मार्फत रक्सौल गम्हरीका उमाशंकर पटेललाइ ६ लाख भारु पेश्कीका रुपमा दिएका थिए। उमाशंकरले रेल्वे ट्रयाकमा बम राख्नका लागि अह्राएर आदापुरका दिपक र अरुण रामलाइ जनही तीन तीन लाख भारु दिएका थिए। बम विस्फोटको योजना सफल भएपछि दिपक र अरुणलाइ कुल ३० लाख रुपैया भारु भुक्तानी गर्ने सम्झौता उनिहरु बिच भएको थियो।
तर दिपक र अरुणले अक्टोबर १ तारिखका दिन रेल्वे ट्रयाकमा राखेको प्रेसर कुकर बममा प्राविधीक त्रुटी भएका कारण बम विस्फोट नभएपछि उनिहरुको योजना असफल भएको थियो।काम नभएपछि दिपक र अरुणलाइ पुष १३ गते बाराको जंगलमा बोलाएर बृज किशोर गिरीले कलैयाका मोजाहिदिन अन्सारी र शम्भु भन्ने लड्डुको सहयोगमा घाटी रेटेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ।कर्णाली न्यूज।।
५९ भारतीय कमाण्डो एकसाथ बाटोबाटै बेपत्ता
भारतीय संचारमाध्यमहरुका अनुसार केन्द्रीय रिजर्ब पुलिस बल (सीआरपीएफ) का ५९ कमाण्डो सामूहिक रुपमा बेपत्ता भएका हुन् । उनीहरु आइतबार राति मुगलसराय स्टेशनबाट बेपत्ता भएको बताइएको छ ।
आइतबार उनीहरु जम्मू–कश्मिरको श्रीनगरस्थित प्रशिक्षण केन्द्रमा पाँच साता लामो आधारभूत तालिम लिएर फर्किएका थिए । उनीहरु गयास्थित २०५ औं कोब्रा युनिटको मुख्यालयमा दाखिल हुनुपर्ने थियो । तर मुगलसराय स्टेशनबाट उनीहरु बेपत्ता भएका हुन् ।
केही संचारमाध्यमले उनीहरु आ–आफ्नो घर गएको जनाएका छन् । उनीहरुले आफ्नो टोलीको कमाण्डरलाई जानकारी नदिइ यात्रा स्थगन गरेर अन्यत्र गएको भन्दै सीआरपीएफले ‘अनधिकृत अनुपस्थिति’ बारे कोर्ट अफ इन्क्यायरी गर्ने जनाएको छ ।
सुरक्षा अधिकारीका अनुसार ती कमाण्डो जवानहरु सोमबार कोब्रा युनिटको मुख्यालयमा पुग्नुपर्ने थियो । उनीहरुलाई बिहारको नक्सल प्रभावित क्षेत्रमा तैनाथ गर्ने तयारी थियो ।
प्रशिक्षकसँग ती कमाण्डोको सम्पर्क भएको बताइएको छ । उनीहरुमध्ये धेरैजसो आफ्नो घरपरिवार र आफन्तलाई भेट्न गएको र चाँडै फर्कने जवाफ दिएको जनाइएको छ । एजेन्सी
यि महिला जसले अाफ्नै श्रीमानलार्इ बलात्कार गरिन्...
द क्षिण कोरियामा एक महिलालाई पतिको बलात्कार गरेको आरोप लागेको छ । ४० वर्षीया महिलाले पतिलाई २९ घण्टासम्म बन्धक बनाएर जबरजस्ती शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।
उनका पतिलाई शारीरिक सम्बन्ध राख्न कुनै इच्छा नहुँदा नहँुदै पत्नीले त्यस्तो हर्कत गरेकी थिइन् । यो घटनामा तीं महिलामाथि बलात्कार मुद्दा लगाइएको छ । मे २०१३ मा सुप्रीम कोर्टले वैवाहिक बलात्कारलाई अपराध घोषित गरेको थियो ।
यो नै पहिलो मुद्दा बनेको छ, जुन पतिलाई बलात्कार गरेको आरापेमा पत्नीलाई मुद्दा लगाइएको छ । समाचार एजेन्सी यन्हेपका अनुसार महिलाले पतिद्वारा शारीरिक सम्बन्ध गर्न मन नलगाउने गरेका कारण यस्तो तरिका अपनाएको बताएकी छन् ।
एजेन्सी
दिल्लीमा मध्यरातमा शक्तिशाली भूकम्प
२५ माघ-
भारतको राजधानी नयाँ दिल्लीमा गएराति भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस गरेपछि सुतिरहेका मानिसहरु घरबाहिर निस्किएका थिए ।
देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु भएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको भारतीय संचार माध्यामले जनाएका छन् । अमेरिकी भूगर्भ विभागले भने ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको छ ।
भारतको राजधानी नयाँदिल्ली, उत्तर प्रदेश, हिमाञ्चल, हरियाणालगायत क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको बीबीसी हिन्दीले जनाएको छ । के कति क्षति भयो यसको विवरण भने आइसकेको छैन ।
एजेन्सी
सुरक्षाकर्मीले नै शिशुको हत्या गरी आमालाई बलात्कार गरेपछि...
