Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Monday, 6 February 2017

युएईमा नर्सको कमाइ ५ लाख रुपैयाँसम्म



युएई – खाडीका विभिन्न देशहरुमध्ये नेपाली कामदारका लागि राम्रो मानिने युएईमा नेपाली नर्सले ५ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । विगत ६ वर्षदेखि युएईमा नर्सिङ पेशा अपनाइरहेकी काठमाडौंकी सुर्या लक्ष्मी मानन्धरले यहाँका सरकारी अस्पतालमा नर्सका लागि राम्रो अवसर रहेको बताइन् ।
उनका अनुसार यहाँका अस्पतालमा काम गर्नका लागि दुबई हेल्थ अथोरिटी वा अवुधावीमा भए त्यहाँको यस्तै संयन्त्रको लाइसेन्स लिनुपर्छ । जुन अनलाइन फर्म भरेर नेपालबाटै दिन मिल्ने उनले बताएकी छिन् ।
नर्सले रसिजष्ट्रेसनका लागि फर्म भने ब्याचुलर लेभलको नर्सिङ गरेर कम्तिमा एक वर्ष नेपालकै अस्पतालमा काम गरेको अनुभव हुनुपर्छ । युएईमा धेरै एजेन्सीले राम्रो अवसर भनेर होम नर्सिङमा पठाउने भएकाले सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘होम नर्सिङका लागि लाइसेन्स चाहिँदैन । तर, त्यहाँ त्यति राम्रो हुँदैन ।’
भर्खरै पनि केही एजेन्सीले दुबईका अस्पतालका लागि नर्स चाहिएको भनेर बिज्ञापन गरेको र आफूले बुझ्दा त्यस्तो नरहेको बताइन् । उनले भनिन्, ‘कति दिदिबहिनी नबुझेर आउने भएकाले दुःख पाएको कुरा बेला–बेला सुनिन्छ ।’
दुबईका अस्पतालमा काम गर्दा नर्सले १ लाख २० हजारदेखि ५ लाखसम्म पारिश्रमिक पाउने उनले जानकारी दिइन् ।स्वास्थ्य खबरपत्रिकाको सहयोगमा

३० वर्षको उमेरपछि पुरुषले गर्नुपर्छ यी परीक्षण :: 2 मिनेट समय दिएर पूरा पढ्नु होस ।


थाइरड परीक्षण
बिना कारण थकान लाग्ने, मांशपेशी दुख्ने, ज्वरो आउने र भोक नलाग्ने समस्या भएमा थाइरडको समस्या हुन सक्छ, तसर्थ थाइरडका लागि टी थ्री, टी फोर र टीएचएसको परीक्षण गर्नुपर्छ । परिवारमा कसैलाई थाइराइडको समस्या छ भने वर्षमा एक पटक थाइरड परीक्षण गर्नुपर्छ ।
रक्तचाप
३० वर्षको उमेर पुगेपछि मानिसलाई रक्तचापको समस्या हुने गर्छ । महिनामा एक पटक रक्तचाप परीक्षण गर्नुपर्छ । उच्च रक्तचापले किड्नी, मुटु र स्ट्रोकको खतरा हुने गर्छ ।
डायबिजिटज
३० वर्ष पुगेपछि वर्षमा एक पटक फास्टिङ र रेड ब्लड सुगर परीक्षण गर्नुपर्छ । बढी गुलियो खानेकुरा खाँदा डायबिटिजको समस्या हुन्छ ।
लिपिड प्रोफाइल
लिपिड परीक्षणबाट कोलेस्ट्रोल र ट्राइगिस्लाइडको तह पत्ता लगाउन सकिन्छ । लिपिड प्रोफाईल बढी भएमा किड्नी र मुटु रोगको खतरा हुन्छ । वर्षमा एकपटक लिपिड परीक्षण गर्नुपर्छ ।
कलेजो परीक्षण
कलेजोले राम्रोसँग काम गरेको छ वा छैन ? लिवरसँग सम्बन्धित कुनै समस्या त छैन भन्ने थाहा पाउन बर्सेनी कलेजो परीक्षण गर्नुपर्छ ।
रिनल प्रोफाइल
किड्नीले राम्रोसँग काम गरेको छ वा छैन पत्ता लगाउन वर्षमा एक पटक रिनल प्रोफाइल परीक्षण गर्नुपर्छ । रिनल परीक्षणबाट किड्नीको समस्या भए वा नभएको पत्ता लगाउन सकिन्छ ।
अल्ट्रा सोनोग्राफी
यो परीक्षणबाट फ्याटी लिवर, स्टोन, अल्सर वा पेटसँग सम्बन्धित अन्य समस्या पत्ता लगाउन सकिन्छ । तसर्थ वर्षमा एक पटक अल्ट्रा सोनोग्राफी गर्नुपर्छ ।
भास्करडटकमबाट

