काठमाडौं, १९ माघ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी एक दलका केन्द्रीय उपाध्यक्षले पार्टी परित्याग गरेका छन् ।
बुधबार अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी पार्टी परित्याग गरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।
उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउनुभयो । भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुनुहुन्छ ।
नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
अखण्ड पार्टीका अध्यक्ष कुमार खड्काले सरकारमा सहभागी हुँदै भर्खरै महिला तथा बालबालिका मन्त्री पदको सपथ लिनुभएको थियो ।
No comments:
Post a Comment