म्यानमारको सेनाद्वारा रोहिङ्या मुशलमान समुदाय विरुद्ध सञ्चालित कारवाहीमा महिला, बालबालिका सहित सयाँै नागरिकको मृत्यु भएको आशङ्का संयुक्त राष्ट्रसङ्घले शुक्रबार गरेको छ ।
बालबालिकालाई काटेर हत्या गरेको साथगै महिलाहरुमाथि बालत्कार भएको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।
बङ्गलादेशस्थित २०४ रोहिङ्या शरणार्थीसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले म्यानमारमा मानव विरोधी अपराधले पछिल्लो समय बढावा पाएको राष्ट्रसङ्घले आफ्नो प्रतिवेदनमा जनाएको छ ।
म्यानमारमा राखिने राज्यमा भएको तथा कथित ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा सयाँै मानिसको हत्या भएको राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ ।
अल्पसङ्घसख्यक मुशलमान माथि म्यानमारका सुरक्षाकर्मी वा असैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतकङ्क सिर्जना गर्ने र प्रतिकारमा अभि आउने र उनीहरुका परिवारजनमाथि व्यापक हिंसात्मक कारवाही गरिने गरेको राष्ट्रसङ्घले जनाएको छ ।
प्रत्यक्षदर्शीलाई उदृत गर्दै राष्ट्रसङ्घका मानवअधिकार मामिला हेर्ने प्रतिनिधिले अभियानका क्रममा एक आठ महिनाको बच्चालाई सुरक्षाकर्मीद्वारा मारेका र उक्त शिशुकी आमालाई सामुहिक बलात्कार गरिएको बताएका जानकारी दिनुभयो । साना (छ वर्ष मुनिका) बालबालिकालाई धारिलो अहियारद्वारा हत्या गरिने गरेको पनि अनुसन्धानका क्रममा थाहा भएको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घ प्रमुख जैयद विन रायद जैयद अल हुसैनले आफ्नो आमालाई खोजी बालबच्चा रुँदा उसको हत्या गरिने बुझिनसक्नुको क्लियरेन्स अपरेशन म्यानमारमा भएको बताउनुभयो ।
अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आपूmहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
जेनेभास्थित राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता रविना सम्दासनीले म्यानमारमा अल्पसङ्ख्याक आदिवासी मुशलमान समुदायलाई राखिने राज्यबाट हतटाउने अभिप्रायले सो कारवाही चलाएको जनाउनुभएको छ । – एएफपी
कोरियामा तलब नपाउने मजदुर र नपाएको तलब अहिलेसम्मकै सबभन्दा उच्च , मजदुरहरु अलपत्र
ख्यङ्खी (राजधानी सउल आसपासको १८ वटा क्षेत्र) र ईन्छन क्षेत्रमा गत ३ बर्ष लगातार तलब नदिने कम्पनी र नपाएको तलबको मात्रामा बृद्दि भई रहेको अवस्था छ । उत्पादन कलकारखाना बढि भएको औधोगिक क्षेत्रमा तलब नदिने समस्या गम्भिर भई रहेको छ ।
यहि महिनाको गत २४ तारीक रोजगाार तथा श्रम मन्त्रालयले जानकारी गराए अनुसार गत बर्ष २०१६ मा कम्पनीबाट मजदुरहरुले नपाएको तलब रकम १,४२८,६००,०००,००० अक वन अर्थात १ अर्ब २२ करोड २० लाख ६७ हजार डलर छ । यो अहिलेसम्मकै सबभन्दा बढि हो ।
