Thursday, 2 February 2017

यी हुने भए नेपाल प्रहरीको नयाँ आइजीपी, देउवा र प्रचण्डबीच भयो सहमति

काठमाडौं, २० माघ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी) सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा परेको छ । र, सशस्त्र प्रहरीको आइजीपी सत्तारुढ नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्धय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईले ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदैछन् ।

दुवै प्रहरी संगठनमा नयाँ आइजीपी बनाउनेबारे बुधबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार जनपद आइजीपी कांग्रेसले चुनेको व्यक्ति र सशस्त्र आइजीपी माओवादीले चुनेको व्यक्ति हुनेछन् ।

को-को छन् आइजीपीका दाबेदार ?
आइजीपी अर्यालसहित हालका एआइजीहरु समेतको एकसाथ अवकाशपछि २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका डीआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये एक जना प्रहरीको नयाँ आइजीपी बन्नेछन् ।

वरियता क्रममा सिलवाल एक नम्बरमा छन् । अर्याल क्रमश: दोस्रो, चन्द तेस्रो र भण्डारी चौथो नम्बरमा छन् । यी मध्ये जो कांग्रेसको रोजाइमा पर्नेछ उही प्रहरीको प्रहरीको २५ औं महानिरीक्षक बन्ने स्रोतको भनाई छ ।

चार डीआईजी मध्ये एक नम्बर वरियताका नवराज सिलवाल र तीन नम्बर वरियताका जयबहादुर चन्दबीच चर्काे प्रतिस्पर्धा भइरहेको छ ।

सिलवालप्रति गृहमन्त्री विमलेन्द्र निधि, आरजु देउवा लगायतका नेताहरु सकारात्मक रहेका छन् भने चन्दप्रति सभापति शेरबहादुर देउवा, यातायातमन्त्री रमेश लेखक लगायत सिंगो सुदूरपश्चिमका नेता सकारात्मक छन् । प्रधानमन्त्री प्रचण्ड रोलक्रम नमिच्ने पक्षमा रहेका कारण सिलवाल नै आइजीपी हुने पक्कापक्की छ ।

सशस्त्रमा को-को छन् दाबेदार ?
यतासशस्त्र प्रहरी बलको महानिरीक्षकमा माओवादीले चाहेको एआईजी नै अबको आइजीपी बन्ने निश्चित भएको छ । सशस्त्रमा अहिले भावी आईजीपीको रुपमा एआईजीहरु सिंहबहादुर श्रेष्ठ, प्रेम कुमार शाही र प्रकाश ओझा प्रतिष्पर्धामा छन्

No comments:

Post a Comment