यस्ता छन् अनुहार चम्किलो बनाउने घरेलु तरिका


– काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।
– दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।
– यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।
– एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ ।
– एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।
– टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो ।
– चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।
– छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन ।
– शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस् । अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ ।
– कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
– नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।
– एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।
– छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस् । चिल्लोपना नियन्त्रणमा आउँछ ।
– चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ । एजेन्सी

गिजाबाट रगत आउनेले जान्नैपर्ने यी तथ्य


कति मानिसको गिजाबाट रगत आउने समस्या हुन्छ । यहि कारण मानिसहरु अरुको अगाडि गएर बोल्न हिच्किचाउँने गर्छन् । यस्तो समस्याले मानिसलाई दिनभरि तनाव दिन सक्छ । यही कारण मानिस दिनभरि चिन्तित हुनुपर्छ । कतिले त खाना चपाउँदा वा साह्रो चिज खाँदा रगत आउने भएकाले खाना नचपाई निल्ने गरेको पनि पाइएको छ । यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ ।
गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह जरुरी हुन्छ । दाँत तथा मुखसँग सम्बन्धित र शरीरसँग सम्बन्धित समस्याका कारण गिजाबाट रगत आउँछ ।
क) छोटो समय
गिजामा चोटपटक लागेमा रगत आउँछ । जस्तै, कडा ब्रस प्रयोग गरेमा, तिखो वा धारिलो वस्तु प्रयोग गर्दा घोचिएमा, दन्त उपचार गर्दा चोटपटक लागेमा, ज्यादै तातो वा चिसो प्रयोग गर्दा, औषधि सेवन गर्दा, केही संक्रमणका कारण पनि रगत आउन सक्छ । यस्तो अवस्थामा उपचार नहुँदासम्म रगत आउँछ ।
ख) दीर्घकालीन वा पटकपटक भइरहने
गिजाको दीर्घकालीन सुजनले गर्दा पटकपटक रगत आउने गर्दछ । दाँत वा गिजाको बीचमा फोहर जम्मा भएर यस्तो समस्या आउन सक्छ । दीर्घकालीन गिजा सुजनमा दाँत ब्रसिङ गर्दा, टुथपिक, डेन्टल फ्लस प्रयोग गर्दा, खाना अड्केमा, कडा ठोस खाद्य पदार्थ टोक्दा, चपाउँदा, कहिलेकाहीँ बोल्दा र जिब्रो चलाउँदा पनि गिजाबाट रगत आउँछ । यस्तो समस्या लिएर आउने बिरामीमध्ये करिब ९५ प्रतिशतमा दीर्घकालीन गिजा सुजन हुने गरेको पाइन्छ ।
शरीरसँग सम्बन्धित कारण
क) शिरा वा धमनीको असामान्य अवस्था – भिटामिन ‘सी’को कमी, शिरा वा धमनीको एलर्जीले पनि गिजाबाट रगत आउँछ ।
ख) प्लेटलेटको असामान्य अवस्था – प्लेटलेटको संख्यामा कमी वा बढी, प्लेटलेटको कार्यमा असक्षमताका कारण पनि रगत आउँछ ।
ग) भिटामिन ‘के’को कमी – कलेजो सम्बन्धी रोग र भिटामिन ‘के’को कमी हुनगई रगत जम्न आवश्यक पर्ने प्रोथोम्बिनको कमी भई रगत आउने गर्दछ ।
घ) रगत जम्ने प्रक्रिया, कोगुलेसनमा कमजोरी – हेमोफिलिया, ल्युकेमिया, डेँगू रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्दछ ।
ङ) प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्व, पीएफ ३ को कमी – युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपुरा रोगीहरूमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्दछ ।
च) औषधिको प्रयोग बढी भएमा – एस्प्रिन, हेपारिन, डाइकुम्यारोलको मात्रा रगतमा बढी भएमा पनि गिजाबाट रगत आउने समस्या देखा पर्दछ । साथै, महिनावारी पटक–पटक भइरहने र रक्तस्राब बढी हुने महिलामा पनि गिजाबाट रगत आउने समस्या देखिन्छ ।
खाना खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनुपर्दछ । त्यस्तै, विद्यालयका शिक्षक–शिक्षिकाले पनि आ–आफ्नो कक्षाका विद्यार्थीलाई दैनिक दुई पटक दाँत माझ्ने निर्देशन दिनुपर्छ । समयमै सचेत भई बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नुअगाडि चार मिनेट मुखको सरसफाइ ग-यौं भने मुखका रोगहरूबाट करिब ९० प्रतिशत मुक्त हुन सकिन्छ ।
गोर्खाली न्यूज को सहयोगमा