यो तलब रकम मजदुरहरुले श्रम बिभागमा कम्पनीबाट दिलाई पाउनकोलागि उजुरी गरेर अभिलेख राखिएको आधारबाट प्रमाणीत भएको हो । तलब नपाएर,पनि उजुर नगर्ने मजदुरहरुको तलब समेत जोडदा यो भन्दा अझ बढि नपाउने तबलको मात्रा हुन सक्ने अनुमान गरिएको छ ।
कोरियामा सब भन्दा बण् ितलब नदिने क्षेत्र ख्यङगी (राजधानी आसपासमा रहेको जिल्ला ,क्षेत्र) हो भने दोश्रोमा ईन्छन क्षेत्र पर्दछ । ख्यङगी क्षेत्रमा तलब नदिएर लगाईएको मुद्दाको संख्या २०१४मा ५०हजार १सय५६ वटा छ भने नपाएको तलब कोरियन वन ३,२१३अक अर्थात अमेरिकि डलर २७ करोड ४८ लाख४९हजार ६ सय ५९ छ ।२०१५मा मुद्दा संख्या ५५ हजार २सय ८ छ भने नपाएको तलब कोरियन वन ३,४२९ अक अर्थात अमेरिकि डलर २९ करोड ३३ लाख २६हजार ९सय४७ छ ।
२०१६मा मुद्दा संख्या ५६हजार ६सय ७६ छ भने नपाएको तलब ३,५६२ अकवन अर्थात अमेरिकि डलर ३० करोड ४६ लाख ४ हजार १ सय ६६छ । दोश्रो बढि तलब नदिने इन्छन क्षेत्रमा २०१४ मा तलब दिलाई पाउनकोलागि लगाईको मुद्दाको सख्या १७ हजार ९५ छ भने नदिएको तलब ६३० अकवन अर्थात अमेरिकि डलर ५ करोड ३८ लाख ९२ हजार ९० डलार छ ।२०१५ मा मुद्दा संख्या १२ हजार २८ छ भने नपाएको तलब ६७९ अकवन अर्थात अमेरिकि डलर ५ करोड ८० लाख ८३ हजार ६ सय ९७ छ ।२०१६ मा मुद्दा संख्या १२ हजार ८ सय ७९ छ भने नपाएको तलब ७५७ अकवन अर्थात अमेरिकि डलर ६ करोड ४६ लाख ५६ हजार ५१ छ ।
नदिने तलबको मात्र र मुद्दा संख्या ३ बर्ष लगातार बृद्दि भईरहेको छ । यसरी तलब नदिएको आखडाको बारेमा कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ (केसिटियु) तलब नदिने कम्पनीहरु औधोगिक क्षेत्रमा केन्द्रित भएको तर सरकारले यसको समाधानकोलागि उचित पहल नगरेको ,अहिले तलब नदिने समस्या समाधान गर्न सरकारले तयार गरेको छेदाङगुम ( कम्पनीले तलब नदिएमा मजदुर कल्याण कार्यालयले कम्तीमा ३ महिनाको तलब र ३ बर्षको थेजिकगुम दिने नियम) सम्बन्धि नियममा संशोधन र कम्पनीलाई कडा निरिक्षण गर्ने योजना पर्याप्त नभएको भनि सरकारको बिरोध गरेको छ ।
समस्या निर्मुल पार्ने मुलभुत योजना सरकारले ल्याउनु पर्नेमा जोड दिएको छ । यसको बारेमा श्रम तथा रोजगार मन्त्रालयले यो बर्ष आर्थिक स्थिति कमजोर हुन सक्ने र तलब नदिने कम्पनी बृद्दि हुन सक्ने सम्भावना बढि भएकोले यसलाई रोक्न कोरियन नया बर्ष पर्बको अवसरमा सधै गर्दै आएको २ हप्ता केन्द्रिकृत मजदुरी निरिक्षणलाई बढाएर ३ हप्तासम्म गर्ने साथै १ हजार कर्मचारीलाई तलब सम्बन्धि मुद्दामात्र हेर्न र निर्णय गर्न खटाइने छ ।
बिशेष गरेर सम्पती लुगाउने ,सधै तलब नदिने, ढिला दिने कम्पनी मालीकलाई थुनामा राखि अनुसन्धान गर्ने निति रहेको कुरा बताएको छ ।
भारतमा आयो ठूलो भूकम्प, नेपालको धनगढिसम्म हल्लियो
भारतको उत्तरखण्ड स्थित पिपलकोटीमा भूकम्पको केन्द्र विन्दु बनेको हो ।
क्षेतिको विवरण आउँन सकेको छैन । भूकम्पको धक्काले नेपालसम्म हल्लाएको छ ।
एक तस्बिरले मच्चाएको हल्लाखोर !
