भारतको उत्तर प्रदेशमा निर्माणाधीन भवन भत्किएर सात जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको कानपुरमा निर्माण कार्य गरिरहेका बेला भवन भत्किँदा च्यापिएर ती मजदुरको मृत्यु भएको हो।
कानपुर विकास प्राधिकरणको कोलोनीमा भएको उक्त घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्। सात तले उक्त भवन निर्माणमा ४० भन्दा बढी मजदुर कार्यरत रहेको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेको उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। भारतका गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गरेका छन्।
No comments:
Post a Comment