Wednesday 1 February 2017
बेलायती आमा र अमेरिकी बाबुका छोरा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी आमा मेरी अन मक्लाउड हब्रिडिएन आइल्यान्ड अफ लुइसमा जन्मेहुर्केकी हुन् । त्यसपछि मात्र उनी न्युयोर्क आएकी हुन् । मेरी ती दसौं हजार स्कटिसहरूमध्ये एक थिइन्, जो २०औं शताब्दीको सुरुतिर आर्थिक संकटबाट बच्न अमेरिका र क्यानाडातिर बसाइँ सरेका थिए ।
मेरीले १८ वर्षको उमेरमा पहिलो पटक सन् १९३० मा न्युयोर्कका लागि लुइस छोडेकी थिइन् । उनले त्यसबेला घरेलु नोकरको रूपमा काम खोज्न थालिन् । त्यसको ६ वर्षपछि मेरीको विवाह सफल जग्गा व्यापारी फ्रेडरिक ट्रम्पसँग भयो । फ्रेडरिक जर्मनीका प्रवासी हुन् र न्युयोर्कमा एक सफल व्यवसायीका रूपमा स्थापित भएका हुन् ।
डोनाल्ड जोन फ्रेडरिक र मेरीका पाँच सन्तानमध्ये ट्रम्प चौथो नम्बरका हुन् । अहिले उनी अमेरिकाको ४५औं राष्ट्रपति छन् । ट्रम्पकी आमाको जन्म स्कटल्यान्डको आएल अफ लुइसको स्टोर्नोएवदेखि तीन माइल टाढा टोंगामा भएको थियो । वंशावली विशेषज्ञ विल लासनले यो वंशको गहिरो अध्ययन गरेका छन् ।
बिलले मेरी अने मक्लाउड वंश वृक्षको खोजी १९औं शताब्दीमा गरेका थिए । ‘मेरीका पिता म्याकल हुलाकघर चलाउँथे । पछि उनले पसल पनि चलाएका थिए,’ बिल भन्छन्, ‘अरुको तुलनामा यो परिवारको आर्थिक अवस्था ठीकै थियो । पहिलो विश्वयुद्धको बेला र पछि केही समय यी मानिसहरूको जीवन समस्याग्रस्त थियो । यो टापुमा मात्रै हजारभन्दा बढी मानिस मारिएका थिए ।
युवाहरूका लागि बस्ने अवस्था रहेन । ठूलै विपद आउलाजस्तो भयो ।’ लुइस टापुले अर्को एउटा विपद् पनि सामना गर्नुपरेको थियो । त्यो विपद् भनेको सन् १९१९ मा दुई सय सरकारी जागिरे डुबेर मरेका थिए ।
‘मेरी अन म्याक्लाउडको जन्म एउटा ठूलो परिवारमा भएको थियो । उनीहरू नौ भाइबहिना थिए । त्यसपछि त्यो परिवारले त्यो टापु छोडिसकेको थियो,’ लासन भन्छन्, ‘आजको दिन भए तिनीहरू आफ्नो जन्मभूमि फर्कने सोच बनाउन सक्नुहुन्छ, तर तिनीहरू क्यानाडा जाँदै थिए । अमेरिकामा त्यसबेला जीवन सजिलो थियो, त्यसो त धेरैजसो नातागोता पहिले नै त्यहाँ पुगिसकेका थिए ।’
वंशावली विशेषज्ञ लासनका अनुसार ट्रम्पकी आमा यस मामिलामा बहिनी क्याथरिनभन्दा फरक थिइन् । क्याथरिन परिवारकी आठौं सदस्य थिइन् । क्याथरिन क्यानडाबाट न्युयोर्कतर्फ लागिन् ।