एजेन्सी, २४ माघ । सामाजिक संजालमा अनेक तस्बिर र भिडियो भाइरल हुन्छन् । पछिल्लो समय यस्तै भाइरल भएको तस्बिर हो यो ।
तस्बिरमा बच्चको जिब्रो हातको पञ्जा आकारको छ । के यो तस्बिर रियल हो त?
सुरूमै प्रष्ट पाराैं, यो तस्बिर गलत उद्देश्यले बनाइएको भने हैन । तर प्रयोगकर्ताले यसको दुरूपयोग गरेर अफवाह फैलाउने काम गरे ।
बच्चा विरामी भएर उसको जिब्रो यस्तो भएको भनेर दुष्प्रचार पनि भयो । तर यो तस्बिरमा भएको जिब्रो रियल हैन ।
यो तस्बिर युनाइटेड नेशनले जारी गरेको थियो । खाना खानु अघि हात धुनु पर्छे भन्ने सन्देश दिनका लागि यो फोटो लञ्च गरिएको थियो । जसमा जिब्रोलाइ हातको आकार दिइएको थियो ।
चीनले गर्यो एकैसाथ १० वटा मार हान्ने मिसाइल परीक्षण
चीनले एक साथ १० वटा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई दिएको चुनौती सामना गर्न मिसाइल परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यो परमाणु बमले एक साथ १० वटा छुट्टाछट्टै मार हान्न सक्छ। यसले चीनको परमाणु क्षमतामा थप बल पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएको छ।
चीनले गरेको परीक्षणमाथि अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका छन्। वासिङटनको अनलाइन पोर्टल फ्रीबीकनका अनुसार चीनले जनवरीमा डीएफ-५ सी मिसाइल परीक्षण गरेको थियो। यो मिसाइल चीनको सान्सी प्रान्तको ताइयुएऩ स्पेसमा परीक्षण गरेको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ।
पेन्टागनका प्रवक्ता कमाण्डर गेरी रोसले भनेका छन्, 'अमेरिकी रक्षा मन्त्रालयले चीनको सबै गतिविधि नजिकबाट नियालिरहेको छ। अमेरिकाले चीनको परमाणु मिसाइल २५० भन्दा धेरै रहेको अनुमान लगाएको छ। यसमा हामी सचेत छौ।' उसले चीनले यस्तो कार्य गर्न नहुने भनेर आरोप लगाएको छ।
चीनले परीक्षण गरेको उक्त मिसाइल रेगिस्तानमा गएर खसेको थियो। यो अन्तरमहादीपीय ब्यालेस्टिक मिसाइल डीएफ-5को नयाँ संस्करण हो। यसलाई १९८० को दशकको सुरुवातमा पनि चीनले नै परीक्षण गरेको थियो।
पछिल्लो पटक ट्रम्पले चीनको दक्षिणी चीनसागरको मुद्धालाई कडा रुपमा उठाउँदै आएको थियो। अमेरिकाले उक्त क्षेत्रमा चीनको मात्र नभइ सबैको हक लाग्नु पर्ने बताउँदै आएका बेला चीनले उक्त कुराको चर्को विरोध गर्दै त्यसमाथि आफ्नो मात्र अधिकार रहेको वक्तव्य दिएको थियो। यही झगडालाई उसले मिसाइस परीक्षण गरेर अमेरिकालाई चेतावनी दिएको हुन सक्ने अन्तराष्ट्रिय सञ्चार माधयम ले टिप्पणी गरेका छन्। एजेन्सी/ अन्नपूर्ण पोस्ट।।।
महिलालाई दुर्लभ रोग- पतिसँग यौन सम्बन्ध राखे मृत्यु हुनसक्ने...
