Wednesday, 1 February 2017

लाशको बोसो, जिब्रो झिकेर खाइन्छ !

newsabhiyan
पपुवान्यूगिनीको मोराब पहाडी बस्तीमा यस्ता झुण्ड्याइएका कंकाल लाशहरु देखिन्छन् । यी कंकालहरु सुकुटी सुकाएजस्ता देखिन्छन्, कुनै कुनै त मुस्कुराइरहे झैं लाग्छ । विश्वमा कस्ता कस्ता आश्चर्य ?


मान्छे मरेपछि बा“सका पि“जडाजस्तो बनाएर बेरिन्छ र भित्तामा झुण्ड्याइन्छ । यो प्रचलन आदिवासीहरुको हो ।

सभ्य र विकसित मान्छेका लागि यी दृश्यहरु डरलाग्दा लाग्छन् तर पपुवान्यूगिनीका आंगा आदिवासीका लागि यो प्रचलन गर्वको विषय हुनेरहेछ । आफन्त मरेपछि यसरी सम्मानका साथ राख्नु भनेको आदिवासीहरु मृतकप्रति श्रद्धा गरेको मान्दा रहेछन् ।


आफन्छ मरेपछि लाशलाई आगोमा सेकाइन्छ । सिपालु मलामीले पैताला, शरीरका विभिन्न ठाउ“बाट बोसो निकालिन्छ । मलद्वारबाट लठ्ठी घुसारेर शरीरभित्रबाट बोसो र अन्य तरल पदार्थहरु निकालिन्छ । त्यो तरल पदार्थ सबैभन्दा पवित्र मानेर आफन्तजन मज्जाले खाने गर्दा रहेछन् । त्यो तरल पदार्थ आफन्तजनले आफ्नै ज्यूमा घस्छन्, त्यसो गर्दा शक्ति प्राप्त हुनेरहेछ ।


खुट्टाको पैताला, हातको हत्केला, जिब्रो काटेर पुरुष भए श्रीमतीलाई र महिला भए श्रीमानलाई दिइन्छ । उनीहरु यसलाई खाने रहेछन् । त्यसपछि बाँकी शरीरलाई सामान्य तताएर माटोको गाडा लेपन दलेर बा“सको कप्टेराले पिँजडाजस्तो बनाएर पहाडी भीरमा लगेर झुण्ड्याइन्छ । यसो गर्दँ कुकुर, गिद्ध केहीले पनि नखाने र लाश ज्यू“का त्यू“ रहने रहेछ ।


आज पनि पपुवाका भीरहरुमा, अनकण्टार क्षेत्रहरुमा यस्ता अनगिन्ति लाशहरु झुण्डिरहेका छन् । २ सय वर्ष पुराना लाशका कंकालहरु पनि हाँसिरहेजस्ता देखिन्छन् ।

कतिपय लाशहरुलाई विशेष समारोहमा बस्तीमा झार्ने र समारोह सकिएपछि फेरि लगेर भित्तामा टाँगिने रहेछ । एजेन्सी

No comments:

Post a Comment