Wednesday, 1 February 2017

धुर्मुस सुन्तली छिरेका मुसहर बस्तीका थप बालबालिकाले पढाई सुरु गरे

महोत्तरीको बर्दिबास–२ मुसहर बस्तीका थप ३५ जना बालबालिका श्रीपञ्चमीको अवसर पारेर एकैपटक विद्यालय जान सुरु गरेका छन् । धुर्मुस सुन्तली बस्ती प्रवेश गरेपछि यस अघि ६५ बालबालिकाले अध्ययनलाई निरन्तरता दिएका थिए ।
अशिक्षित र विपन्न मुसहर बस्तीमा अहिलेसम्म एक जनाले मात्र १० कक्षा पास गरेका छन् । नजिकै विद्यालय भएपनि पढ्ने संस्कारको विकास हुन नसकेको बस्तीमा हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) पुगेर विद्यालय जान प्रेरित गरेका थिए ।
सोहि मुसहर बस्तीलाई एकिकृत नमूना बस्तीमा रुपान्तरण गर्न लागि परेका उनीहरुको प्रेरणाका कारण थप बालबालिका पनि विद्यालय जान थालेको स्थानीय मन्जय सदाले बताएका छन् ।  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयहरुले निष्ठापूर्वक पूजा–आराधना गरी छोराछोरीहरुलाई पढाउन सुरु गरेका हुन् ।

यसैबीच, अहिलेसम्म मुसहर बस्तीको करिब २० प्रतिशत काम सम्पन्न भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । बस्ती निर्माणका लागि सहयोग जुटाउन अहिले धुर्मुस सुन्तली अष्ट्रेलीयमा छन् । अष्ट्रिेलीयाबाट पनि राम्रो सहयोग जुटीरहेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

No comments:

Post a Comment