Sunday 5 February 2017

नाङ्गो सुत्नुको फाइदाहरु...

हामी मध्ये धेरै कपडा लगाएरै सुत्ने गर्छौं । तर स्वास्थ्य सम्बन्धि बिशेषज्ञका अनुसार भने कपडा नलगाई सुत्दा त्यसबाट धेरै फाइदा हुन्छन्। नेशनल स्लीप फाउंडेशनका पावलको भनाइलाई उल्लेख गर्दै ‘डेली मेल’ले उल्लेख गरे अनुसार अमेरिकामा केवल ८ प्रतिशत मात्रै नाङ्गो भएर सुत्ने गर्छन्। नेपालमा कति यसरि सुत्छन् त्यस सम्बन्धि अझै अनुसन्धान हुन बाँकि नै छ।
‘मेन्स हेल्थ’का निन्द्रासंग सम्बन्धित परामर्शदाता डब्ल्यू क्रिस्टोफर विंटर (एमडी)को भनाइ अनुसार हाम्रो शरिरको तापक्रम रातभरि घटबढ भइरहन्छ। जब हामी सुत्छौ तब शरिर चिसो हुन थाल्छ र फेरि जब हामी जाग्छौं शरिर पनि बिस्तारै तात्न थाल्छ। त्यसैले स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञहरु नाङ्गो भएर सुत्न सल्लाह दिन्छन् किनकि यसले राम्रोसंग सुत्न मदत गर्छ। विंटर भन्छन् कि हाम्रो शरीरको तापक्रम तल झर्दा सुत्दा लगाइएको कपडाले गर्मि महशुस हुन थाल्छ जसको कारण हामी कोल्टे फेर्छौं। ‘डायबिटीज’ पत्रिका मा छपिएको एक रिपोर्ट अनुसार नाङ्गो सुत्दा तौल घटाउन पनि सहयोग मिल्छ। यस बाहेक रिपोर्टमा भनिएको छ कि बिना कपडा सुत्दा धेरै अन्य फाइदा पनि हुन्छन्। ‘मेन्स हेल्थ’का अनुसार गहिरो निन्द्रामा हुँदा मेटाबोलिज्मलाई छिटो गर्नुका साथै हाम्रो गर्दनमा एकत्रित ब्राउन फ्याटको उत्पादन पनि बढ्छ। यहि ब्राउन फ्याटले नै हाम्रो शरीरलाई तातो गर्नको लागि क्यारोलि बर्न गर्छ। न्यू जर्सीको एटलांटिक सिटीका यूरोलोजिस्ट ब्रायन स्टेक्सिनर पनि नाङ्गो भएर सुत्दा निजि अंगको सुरक्षा हुने बताउछन्। किनकि, उनि भन्छन्, सुरुवाल र भित्रिबस्त्रले शरिरमा गर्मि पैदा गर्छन् जसको कारण ब्याक्टेरिया उत्पन्न हुने सम्भाबना बढि रहन्छ। पुरुष र महिला दुबै यदि प्रसस्त हावा आउने ठाउँमा सुतेमा उनिहरुको जननेन्द्रिय बढि स्वस्थ्य हुन्छ। ‘मेन्स हेल्थ’ले नाङ्गो भएर सुत्दा शुक्रकिटको उत्पादन पनि बढि हुने उल्लेख गरेको छ। कस्सिएको भित्रिबस्त्रले अंडकोषलाई बढि तातो बनाइदिन्छ जुन शुक्रकिटको लागि राम्रो मानिदैन। त्यति मात्रै होइन राम्रो निन्द्राले तनावको हार्मोन कर्टिसोललाई नियन्त्रण गर्न मदद गर्दछ। विशेषज्ञहरुका अनुसार दुइ विपरीत लिंगि व्यक्ति एक आपसमा नाङो भएर सुता अक्सीटोसीनको स्तर पनि बढ्छ।


No comments:

Post a Comment