अमेरिकाको क्लोराडामा बस्ने एक महिलालाई एक दुर्लभ किसिमको रोग देखा परेको छ । कैटी बैनना नामकी ३४ वर्षीय महिलालाई व्यायाम गरे वा श्रीमानसंग शारीरिक सम्बन्ध राखेमा मृत्यु हुन सक्ने खालको रोग देखिएको चिकित्सकले जनाएका छन् ।
कैटीले छ वर्षको अवधिमा कयौं डाक्टरहरुलाई भेटेर आफ्नो रोगबारे जानकारी गराएकी छन् । छिटो हिड्नेदेखि लिएर पतिसंग शारीरिक सम्बन्ध बनाउने कार्य गर्दा उनी बेहोस् नै हुने गरेकी छन् । यसै कारण चिकित्सकहरुले पनि उनलाई यस्ता काममा सजग रहन सुझाव दिएको छ ।
व्यायाम गर्न आफूलाई मन पर्ने भएपनि रोगकै कारण डर लाग्ने गरेको उनी बताउँछिन् । वषौंदेखि नर्सिङ पेसामा रहेकी कैटीले कैयौं पटक आफू बेहोस् भएको पाइकी छन् ।
कैटीले आफ्नो यस्तो दुर्लभ रोगको बारेमा २२ वर्षको उमेरमा थाहा पाएकी थिइन् । जुन बेला उनी बेट्स कलेजमा धार्मिक अध्ययन गरिरहेकी थिइन् । मैदानमा आफ्नो साथीहरुसंग दौडिरहेका बेला उनलाई त्यस्तो भएको थियो ।
एजेन्सी
Sunday, 5 February 2017
आँखा र नाक नहुँदा पनि जीवित छन् यी युवती
बिना आँखा र नाक जीवित रहनु निकै अनौठो लाग्दछ ।
तर बिना आँखा र नाक जन्मिएकी कैसिडी हूपरले प्रमाणित गरेकी छन् कि बिना नाक आँखा बाँच्न सकिन्छ । १९ वर्षीय कैसिडी हूपर बिना नाक आँखा जन्मेकी थिइन् । उनको अनुहारमा नक्कली नाक लगाउन झन्डै ६ वर्ष लागेको थियो ।
कैसिडी अहिले कलेजमा अध्यनरत छिन् । आँखा नदेख्ने उनि कलेजको उत्कृट विद्यार्थी मध्यकि एक हुन । कैसिडी भन्छिन मैले आफ्नो अनुहारका कारण धेरै पटक अपमानित हुनुपरेको छ ।
एजेन्सी
यी हुन् अमेरिकामा कागज पत्र बिहिनका लागि पनि सुरक्षित स्यांचुअरी सिटीहरु
अमेरिकामा केही संरक्षित क्षेत्रहरू छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि सङ्घीय कानुन कार्यान्वयन निकायहरूको जिम्मा लगाइदैन । पक्राउ परेकाहरुलाई उनीहरूको अध्यागमन अवस्थाका आधारमा जेलमा राख्न दिएको सङ्घीय आदेश त्यस्ता संरक्षित सहरले पालना गर्दैनन् । अध्यागमन अवस्थाका आधारमा जेलमा राख्न दिइएको सङ्घीय आदेश ६९ वटा काउन्टीहरुले पालना गरेनन् भने ९९ वटा काउन्टीहरुले पालना गरे ।
अमेरिकामा सङ्घीय अधिकारीहरुले अध्यागमनसम्बन्धि कानुनको कार्यान्वयनका लागि स्थानीय प्रहरीको सहायता लिनुपर्छ तर कानुनले स्थानीय अधिकारीहरुले सङ्घीय अधिकारी वा निकायले अनुरोध गर्दैमा कसैलाई अध्यागमन अवस्थाको बारेमा पक्राउ गर्न बाध्य पार्दैन । यो स्थानीय सहर र काउन्टीहरुको नीतिमा भरपर्छ । तर उल्लिखित काउन्टी र सहरहरूमा कागजपत्रबिहिनहरुलाई पनि ती काउन्टी र शहरहरुबाट सुरक्षा प्रदान गरिएको छ । ती क्षेत्रहरुलाई स्यांचुअरी सिटी भन्ने गरिन्छ । यी सिटीहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कुनै कागजपत्रबिहिनहरुलाई डिपोर्टशेनको प्रक्रियामा लैजानका लागि गरेको आग्रह स्वीकार गर्दैनन् ।
कसरी काम गर्छन् स्यांचुअरी सिटीहरु
यदि कुनै व्यक्ति कुनै अपराधमा (मादक पदार्थ सेवन गरेर गाडी चलाउने, अन्य आपराधिक गतिविधि गर्ने) संलग्न छ भने उसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसपछि उसलाई स्थानीय काउन्टी जेलमा लगिन्छ । जेलमा उसको औंठाछाप लिएर एफबीआईलाई पठाइन्छ । त्यो औंठाछाप इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमा पनि पुग्छ । यदि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले त्यो व्यक्ति कागजपत्रबिहिन रहेको पत्ता लगायो भने काउन्टी जेललाई जेलमा परेको व्यक्तिलाई थप ४८ घण्टाका लागि जेलमै राख्न आग्रह गर्छ । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश स्थानीय काउन्टीले पालना गर्नैपर्ने व्यवस्था राखेको छैन ।
