मोरङ, १९ माघ– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन प्रक्रिया बीचैमा रोकेर निर्वाचनमा जान नसकिने बताएका छन् ।
विराटनगरमा बुधबार भएको एक कार्यक्रममा भट्टराईले संविधान संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई निकास नदिने उल्लखे गरे ।
संविधानको स्वीकार्यता बढाउन संशोधन जरुरी रहेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई एमाले अध्यक्ष केपी ओली र सिके राउतविरुद्ध खनिए । उनले दुईबाट मुलुकलाई खतरा हरेको आरोप लगाए । ओलीलाई उनले उखाने नेताको संज्ञा दिए ।
ओली एकलजातीय अहंकारवादी र राउत विखण्डनकारी रहेको आरोप उनको थियो ।
‘मुलुकलाई एकल जातीय अहंकारवादी उखाने नेता र सिके राउतजस्ता विखण्डनकारीबाट खतरा छ’, उनले भने, ‘त्यो खतराबाट जोगिन संशोधनमार्फत संविधानको स्वीकार्यता बढाउनुपर्छ र निर्वाचनमा जानुपर्छ ।’
भट्टराईले ओली र राउतको प्रतिकार गर्नुपर्ने धारणासमेत राखे ।
No comments:
Post a Comment