गर्भ नरहने गरि कसरी संभोग यसरी गर्नुहोस्

काठमाडौँ / हाम्रो समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ ।


पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो ।अहिले गर्भ निरोधक का अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन ।





केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ । इम्लानटको प्रभावकारिता ९९ .९५ प्रतिशत , कपरटिको ९९ .२० प्रतिशत छ भने तिन महिने सुइ को ९७ प्रतिशत छ । कन्डमको कुरा गर्दा नियमित रुपमा सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सहि ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।

विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।

अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ। न्यूजअभियानबाट

महिलालाई दुर्लभ रोग- पतिसँग यौन सम्बन्ध राखे मृत्यु हुनसक्ने...

अमेरिकाको क्लोराडामा बस्ने एक महिलालाई एक दुर्लभ किसिमको रोग देखा परेको छ । कैटी बैनना नामकी ३४ वर्षीय महिलालाई व्यायाम गरे वा श्रीमानसंग शारीरिक सम्बन्ध राखेमा मृत्यु हुन सक्ने खालको रोग देखिएको चिकित्सकले जनाएका छन् ।
कैटीले छ वर्षको अवधिमा कयौं डाक्टरहरुलाई भेटेर आफ्नो रोगबारे जानकारी गराएकी छन् । छिटो हिड्नेदेखि लिएर पतिसंग शारीरिक सम्बन्ध बनाउने कार्य गर्दा उनी बेहोस् नै हुने गरेकी छन् । यसै कारण चिकित्सकहरुले पनि उनलाई यस्ता काममा सजग रहन सुझाव दिएको छ ।
व्यायाम गर्न आफूलाई मन पर्ने भएपनि रोगकै कारण डर लाग्ने गरेको उनी बताउँछिन् । वषौंदेखि नर्सिङ पेसामा रहेकी कैटीले कैयौं पटक आफू बेहोस् भएको पाइकी छन् ।
कैटीले आफ्नो यस्तो दुर्लभ रोगको बारेमा २२ वर्षको उमेरमा थाहा पाएकी थिइन् । जुन बेला उनी बेट्स कलेजमा धार्मिक अध्ययन गरिरहेकी थिइन् । मैदानमा आफ्नो साथीहरुसंग दौडिरहेका बेला उनलाई त्यस्तो भएको थियो ।
एजेन्सी

