एजेन्सीहरु : जर्मनीमा हालै जन्मिएकी एक बच्ची दुनियामै सबैभन्दा कमतौल भएकी बच्ची भएको दावी गरिएको छ । केही समय अघि जन्मिएकी ती बच्चीको नाम एमिलिया राखिएको छ । जन्मदा एमिलियाको वजन २२७ ग्राम र लम्बाई ८.६ ईन्च रहेको बताईएको छ । बच्चीको शारिरीक विकास पनि तीब्ररुपले अघि हुन थालेको छ । एमिलिया अहिलेसम्म अति नै कम तौल भएर पनि जीवित रहने बच्चीको नाममा रेकर्ड कायम रहेको छ । यो रेकर्ड यस अघि सिकागोमा जन्मेकी बच्चीको नाममा रहेको थियो । उनको तौल २४३ ग्राम रहेको थियो ।फाटो : सामाजिक सञ्जाल -
No comments:
Post a Comment