Wednesday, 1 February 2017

अवैध काठ र कागजात नियन्त्रणमा, दुई कर्मचारी जिल्ला झिकाईयो

डोटी, माघ २०  । डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वनबाट अवैध रुपमा काटिएको सल्लाका काठ तथा त्यससँग सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालय डोटीले नियन्त्रणमा लिइएको छ ।



घटनामा संलग्न भएको आरोपमा दुई जना वन कर्मचारीलाई समेत सदरमुकाम झिकाइएको छ । वन रक्षक नरबहादुर साहु र अर्का एक कर्मचारीलाई जिल्लामा झिकाएर सोधपुछ भइरहेको छ ।



सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले सल्लाको वन फडानीको अनुगमनका लागि खटिएको टोलीले कागजात र काठ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताउनुभयो ।



इलाका बन कार्यालय बुडरमा रहेका सबै कागजातहरु नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय ल्याएको छ । जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले अनुसन्धान पछि मात्र थप प्रतिक्रिया दिने बताउनुभयो ।


No comments:

Post a Comment