त्यसैले स्यांचुअरी सिटीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश अस्वीकार गर्छन् । र अपराधको मुद्दा समाप्त भइसकेपछि रिहा गरिदिन्छन् । तर स्यांचुअरी सिटीबाहेकका अन्यले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश स्वीकारेर उनीहरूलाई थप समयका लागि जेलमा राख्छन् । त्यो अवधिमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले व्यक्तिका नाममा वारेन्ट जारी गरेर उसलाई सङ्घीय जेलमा स्थानान्तरण गर्छ । कसैकसैलाई काउन्टी जेलमा नै राखेर पनि देशनिकालाको प्रक्रियामा लगिन्छ । र अन्तत कागजपत्रबिहिनलाई देशनिकाला गरेरै छाडिन्छ । स्यांचुअरी सिटीको हकमा भने सङ्गठित अपराध नगरेको, पहिले पनि ठुलो अपराध नगरेको र आतंककारी गतिविधिमा संलग्न रहेको भएमा सामान्य अपराधका आधारमा समेत कागजपत्रबिहिन व्यक्तिलाई देशनिकाला हुनुपर्दैन । खसोखासबाट
यी हुन् अमेरिकामा कागजपत्रबिहिनहरुका लागि सुरक्षित स्थानहरू
Sanctuaries listed by state
Alabama
Birmingham, AL
Arizona
Mesa, AZ
Phoenix, AZ
South Tucson, AZ
Tucson, A Z
California
Alameda Co., CA
Amador Co., CA
Bell Gardens, CA
Berkeley, CA
Butte Co., CA
Calaveras Co., CA
City of Industry, CA
City of Commerce, CA
Coachella, CA
Colusa Co., CA
Contra Costa Co., CA
Cypress, CA
Davis CA
Downey, CA
El Dorado, CA
Fresno Co., CA
Glenn Co., CA
Greenfield, CA
Humboldt Co., CA
Imperial Co., CA
Kern Co., CA
Kings Co., CA
Lake Co., CA
Lassen Co., CA
Los Angeles, CA
Los Angeles Co., CA
Long Beach, CA
Lynwood, CA
Marin Co., CA
Madera Co., CA
Maywood, CA
Mendocino Co., CA
Merced Co., CA
Modoc Co. CA
Montebello, CA
Monterey Co., CA
Napa Co., CA
National City, CA
Nevada Co., CA
Norwalk, CA
Oakland, CA
Orange Co., CA
Palm Springs, CA
Paramount, CA
Pico Rivera, CA
Placer Co., CA
Richmond, CA
Riverside Co., CA
Sacramento Co.
San Benito Co., CA
San Bernardino Co., CA
San Diego, CA
San Diego Co., CA
San Joaquin Co., CA
San Luis Obispo Co., CA
San Mateo Co., CA
Santa Ana, CA
Santa Barbara Co., CA
Santa Clara County, CA
Santa Cruz, CA
Santa Cruz Co., CA
San Francisco, CA
San Francisco Co.
San Jose, CA
Sacramento Co., CA
Shasta Co., CA
Solano Co., CA
Sonoma Co., CA
South Gate, CA
Stanislaus Co., CA
Sutter Co., CA
Tehama Co., CA
Trinity Co., CA
Tulare Co., CA
Ventura, Co., CA
Vernon, CA
Watsonville, CA
Wilmington, CA
Yolo Co., CA
Yuba Co., CA
Colorado
All 64 Counties in CO
Commerce City, CO
Denver, CO
Durango, CO
Federal Heights, CO
Fort Collins, CO
Lafayette, CO
Westminster, CO
Connecticut
Fairfield Co., CT
Hartford, CT
Hartford Co., CT
New Haven, CT
New Haven Co., CT
New London Co., CT
Tolland Co., CT
Windham Co., CT
Florida
Broward Co., FL Added 10-13-15, Source: 10-8-14 DHS DDO Report.
Hendry Co., FL
Herando Co.
