Wednesday, 1 February 2017

धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै फेरि कसले गर्यो अर्को एकीकृत बस्ती शिलान्यास –

Image result for dhurmus suntali

राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिलान्यास गरेका छन्। स्थानीयको पहलमा बन्न लागेको एकीकृत बस्तीस्थल गिरानचौर आएका उनले सार्वजनिक पूर्वाधार र सहुलियत ऋण प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘  आफ्नो गाउँ आफैं बनाऔँ नेपाललाई विश्वसामू चिनाऔँ’ भन्ने मुल नाराको साथमा निर्माण हुन लागेको सामुदायिक स्थायी एकीकृत बस्ती मेलम्ची ८ गिरानचौरको शिलान्यास गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। पोखरेलले पहिलो किस्ताको काम पुरा गरिसकेका भूकम्पपीडितले अब केही दिनमै दोस्रो किस्ता रकम पाउने बताए। उनले प्रकृया पुरा गरी माग गरेको एक दिन भित्रै रकम पाउन सकिने दाबी समेत गरे। त्यस्तै उनले गाउँ ठाउँमा घर बनाउने विषयमा अन्यौलता भएका ठाउँमा इन्जिनियरिङका विद्यार्थीलाई सहयोगको लागि परिचालित गर्न लागिएको समेत जानकारी दिए।     त्यस्तै १५ लाख र २५ लाख ऋण वास्तविक छुटेका पीडित गुठी लगाएतका समस्या चाँडै समाधान गर्न प्रयत्न गर्ने बताए। उनले गिरानचौरमा अब निर्माण हुन लागेको १५० घर धुरीको एकीकृत बस्तीका लागि आफूले एक साताको तलब रकम सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।  सामुदायिक पुनर्निर्माण आयोजनाका अनुसार एकीकृत बस्तीमा बन्ने बन्ने एउटा घर ७ आना जग्गाभित्र हुनेछ ।  यसको लागत ११ लाख अनुमान छ । साथै दक्ष कामदार उत्पादनका लागि प्रहरी सेनाबाट गाउँमै तालिम दिने र जोखिममा रहेका बस्ती चाडै सारिने पोखरेलले बताए। मेलम्ची नगरपालिका ८ स्थित यस बस्ती निमार्ण १ वर्ष भित्र सक्ने लक्ष्य रहेको सामुदायिक पुन निर्माण पर्यटन प्रवर्धन परियोजन गिरानचौरका अध्यक्ष राजकुमार भट्टराइले बताए।

No comments:

Post a Comment