बैग्लोर–यहाँस्थित बारहट नेशनल पार्कमा घुमिरहेका पर्यटकको गाडीमाथि बाघले हमला गरेको छ । यद्यपी यो हमलामा कोही पनि घाइते भएका छैनन् ।
भारतीय मिडियाले यो घटनालाई महत्वकासाथ प्रकाशित गरेका छन् । पछिल्लो केही दिन यता यो दोस्रो हमला हो । संयोग कस्तो भने दुवै पटक यही गाडी बाघको हमलामा परेको छ ।
यो नेशनल पार्कमा पर्यटक सफारी गाडी चढेर घुम्न मन पराउँछन् । इनोवाबाट आएको एउटा परिवार यही गाडीमा घुमिरहेका थिए ।
ठीक त्यहीँ बेला बाटोमा बाघको हुल भेटियो ।
बाघ भागेनन्, बरु दुई बाघले गाडीको अगाडि र पछाडिबाट हमला गरे ।
ड्राइभरले गाडी थप कुदाए र हर्न बजाउँदै अगाडि बढे ।
घटनापछि पार्क प्रशासन र सुरक्षा निकायले सुरक्षामा थप ध्यान दिएको छ ।
No comments:
Post a Comment