Wednesday 1 February 2017

२५ मेगावाट बिजुली थपिदा लोडसेडिङ के हुन्छ ?

काठमाण्डौँ, माघ १६ । केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको छ ।Image result for electricity in nepal

यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट थप ८० मेगावाट बिजुली खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउन सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताएकाे अाजकाे नागरिक दैनिकमा समाचार छापिएकाे छ ।

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारबाट २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत बर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।
नदीको पनी घटेर बिजुली उत्पादनमा केहि कमि आएपनि पछिल्लो समयमा माग नबढेकाले लोडेडिङव्यवस्थाप हुनेमा प्राधिकरण ढुक्क छ

No comments:

Post a Comment