Wednesday, 1 February 2017

यौनसम्पर्क भन्ने बित्तिकै ...! 'कम उमेरको यौन काचोँ फल ' -

अहिलेको आधुनिक युगमा यौनका बारेमा जानकारी पनि चाँडै हुन्छ । किशोर किशोरीमा यौनसम्बन्धी कुराको बारेमा उत्सुकता पनि हुन्छ । १५ बर्षको उमेरमा गरिरहनुभएको यौनसम्पर्क कानुनी, शारीरिक वा मानसिक कुनै हिसाबले पनि ठिक होईन ।

यो उमेरमा परिपक्वता पनि आईसकेको हुदैँन । मलाई एकजना साथीले सुनाउनुभएको थियो कि एउटा ९ बर्षको बच्चामा पनि यौनको लत लागी, यौनसम्पर्क नगरी बस्नै नसक्ने भएर सुधार गृहमा राखेको उदाहरणहरु पनि पाईन्छ । सबैभन्दा मुख्य कुरा त उहाँहरु आफ्नो पढाईमा लाग्नुभएको छ वा छैन ।

  यो भनेको त अध्ययन गर्ने बेला हो । यो समयमा त एकदमै संयमता अपनाएर अध्ययनमा नै केन्द्रित भएमा पनि यसबाट टाढा रहन सहयोग गर्छ । यदि तपाईले छोड्नै चाहानुभएको हो भने यसको लागी सबैभन्दा पहिला त आफैँले छोड्छु भनेर कसम खानु आवश्यक हुन्छ ।

त्यसपछि पनि सक्नुभएन भने तपाईले बिभिन्न परामर्श केन्द्रहरु हुन्छन् त्यहाँ गएर पनि आफ्नो बानी हटाउन सक्नुहुनेछ । तपाईहरुले यौनसम्पर्क गर्दा जुनसुकै समयमा पनि तपाईलाई मानसिक तनाव हुन्छ किनकी लुकेर गर्नुपर्ने हुन्छ । कसैले देख्छ कि भन्ने डर हुन्छ । त्यसका साथसाथै यौनजन्य रोगहरुको संक्रमण पनि हुनसक्छ । जस्तै एच.आई.भी., भिरिङ्गी, सुजाकजस्ता यौनरोगहरुको संक्रमणको पनि नजिक हुनुहुन्छ ।

तेश्रो कुरा भविष्यको बारेमा हो, भविष्यको कुरा अध्ययनको कुरा जीवनमा अघि बढ्ने कुरामा समय जादैँन र यौनपट्टिमात्र एकोहोरो भएर लागिराख्दा ग्लानी पनि हुन्छ जुन अहिले तपाईँलाई भईराखेको छ । सबै नकारात्क असरहरु र मानसिक तनावहरुले गर्दा उहाँ पछि मानसिक रोगी बन्ने सम्भावना पनि यसवाट देखापर्न सक्छ ।

त्यसैले सानै उमेरमा गरिने यौनसम्बन्धले क्षणिक रमाईलो लागेता पनि भविष्यमा यसको दिर्घकालिन असर भने नराम्रो नै रहन्छ । यौन भन्ने कुरा त समय आएपछि स्वभाबिक रुपमा भई नै हाल्छ नी तर करियर बनाउने समयले पर्खेर बस्दैन तपाईलाई, एउटा समय पार भईसकेपछि त करियर बनाउने समय सकिन्छ । त्यसैले बेलैमा ध्यान दिउँ ।


अर्को जिज्ञासा : १४ बर्षको केटी साथीले महिनावारी सुरु भएको ६ महिनापछि यौनसम्पर्क गर्न थाल्नु भयो अहिले उहाँलाई डर लागेको छ । अब के गर्ने ?


सायद उहाँको महिनावारी सुरु १४ बर्षमा भयो होला । ६ महिना पछि यौनसम्पर्क हुन्छ की हुदैँन भन्नुभयो, पहिलो महिनावारी नै हो की अथवा मलाई शंका लागेको कुरा के हो भने उहाँले महिनावारी शुरु हुनुभन्दा पहिले नै यौनसम्पर्क गर्नुभयो त्यसपछि महिनावारी भयो अनि ६ महिना रोकिएको अवस्था पनि हुनसक्छ ।

यदि त्यसो हो भने पहिला कन्फर्म गर्नुपर्यो उहाँ गर्भवती हुनुभएको छ वा छैन भनेर । अर्को कुरा १४ बर्षको उमेरमा यौनसम्पर्क गर्नहुन्छ भनेर म कुनैपनि हालतमा भन्नै सक्दिन । यदि ६ महिना महिनावारी रोकिएकोमा उहाँलाई चिन्ता लागेको छ भने एक त डक्टरकोमा गएर समस्याको निराकरण गर्ने र अर्को कुरा कसैकसैको पहिलो महिनावारी भएको १ बर्ष पछि मात्र दाश्रो महिनावारी हुनसक्छ । तर प्राय त नियमित नै हुन्छ ।

कम उमेरको यौनसम्बन्ध काचोँ फलको स्वादजस्तै ।

रुखमा लटरम्म फलिरहेको फललाई हामीले देख्यौँ र खान मन लागेर खायौ भने त्यो फल टर्रो अनुभव हुन्छ, त्यसको कुनै स्वाद हुदैँन । त्यस्तै यौनजन्य कुराहरु पनि सबै कुरा बुझेर, परिपक्व भईसकेपछि मात्र सहभागी हुने कुरा हो ।

यौनसम्पर्क भन्ने बित्तिकै शारीरिक कुराहरुलाई मात्र जोडेर हेर्नुहुदैँन । यसको लागी त सबैभन्दा पहिला भावनात्मक रुपमा पनि तयार हुनुपर्ने हुन्छ, त्यसैगरी शारीरिक रुपमा सबै अङ्गप्रत्यङ्गको बिकास भईसक्नुपर्ने हुन्छ ।

अर्को कुरा आर्थिक रुपमा पनि थेग्न सक्ने हुनु आवश्यक छ । यौनसम्पर्क भईसकेपछि आउने बाधा अप्ठ्यारालाई पनि पन्छाउन सक्नुपर्दछ । समाजमा पनि आफ्नो बाटो लिईसकेको, अध्ययन पुरा भईसकेको र भविष्यको कुनै एउटा पाटोलाई समातिसकेको मानिषले यौनसम्पर्क गर्दा जुन आनन्द आउँछ त्यो आनन्द अहिले हतारमा वा डराएर गरेको यौनसम्पर्कमा कदापि आउँदैन ।

newsabhiyan

No comments:

Post a Comment