जब क्याथरिन सन् १९३० मा लुइस आइन्, त्यसबेला उनको उमेर १८ वर्षको थियो । बहिनी मेरी पनि कामको खोजीमा क्याथरिनसँगै निस्कन् । न्युयोर्कमा एक धनी परिवारमा मेरीले घरको कामधन्दा गर्ने जागिर पाइन् । त्यसो त सन् १९२९ मा वालस्ट्रिट अमरिकामा मन्दी आएको थियो । मन्दीले मेरीको जागिर पनि खायो ।
सन् १९३४ मा मेरी स्कटल्यान्ड फर्किइन् । त्यसबेला उनको भेट फ्रेडरिक ट्रम्पसँग भयो । उनी पुनः न्युयोर्क फर्किइन् । यो जोडी क्विन्स क्षेत्रमा बसोबास गर्दथ्यो । मेरी विशेष गरी च्यारिटीको काममा सक्रिय रहन्थिन् । डोनाल्ड ट्रम्पका तीनजना भान्जेभाइ अहिले पनि लुइसमा बसोबास गर्छन् । उनका दुई भाइ अहिले पनि पैतृक घरमा बस्छन् । यो घरलाई मेरीले पैसा कमाएपछि पुनः बनाएकी थिइन् ।
ट्रम्पका तीनैजना भान्जेभाइ सञ्चारमाध्यमबाट टाढै बस्न रुचाउँछन् । लुइसका स्थानीय काउन्सलर जोन ए मेकाइवर ट्रम्पका भान्जेभाइका मित्र हुन् । ‘मलाई थाहा छ, यो साँच्चैकै उदाहरणीय परिवार हो । यो परिवारले धेरैको उद्धार गरेको छ ।
यी कुरा सञ्चारमाध्यममा ल्याएर चर्चा कमाउन उनीहरूलाई लाज लाग्छ, त्यसैले मलाई लाग्छ, उनीहरू सञ्चारमाध्यमबाट टाढा बसेका हुन्,’ उनले भने । ‘आफूले गरेको काम सञ्चारमाध्यममा आउँदा राम्रै हुन्छ भनेर सम्झाउँछु,’ मकाइवरले भने, ‘तर उनीहरू मान्दैनन् ।’ मेकाइबरका अनुसार मेरी मक्लाउडलाई यहाँका स्थानीय समुदाय राम्रोसँग चिन्दछन् । र, उनको इज्जत गर्दछन् ।
सन् १९४२ मा ट्रम्पकी आमा अमेरिकी नागरिक बनेकी थिइन् । ८८ वर्षको उमेरमा सन् २००० मा उनको निधन भयो । ‘मेरीले कहिल्यै पनि आफ्नो जन्मभूमि भुलिनन् । उनी पटक पटक लुइस आउने जाने गरिरहिन् । उनी विशेष गरेर त्यहाँको स्थानीय भाषा गायलिकमा कुरा गर्दथिइन्,’ मेकाइबरले भने ।
मेरी जहाँ जन्मेकी थिइन्, हुर्किन् र बढिन्, त्यहाँ उनका अर्बपति छोरा डोनाल्ड ट्रम्प सन् २००८ मा गएका थिए ।
उनले त्यहाँ भान्जेभाइहरूसँग पनि भेटघाट गरे । ट्रम्पले त्यसैबेला भनेका थिए, ‘म यो आमाको जन्मभूमि लुइसमा तीन चार वर्षको हुँदा पनि आएको थिएँ । तर मलाई त्यसको खासै सम्झना छैन ।’ सन् २००८ मा ट्रम्प लुइस आउँदा भनेका थिए, ‘म धेरै व्यस्त छु, म संसारभरि नै नोकरी सिर्जना गर्न लागिरहेको छु । यहाँ आउन मुस्किलले समय निकालेको हुँ ।
दोस्रो पटक पनि यहाँ आउने अवसर प्राप्त गरें भने म भाग्यमानी हुनेछु । ट्रम्पकी ठूली दिदी मेरी अन ट्रम्प बेरी युएस फेडरलका न्यायाधीश छन् । उनी आफ्ना भान्जेभाइसँग भेट गर्न वर्षैपिच्छे लुइस गइरहन्छिन् ।
एजेन्सी / तरुणको साथमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment