Sunday 5 February 2017

प्रेमिकाको हत्या गरी कोठाभित्रै गाढ्ने उदयनले आफ्नै आमा–बाबुलाई पनि मारेको खुलासा, शवको खोजी जारी


भारतको भोपालमा प्रेमिकाको हत्या गरेर उनलाई घरभित्रै गाढ्ने उदयन दासलाई लिएर स्थानीय पुलिस रायपुरमा पुगेको छ । उनको आमा बुवाको शवको खोजी गर्न खन्ने काम भइरहेको छ । आरोपीले आफ्ना आमा–बुवालाई पनि मारेर रायपुरको घरमा गडेको दाबी गरेका छन् ।
सुन्दर नगरस्थित उदयनको घरमा खन्नका लागि बिहानदेखि नै मजदुरलाई बोलाईको छ ।
– घरको चारैतर्फ पुलिसले घेरेको छ जहाँ मिडियाकर्मीको पनि उल्लेख्य उपस्थिती छ ।
– उक्त घरका अहिलेका मालिक एड्भोकेट हरिश कुमार पाण्डेका अनुसार गार्डेनमा अहिलेसम्म थुप्रै माटो भरिसकिएको छ ।
– शव करिब १० फिट मुनी पाइन सकिने अनुमान गरिएको छ ।
साइको होइनन् उदयनः बंगाल पुलिस
स्टेशनबाट घुर पुग्ने क्रममा मिडियाले जब बंगाल पुलिससँग उदयनको बारेमा सोधे तब उनी साइको नभएको बताइएको छ ।
– अहिलेसम्म उनलाई साइको किलर भनिन्थ्यो तर बंगाल पुलिसले यो दाबीलाई अस्विकार गरिदिएको छ ।
– उदयनले आमा–बुवाको हत्या यसकारण गरे किनभने उनीहरुले उदयनलाई नशा र फजुलखर्चका लागि रोक्ने गर्दथे भन्ने अनुमान गरिएको छ ।
छिमेकीले भने, ‘हामीलाई मृत्युको कारण रोग बताएका थिए
– हरिशको घर वरिपरि बस्ने मानिसले उदयनलाई चिनेको बताए ।
– उदयन रायपुरमा आफ्नी आमा र पूर्व पुलिस अफिसर इन्द्राणी दास र आमा विके दाससँग बस्ने गरेको पत्ता लाग्यो ।
– उदयन र उनको परिवार छिमेकीसँग त्यति घुलमिल नहुने भएकाले वरिपरिका मानिसलाई उनीहरुबारे त्यति जानकारी छैन ।
– उदयनको आमा र बुवाको मृत्यु कुनै रोगका कारण भएको छिमेकीलाई बताइएको थियो ।
– अब मिडियामार्फत उदयनले नै आफ्ना आमा–बुवाको हत्या गरेको भन्ने खबर थाहा भएपछि सबै अचम्ममा परेका छन् ।
के हो घटना ?
– पश्चिम बंगालको बांकुरामा बस्ने देवेन्द्र कुमार शर्माकी छोरी आकांक्षा उर्फ श्वेता (२८) को सन् २००७ मा उदयनसँग अरकुटमा चिनजान भयो ।
– सन् २०१६ को जून महिनामा घरबाट काम गर्ने भन्दै आकांक्षा भोपाल गइन् । त्यहाँ उनी उदयनसाग बस्न थालिन् । उनले आफ्ना परिवारसँग अमेरिकामा काम गर्ने बताउँदै आएकी थिइन् ।
– सन् २०१६ को जुलाईमा आकांक्षाको परिवारसँग कुराकानी हुन छाड्यो । उनको भाइले फोन नम्बर ट्रेस गर्दा भोपाल लोकेसन निस्कियो ।
– आकांक्षाका परिवारलाई उनी उदयनसँगै बसिरहेकी छिन् भन्ने शंका भयो । सन् २०१६ को डिसेम्बरमा आकांक्षा हराएको रिपोर्ट दर्ता गराए ।
– एक महिनाको अनुसन्धानपश्चात् पुलिस उनका प्रेमी उदयनको घरमा पुगे र उनलाई पक्राउ गरे ।
– सोधपुछमा उनले आकांक्षाको हत्या स्विकार गरे । पछि उनले आफ्ना आमा–बुवाको हत्याको पनि रहस्योद्घाटन गरे ।
उदयनले आकांक्षाको हत्या किन गरे ?
– आकांक्षा आफ्नो एक साथीसँग फोनमा धेरैजसो कुरा गरिरहन्थिन् । त्यो कुरामा उदयन रिसाएका थिए ।
– सन् २०१६ को जुलाई १४ तारिखमा आकांक्षा र उदयनबिच निकै चर्को बहस भयो । आकांक्षा सुतिन् तर उदयन रातभरी जागा भए । मार्ने योजना बनाइरहे ।
– १५ जुलाई बिहान आकांक्षाको टाउकोमा बसेर तकियाले उनको मुख बन्द गरिरहे । उनको सास रोकिएपछि उनी रोकिए ।
– यति गर्दासमेत उनको रिस शान्त नभएपछि उनले आकांक्षाको घाँटी थिचे ।

को हुन् उदयन ?
– उदयनका बुवा वीके दास भेलमा फोरम्यान थिए । उदयनकी आमा विध्यांचल भवनमा एनालिष्टको जागिरबाट अवकाश पाइसकेकी थिइन् ।
– उनको आमाको पेन्सन लगभग ३० हजार भारु आउँथ्यो । फेडरल बैंक एमपी नगर शाखामा पितासँग उनको ज्वाइन्ट अकाउन्ट छ।
– यहि पैसाले उदयन र आकांक्षाको खर्च चल्थ्यो ।
पोष्टमार्टमपश्चात् आकांक्षाको शनिबार भोपालमा अन्तिम संस्कार गरिएको छ । एजेन्सी/रातोपाटी

No comments:

Post a Comment