Sunday, 5 February 2017

सावधान ! यी हुन् मिर्गौला रोगका १० संकेत

एजेन्सी- प्रायः मिर्गौला रोग सुरुवाती अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । मुत्रविज्ञका अनुसार गलत खानपान तथा औषधिको साइड इफेक्टका कारण मिर्गौला खराब हुन्छ । त्यसैले केही सावधानी अपनाउन सकेमा यसबाट बँच्न सकिन्छ । मिर्गौलामा समस्या उत्पन्न भएपछिका १० प्रारम्भिक लक्षण यस्ता हुन्छन्, जसलाई नजरअन्दाज गरियो भने अन्ततः ज्यान नै जोखिममा पर्दछ:
१. बारम्बार पिसाब लाग्नु । रातमा अझ बढी पिसाब लागिरहनु ।
२. पिसाब गर्दा पोल्नु, दुख्नु, अप्ठेरो महसुस हुनु ।
३. पिसाबमा रगत वा पिप देखिनु ।
४. जिउ सुन्निनु जसलाई इडेमा भनिन्छ । मिर्गौला खराब भएसँगै शरीरमा जम्मा भएको पानी तथा नुन छानिएर बाहिर आउन पाउँदैन, त्यसैले सरीर फुलिन्छ ।
५. रक्तअल्पता र कमजोरी । मिर्गौला खराब भएसँगै रगमा अक्सिजनको आपूर्ति राम्रोसँग हुँदैन जसले रक्तअल्पता तथा कमजोरी पैदा हुन्छ ।
६. छालाको समस्या । मिर्गौलाको खराबीले शरीरबाट विषाक्त पदार्थ बाहिर आउन पाउँदैन, जसका कारण छालामा समस्या देखा पर्दछ ।
७. मुखबाट गन्ध आउने । मिर्गौलाको खराबीका कारण रगतमा युरियाको लेभल बढ्दछ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ ।
८. रक्तचाप बढ्नु । मिर्गौला खराब भएसँगै रगतमा पानी तथा नुनको मात्रा बढ्दछ, जसका कारण रक्तचाप बढ्दछ ।
९. वाकवाकी लाग्नु । मिर्गौलाको खराबीका कारण शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नपाउँदा जुनसुकै बेला रिँगटा लाग्ने र वाकवाकी लाग्ने समस्या हुन्छ ।
१०. जोर्नी दुख्ने । यो मृगौला रोगको आम लक्षण हो । मृगौला खराब भएसँगै जिउका धेरैजसो जोर्नी दुख्ने समस्या पैदा हुन्छ ।

महिलालाई हट लाग्छन् यस्ता पुरुष, शारीरिक सम्बन्ध नै राख्न चाहन्छन् (अनौठो रिपोर्ट)

महिला र पुरुषबीच हुने यौन सम्बन्ध र आकर्षणलाई लिएर अहिलेसम्म धेरै प्रकारका अध्ययनहरु भइसकेका छन् । भर्खरै मात्रै एक अध्ययनले दाबी गरेको छ कि महिलालाई यौन सम्बन्ध राख्नका लागि सबैभन्दा बढी शरीरमा ठूला–ठूला टैटू बनाएका पुरुषहरु मन पर्छन् ।
टैटू बनाएका पुरुषसंग महिलाहरु तुरुन्तै आकर्षित हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने अध्ययननमा सामेल पुरुष र महिला दुबैले यसलाई पुष्टि समेत गरेका छन् । अध्ययनमा करिब अढाई हजार पुरुष र महिलाले आफ्नो विचार राखेका थिए ।
तर, दोस्रो तर्फ स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने शरीरमा टैटू बनाउनु राम्रो मानिँदैन । यसबाट छालामा संक्रमण हुने हुने गर्छ । यस्तै एउटै औजार प्रयोग गरेमा प्राणघातक रोग एचाइभी सर्ने खतरा पनि हुने चिकित्सकहरु बताउँछन् ।
यसका साथै यसमा प्रयोग हुने क्यान्सर हुने खतरा पनि बढी हुने गर्छ । अध्ययनमा पनि जुन पुरुषले शरीरमा आकर्षक टैटू बनाएको छ उसैलाई बढी यौनका लागि स्वीकार गर्ने गर्छन् । एजेन्सीको सहयोगमा


यौनसम्पर्क गर्दा पुरुषको विर्य झरेको-नझरेको कसरी थाहा पाउने ? (डाक्टरको सुझाब)

