काठमाडौं– नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जबाट चोरी भएको नवजात शिशु फेला परेको छ। गत शुक्रवार वीरगञ्ज छपकैया–२ निवासी आशा देवीको छोरा जन्मिएको केही समयपछि एक महिलाले चोरी गरेर फरार भएकी थिइन् । प्रहरीले पर्सा जिल्लाको मिलनचोक गाविसस्थित एक घरमा बच्चा फेला पारेको हो ।
बच्चा चोरी भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अगुवाईमा खोजी कार्य तीव्र बनाइएको थियो ।
अस्पतालमा भेट्ने बहानामा पुगेकी एक अपरिचित महिलाले बच्चा लिएर भागेकी थिइन्। आमा आशा देवीको उपचार भइरहेका बेला आफन्तलाई पाउरोटी किन्न पठाएर उनले बच्चा लिएर हिँडेको बताइएको थियो । । प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।स्वास्थ खबरको सहयोगमा
Sunday 5 February 2017
वीरगञ्जमा अस्पतालबाट चोरिएको बच्चा भेटियो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment