Wednesday, 1 February 2017

मधेसी जनताकै घरमा एमाले नेता तथा कार्यकर्ताको ‘होमस्टे’ -


प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व दुई सातासम्म मधेसी जनताकै घरमा बास(होमस्टे) बस्ने भएको छ । आगामी २१ फागुनबाट सुरु हुने मेची –महाकाली राष्ट्रिय अभियानका क्रममा एमालेका सबै नेता तथा कार्यकर्ताको बास तराई–मधेसका जनताका घरमै हुने भएको हो । सत्तारुढ दलहरुले तराई–मधेसमा सार्वजनिक कार्यक्रमसमेत गर्न नदिने धम्की दिइरहेका बेला एमालेले आफ्नो सबै शक्ति लगाएर आगामी २१ फागुनमा झापाको काँकडभित्ताबाट अभियान सुरु गरी कञ्चनपुरको महेन्द्रनगर हुँदै १५ औ दिनमा सुर्खेतमा बिशाल जनसभा गरी समापन गर्ने कार्यक्रम सार्वजनिक गरेको खवर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ । -

No comments:

Post a Comment