महिलाको योनि तथा पाठेघरको मुखको संवेदनशीलता
महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।
सामान्यत: हामीले बुझिआएको कुरा के हो भने योनि यौन संवेदनशील अंग हो । यसको घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एकतिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि । महिलाको यौन तथा प्रजजन अंगको स्नायुलाई विशेषत: दुई किसिममा भाग लगाउन सकिन्छ, जसमध्ये एकलाई Somatic भने अर्कोलाई visceral भनिन्छ । Somatic प्रकारका स्नायु भएको अंगबाट आएका सन्देश स्पष्ट (accurate, localized) हुन्छन् भने visceral किसिमको अंगबाट आएका सन्देशहरू अस्पष्ट (impresize and non-localized) हुन्छन् । योनिको भित्री दुईतिहाइ भाग, पाठेघरको मुख, पाठेघर, डिम्बवाहिनी नली, डिम्बाशय अनि वरिपरिका अंगहरूमा visceral किसिमका स्नायु हुन्छन्, जसले गर्दा त्यहाँ आउने सन्देश त्यति स्पष्ट हुँदैनन् ।
यौन चरमसुखको कुरा
यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण (Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख (Orgasm Phase) र Resolution Phase (रिजोलुसन फेज) हुन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।
चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा स्वर्गीय आनन्द भन्छौं ।
पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अंगहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।यौनसम्पर्क गर्दा पुरुषको विर्य झरेको-नझरेको कसरी थाहा पाउने ? (डाक्टरको सुझाब)
के महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ?
माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।
वीर्य स्खलन योनिबाहिर वा भग क्षेत्रमा भएको स्थितिमा राम्रैसँग थाहा पाउने स्थिति हुन्छ । गुदा मैथुन गर्दा मलाशयमा वीर्य स्खलन हुँदा भित्री योनिमा गरिएको भन्दा राम्रोसँग थाह पाउने स्थिति हुन सक्छ अनि मुखमैथुनमा वीर्य स्खलन हुँदा त थाहा पाइने भैहाल्यो ।
यौन चरमसुख प्राप्त हुने हाराहारीमा श्वास–प्रश्वास बढ्नेदेखि मांसपेशीमा संकुचन आउने अनि पुरुषले आनन्द प्राप्त गर्दा फरक किसिमको आवाज निकाल्ने अनि लिंग भित्र–बाहिर गर्ने कार्य रोक्ने जस्ता कतिपय कुरा गर्छन् । योनिभित्र नै वीर्य स्खलन भएको कुरा स्पष्ट थाहा नभए पनि यी कुराका आधारमा पनि महिलाले पुरुषको वीर्य स्खलन भएको
थाहा पाउँछन् ।
साभार: साप्ताहिक

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ !! -

डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।
यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।

टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।
कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट


यौन सम्बन्धको बेला नारीको योनीको आकार किन बढ्छ र कत्रो हुन्छ ?

यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजनाअघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।Image result for nepali sex tips

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ । अण्डकोषको आकार २ इञ्च लम्बाई, ५.२३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ ।

तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । योनिको झिल्ली (हाइमन को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ । पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् ।

एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ । एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ । पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।

नेपालआजबाट

परपुरुस सँग विवाह अघि यौन सम्बन्ध भए नभएको थाहा हुन्छ ?

सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमानले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।

सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।
योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन ९योनि टाइट पार्ने० र ल्याबिया रिडक्सन ९योनि सानो पार्ने० प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।Image result for nepali sex tips
विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दो हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।

भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ । शुक्रवारबाट

महिलालाई हट लाग्छन् यस्ता पुरुष, शारीरिक सम्बन्ध नै राख्न चाहन्छन् (अनौठो रिपोर्ट)

एजेन्सी । महिला र पुरुषबीच हुने यौन सम्बन्ध र आकर्षणलाई लिएर अहिलेसम्म धेरै प्रकारका अध्ययनहरु भइसकेका छन् । भर्खरै मात्रै एक अध्ययनले दाबी गरेको छ कि महिलालाई यौन सम्बन्ध राख्नका लागि सबैभन्दा बढी शरीरमा ठूला–ठूला टैटू बनाएका पुरुषहरु मन पर्छन् ।
Image result for nepali sex tips
टैटू बनाएका पुरुषसंग महिलाहरु तुरुन्तै आकर्षित हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने अध्ययननमा सामेल पुरुष र महिला दुबैले यसलाई पुष्टि समेत गरेका छन् । अध्ययनमा करिब अढाई हजार पुरुष र महिलाले आफ्नो विचार राखेका थिए ।

तर, दोस्रो तर्फ स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने शरीरमा टैटू बनाउनु राम्रो मानिँदैन । यसबाट छालामा संक्रमण हुने हुने गर्छ । यस्तै एउटै औजार प्रयोग गरेमा प्राणघातक रोग एचाइभी सर्ने खतरा पनि हुने चिकित्सकहरु बताउँछन् ।

यसका साथै यसमा प्रयोग हुने क्यान्सर हुने खतरा पनि बढी हुने गर्छ । अध्ययनमा पनि जुन पुरुषले शरीरमा आकर्षक टैटू बनाएको छ उसैलाई बढी यौनका लागि स्वीकार गर्ने गर्छन् ।

महिलामा क्यान्सर : विकसित देशमा घट्दो, नेपालमा बढ्दो -

महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। नेपालमा पाठेघरको मुख र स्तन क्यान्सर बढी देखिएको चिकित्सको भनाइ छ।