Hillsborough Co., FL
Jupiter, FL
Lake Worth, FL
Lee Co., FL
Monroe Co., FL
Miami-Dade Co., FL
Okaloosa Co., FL
Orange Co., FL
Oscelola Co., FL
Palm Beach Co., FL
Pasco Co., FL
Pinellas Co., FL
Santa Rosa Co., FL
St. Lucie Co., FL
Sunrise, FL
Tampa, FL
Washington Co., FL
Illinois
Champaign Co., IL
Chicago, IL
Cicero, IL
Cook Co., IL
Urbana, IL
Evanston, IL
Iowa
The following Iowa counties will not honor ICE detainers without a court order or unless a judge has approved a probable cause warrant:
Allamakee, Benton, Cass, Clinton, Delaware, Dubuque, Franklin, Freemont, Greene, Ida, Iowa, Jefferson, Johnson, Linn, Marion, Monona, Montgomery, Polk, Pottawattamie, Sioux, Story, Wapello, Winneshiek Co.
Iowa City
Kansas
Butler Co.
Finney Co.
Harvey Co.
Johnson Co.
Sedgwick Co.
Shawnee Co.
Wichita
Louisiana
New Orleans, LA
Orleans Parish Co., LA
Maine
Portland
State of Maine
Maryland
Baltimore, MD
Charles Co., MD
Mt. Rainier, MD
Montgomery Co., MD
Prince George’s Co., MD
Takoma Park, MD
Massachusetts
Amherst, MA
Boston, MA
Cambridge, MA
Chelsea, MA
Northampton, MA
Sommerville, MA
Michigan
Ann Arbor, MI
Detroit, MIMinnesota
Anoka Co., MN
Austin, MN
Hennepin Co., MN
Maplewood, MN
Minneapolis, MN
Ramsey Co., MN
St. Paul, MN
Nebraska
Douglas Co., NE
Hall Co., NE
Lancaster Co., NE
Omaha, NE
Sarpy Co., NE
Nevada
Clark Co.
Washoe Co.
New Jersey
Camden, NJ
Freehold, NJ
Jersey City, NJ
Middlesex Co., NJ
Hightstown, NJ
Newark, NJ
North Bergen, NJ
Trenton, NJ
Union City, NJ
Union Co., NJ
West New York, NJ
New Mexico
Bernalillo Co. NM
Dona Ana Co., NM
Lea Co., NM
Luna Co., NM
Otero Co., NM
Rio Ariba Co., NM
San Miguel Co., NM
Santa Fe, NM
Santa Fe Co., NM
Taos, NM
New York
Albany, NY
Bay Shore, NY
Brentwood, NY
Bronx Co., NY
Central Islip, NY
Farmingville, NY
Franklin Co., NY
Ithica, NY
Kings Co., NY
Nassau Co., NY
New York City, NY
Onondaga Co., NY
Queens Co., NY
Rensselaer Co., NY
Richmond Co., NY
Riverhead, NY
Rochester, NY
Saratoga Co., NY
Spring Valley Village, NY
St. Lawrence Co., NY
Suffolk Co., NY
Uniondale, NY
Wayne Co., NY
Westbury, NYNorth Carolina
Carrboro, NC
Chapel Hill, NC
Charlotte, NC
Chatham County, NC
Durham, NC
Raleigh
Winston-Salem
North Dakota
State of North Dakota
SWMCCC
Ohio
Cincinnati, OH
Cleveland, OH
Columbus, OH
Dayton, OH
Lake County, OH
Lima, OH
Lorain, OH
Lucas County, OH
Oberlin, OH
Painesville, OH
Oklahoma
Oklahoma City (de facto)
Tulsa
Oregon
The following Oregon counties will not honor ICE detainers without a court order or warrant: Clackamas, Curry, Douglas, Deschutes, Gilliam, Grant, Hood River, Jefferson, Josephine, Linn, Malheur, Multnomah, Marion, Tillamook, Union, Wallowa, Wasco, Washington, and Yamhill.
Ashland, OR
Baker Co., OR
Beaverton, OR
Clackamas Co., OR
Clatsop Co., OR
Corvallis, OR
Gaston, OR
Jackson Co., OR
Lane Co., OR
Marion Co., OR
Multnomah Co., OR
Portland, OR
Pennsylvania
Chester Co., PA
Delaware Co., PA
Lehigh Co., PA
Montgomery, PA
Philadelphia, PA*
Philadelphia Co., PA
Pittsburgh, PA
Rhode Island
State of Rhode Island
Providence
Texas
Austin, TX
Brownsville, TX
Channelview, TX
Denton, TX
Dallas, TX
Dallas Co., TX
El Cenizo, TX
Ft.Worth, TX
Houston, TX
Katy, TX
Laredo, TX
Mcallen, TX
Port Arthur, TX
Travis Co., TX
Utah
State of Utah
Salt Lake City, UTVirginia
Alexandria, VA*
Arlington, VA
Fairfax County, VA
Vermont
Burlington, VT
Middlebury, VT
State of Vermont*
Washington (State)
The following Washington counties do not honor ICE detainers: Benton, Chelan, Clallam, Clark, Cowlitz, Franklin, Jefferson, King, Kitsap, Pierce, Skagit, Snohomish, Spokane, Thurston, Walla Walla, Whatcom, Yakima.