महिलामा बढी मात्रामा हुने पाठेघर र स्तन क्यान्सर नियमित जाँचबाट समयमै पहिचान र उपचारसमेत गर्न सकिने भए पनि नेपालमा चेतना अभावमा घट्नुको साटो बढ्दो रहेको वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले बताइन्।

बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुरले संकलन गरेको तथ्यांकका आधारमा नेपालमा १० वर्ष (सन् २००३–१३) मा ५६ हजार क्यान्सर रोगी पहिचान भएकोमा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष छन्। यो तथ्यांक स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको आधारमा संकलन गरिएको हो।

अस्पतालको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगका अनुसार पाठेघरको पानी (प्यापस्मेयर) जाँचबाट पाठेघर र मेमोग्राम गरेर स्तनको क्यान्सर समयमै पहिचान गर्न सकिन्छ। चिकित्सकका अनुसार विवाहित महिलाले प्रत्येक वर्ष नै प्यापस्मेयर जाँच गर्नु राम्रो हुन्छ। यो जाँच महँगो पनि छैन।

 ‘यी दुई प्रकारका क्यान्सर कम गर्न सके झन्डै ३५ प्रतिशत कारक रोकथाम गर्न सकिन्छ,’ प्रधानांगले भने, ‘हाम्रोमा जनचेतना जगाउने र स्त्रि्कनिङको कार्यक्रम नै छैन्।,’ पाठेघर क्यान्सर रोकथामका लागि नेपालमा सन् २००६ देखि खोप सुरु भए पनि थोरै किशोरीले मात्रै यो पाएका छन्। यो खोपले ११–१२ वर्षदेखि २१ वर्षसम्मका किशोरीलाई एचपिभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ।

डा. चापागार्इंका अनुसार विकसित देशका महिलाले परास्त गरिसकेको पाठेघरको मुखको क्यान्सर नेपालमा अहिले पनि महिलामा हुने क्यान्सरमध्ये प्रमुख छ। यसै कारणले नेपालमा महिला क्यान्सर रोगीको संख्या बढी भएको उनले बताइन्।

चिकित्सकहरूका अनुसार वंशाणुगत कारणले हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा छ। रोकथाम सम्भव हुने पाठेघरको मुखको क्यान्सर रोक्न सकेकै कारण विकसित देशमा महिलाभन्दा पुरुष क्यान्सर रोगीको संख्या बढी छ।

क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरमात्र पूर्वअवस्थामा सजिलै पत्ता लगाउन सकिन्छ। विकसित देशमा न्यून मात्रामा भेटिने पाठेघरको मुखको क्यान्सर नेपालमा झन्डै २१ प्रतिशतमा छ। त्यसैगरी स्तनमा आफैं छाम्दा पनि गाँठा भेटिने हुनाले स्तन क्यान्सर पनि सजिलै पत्ता लगाउन सकिने चिकित्सक बताउँछन्। स्तन क्यान्सरले नेपालमा महिलामा हुने कुल क्यान्सरको १६ प्रतिशत हिस्सा ओगटेको छ। डा. चापागार्इंका अनुसार अधिकांश क्यान्सरका बिरामी ‘थर्ड’ वा ‘फोर्थ’ स्टेजमामात्रै अस्पताल पुग्छन्। ‘महिलासँग सम्पत्तिको निर्णय गर्ने अधिकार पनि कम छ,’ उनले भनिन्, ‘फेरि प्रजनन् अंगका रोगबारे महिला खुलारुपमा सबैसँग भन्न पनि सक्दैनन् र जटिल बनिसक्छ।’

प्रधानांगका अनुसार महिलामा पाठेघर र स्तन क्यान्सरपछि क्रमशः फोक्सो, डिम्बाशय, पित्तथैली पेट, रगत, थाइराइड, दिनशानलीको क्यान्सर बढी छ। त्यसैगरी पुरुषमा १९ प्रतिशत फोक्सोको क्यान्सरका रोगी छन्। जसको प्रमुख कारण धूमपान हो। यसबाहेक पुरुषमा पेट, रगत, घाँटी, पिसाब थैली, खानानली, मुख तथा जिब्रो, दिशानली र पित्तथैलीको क्यान्सर बढी छ। ‘स्त्रि्कनिङ र जनचेतनाको पाटो बढाउने हो भने, महिलामा हुने अधिकांश क्यान्सर घटाउन सकिन्छ,’ प्रधानांगले भने।

चिकित्सककाअनुसार साधारणतया क्यान्सर ४० वर्ष उमेरपछि देखा पर्ने भए पनि नेपालजस्ता अविकसित देशमा ३० वर्ष अथवा सोभन्दा कम उमेरमै देखा पर्ने गरेको छ। नेपालमा भरतपुरसहित, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर, त्रिवि शिक्षण र कान्ति बाललगायत केही निजी अस्पतालमा उपचार हुन्छ।

पाठेघर क्यान्सरको प्रमुख कारण एचपिभी (ह्युमन पापिलोमा भाइरस) भएको चिकित्सक बताउँछन्। कुपोषण, खानेपानी, सरसफाइ र यौनसम्पर्कबाट यो भाइरस सर्छ। यौन सम्पर्कले यसको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीसँग सम्बन्धित रहेको पाइएको छ।

यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एकपटक उक्त भाइरसले सताउँछ। एचपिभी धेरै प्रकारको हुने भए पनि १३ प्रकारले मात्र पाठेघर मुखको क्यान्सर निम्त्याउँछ। एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभीभाइरस–१६र १८ को संक्रमणले भएको पाइएको छ।

कम उमेरमा विवाह र यौन सम्पर्क हुनु, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, कम उमेरमा धेरै बच्चा पाउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांगसम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हुन्। विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ।

शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया जारी रहन्छ। कोष विभाजन, यसको नष्ट र डिएनए निर्माणमा महत्वपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुग्यो भने निर्माण प्रक्रिया अनियान्त्रित भई क्यान्सर हुन्छ।

विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुन्छ। अन्दाजी २ लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ। नेपालमा बर्सेनि ५० देखि ६० हजार नयाँ क्यान्सरका बिरामी थपिने अनुमान छ। त्यसमध्ये करिब ५ देखि ६ हजार अस्पतालमा उपचार गराउन पुग्छन्।


दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको व्यथा


मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ?
यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ?
मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ?
यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।लाइटनेपालबाट


यौन सम्पर्कबारे यस्तो सनसनीपूर्ण खुलासा :: तपाईंले कहिल्यै नसोचेको नयाँ कुरा पत्ता लाग्यो!


एजेन्सी ।यौन सम्पर्कको विषयलाई लिएर एक नयाँ खुलासा भएको छ । वैज्ञानिकका अनुसार यौन सम्पर्कका बेला प्राप्त हुने हार्मोनका कारण अध्यात्ममा बृद्धी हुन्छ र भगवानप्रति आस्था बलियो हुन्छ । अध्ययनका अनुसार संभोगका बेला आक्सिटासिन नामको हार्मोन निक्लन्छ । यसले सामाजिक बन्धनलाई बलियो पार्न, बच्चा जन्माउन मात्र नभएर धर्मप्रति लगावसमेत बढाउँछ ।
अमेरिकाको एक विश्वविद्यालयको टोलीले गरेको अनुसन्धानमा आक्सिटासिनको मात्र बढाइएकामा आध्यात्मिक भावना बढी पाइएको थियो । यसको असर एक हप्ता पछिसम्म रहेको समेत पाइयो । हार्मोन प्राप्त गर्नेहरुमा सकारात्मक भावनासमेत पाइएको थियो। अध्ययनबारे वैज्ञानिक पेटी वार्न क्यापलन भन्छन्, ‘अध्यात्म र ध्यान स्वास्थ्य र कल्याणमा एकआपसमा जोडिएका छन् ।
हाम्रो अध्ययनबाट जैविक कारणले आध्यात्मलाई बढावा दिने निश्कर्ष निक्लिएको छ ।’


जोसिएर यौनसम्पर्क गर्दा स्मरण शक्ति गुम्ने खतरा


न्यूयोर्क । अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जनामा स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको जनाएको छ ।

अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ ।

कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ ।

यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको भोलिपल्ट डिनरमा के खाएको भन्ने पनि बिर्सने गरेको बताइएको छ ।

यो तथ्यको कारण मानिसहरू यौनबाट टाढिन सक्ने भएकाले तर यौनले पीडाबाट छुट्कारा दिई मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भने पक्के बिर्सन नहुने पनि अनुसन्धानकर्ताहरूले बताएका छन् । – एजेन्सी

नाङ्गो सुत्नुको फाइदाहरु...