Burien, WA
King Co. Council, WA
Seattle, WA
Spokane, WA
Wisconsin
Madison, WI
Milwaukee Co., WI
Washington, D.C.
(The Washington D. C. city council has voted to prohibit its police department from participating in the Secure Communities program in July, 2010 according to an AP story by Ivan Moreno dated 7-26-10; 10-19-11 D.C. Examiner story which states that Mayor Vincent Gray signed an order prohibiting the city’s police dept. from inquiring about a person’s immigration status. Also included in the 10-8-14 DHS DDO Report)
नागसँग विहे गरिन यी युवतीले...
काठमाण्डौ, माघ २४ । भारत पनि विचित्र विचित्रको खेतीमा अगाडी छ भन्दा फरक पर्दैन । बहुसांस्कृतिक र रुढीबादी परम्पराले व्याप्त भारतका अधिकाशं स्थानमा हुने घटनाले सबैलाई चकित पार्ने गरेको छ ।
यस्तै एकजना युवतीले आफू नागको श्रीमती भएको दावी गरेपछि हल्लाखल्ला भएको हो ।
छत्तिसगढ सुरजपुर गाउँकी कक्षा १० मा अध्ययनरत अनिता नाम गरेकी युवतीले आफू इच्छाधारी नागको श्रीमती भएको दावी गरेकी छिन् । अनिताले दुई हप्ता अघि निद्रामा एक नाग अचानक आएको र मानव रुप धारण गरि नागलोकमा लगेर विहे गरेको बताइन ।
उनले विहेपछि नागले आफूलाई माइतीमा छोडेर गएको पनि बताएकी छिन् । साँघुमा खबर छ ।
सीमाहरुमा सुरक्षा जाँच कडा गर्न ट्रम्पको निर्देशन्, अदालतप्रति आक्रोश
काठमाडौं, माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशन लागु गर्न नदिने अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने चेतावनी दिएका छन् ।
सात मुस्लिम मुलुकका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास एकपछि अर्को गर्दै अदालतले विफल पारिदिएपछि क्रूद्ध बनेका ट्रम्पले अदालतप्रति रोष प्रकट गरेका हुन् ।
उनले सीमाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन भन्दै अमेरिका भित्रनेहरुको निकै सावधानीपूर्वक जाँच गर्न पनि अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
अदालतले आफ्नो कामलाई निकै कठीन पारिदिएको पनि उनले बताए । आफ्नो निर्देशन लागू गर्न नदिने न्यायाधीशको निर्णयलाई उनले बेतूकको संज्ञा दिएका थिए ।
आफ्नो निर्देशनविरुद्ध अन्तरिम आदेश जारी गर्ने संघीय अदालतको निर्णयविरुद्ध ट्रम्प प्रशासनले अपील गरेपनि पुनरावेदन अदालतले उक्त अपील अस्वीकार गरिदिएको छ ।
राज्यका न्यायाधीशहरुले राष्ट्रपतिको आदेश असंवैधानिक र विभेदकारी रहेको तर्क गर्दै तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।
त्यसविरुद्धको अपील पनि आफ्नो पक्षमा नभएपछि राष्ट्रपति ट्रम्प सुरक्षा अधिकारीतर्फ फर्किएका थिए ।
ट्रम्पले इराक, सीरिया, इरान, लीबिया, सोमालिया, सूडान र यमनबाट ९० दिनसम्म कोहीपनि व्यक्ति अमेरिका प्रवेश गर्न नपाउने कार्यकारी आदेश जारी गरेका थिए ।
यसै आदेशको पालना गर्दै अमेरिकाले चार महिनासम्मका लागि शरणार्थी प्रवेशमा रोक लगाएको छ भने सिरियाई शरणार्थीले भने अर्को आदेश नहुँदासम्म प्रवेश नपाउने निर्णय गरेको छ । एजेन्सी