हामी मध्ये धेरै कपडा लगाएरै सुत्ने गर्छौं । तर स्वास्थ्य सम्बन्धि बिशेषज्ञका अनुसार भने कपडा नलगाई सुत्दा त्यसबाट धेरै फाइदा हुन्छन्। नेशनल स्लीप फाउंडेशनका पावलको भनाइलाई उल्लेख गर्दै ‘डेली मेल’ले उल्लेख गरे अनुसार अमेरिकामा केवल ८ प्रतिशत मात्रै नाङ्गो भएर सुत्ने गर्छन्। नेपालमा कति यसरि सुत्छन् त्यस सम्बन्धि अझै अनुसन्धान हुन बाँकि नै छ।
‘मेन्स हेल्थ’का निन्द्रासंग सम्बन्धित परामर्शदाता डब्ल्यू क्रिस्टोफर विंटर (एमडी)को भनाइ अनुसार हाम्रो शरिरको तापक्रम रातभरि घटबढ भइरहन्छ। जब हामी सुत्छौ तब शरिर चिसो हुन थाल्छ र फेरि जब हामी जाग्छौं शरिर पनि बिस्तारै तात्न थाल्छ। त्यसैले स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञहरु नाङ्गो भएर सुत्न सल्लाह दिन्छन् किनकि यसले राम्रोसंग सुत्न मदत गर्छ। विंटर भन्छन् कि हाम्रो शरीरको तापक्रम तल झर्दा सुत्दा लगाइएको कपडाले गर्मि महशुस हुन थाल्छ जसको कारण हामी कोल्टे फेर्छौं। ‘डायबिटीज’ पत्रिका मा छपिएको एक रिपोर्ट अनुसार नाङ्गो सुत्दा तौल घटाउन पनि सहयोग मिल्छ। यस बाहेक रिपोर्टमा भनिएको छ कि बिना कपडा सुत्दा धेरै अन्य फाइदा पनि हुन्छन्। ‘मेन्स हेल्थ’का अनुसार गहिरो निन्द्रामा हुँदा मेटाबोलिज्मलाई छिटो गर्नुका साथै हाम्रो गर्दनमा एकत्रित ब्राउन फ्याटको उत्पादन पनि बढ्छ। यहि ब्राउन फ्याटले नै हाम्रो शरीरलाई तातो गर्नको लागि क्यारोलि बर्न गर्छ। न्यू जर्सीको एटलांटिक सिटीका यूरोलोजिस्ट ब्रायन स्टेक्सिनर पनि नाङ्गो भएर सुत्दा निजि अंगको सुरक्षा हुने बताउछन्। किनकि, उनि भन्छन्, सुरुवाल र भित्रिबस्त्रले शरिरमा गर्मि पैदा गर्छन् जसको कारण ब्याक्टेरिया उत्पन्न हुने सम्भाबना बढि रहन्छ। पुरुष र महिला दुबै यदि प्रसस्त हावा आउने ठाउँमा सुतेमा उनिहरुको जननेन्द्रिय बढि स्वस्थ्य हुन्छ। ‘मेन्स हेल्थ’ले नाङ्गो भएर सुत्दा शुक्रकिटको उत्पादन पनि बढि हुने उल्लेख गरेको छ। कस्सिएको भित्रिबस्त्रले अंडकोषलाई बढि तातो बनाइदिन्छ जुन शुक्रकिटको लागि राम्रो मानिदैन। त्यति मात्रै होइन राम्रो निन्द्राले तनावको हार्मोन कर्टिसोललाई नियन्त्रण गर्न मदद गर्दछ। विशेषज्ञहरुका अनुसार दुइ विपरीत लिंगि व्यक्ति एक आपसमा नाङो भएर सुता अक्सीटोसीनको स्तर पनि बढ्छ।


डन्डीफोर नियन्त्रण, कपाल झर्न रोक्न, चायाँबाट मुक्ति, मोटोपनको नियन्त्रण, पाचन प्रणालीमा सुधार ल्याउने एउटै अचुक उपाए – मेथी

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने छ ।
१. कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२. चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
३. डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
४. मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५. चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६. पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७. सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८. मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
९. ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
१०. महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।
ओएस नेपालको सहयोगमा