वीरगञ्ज, २३ माघ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट चोरी भएको नवजात शिशु आइतबार फेला परेको छ । शुक्रवार वीरगञ्ज छपकैया–२ निवासी आशा देवी पासवानले जन्माएको छोरा अस्पतालको प्रसुति गृहबाटै हराएको थियो ।
उक्त बच्चा चोरी गरेर लगेको अभियोगमा प्रहरीले पर्साको बेलवा गाविसकी लालसादेवी साहलाई पक्राउ गरेको छ । र, उनकै घरबाट बच्चाको उद्धार गरिएको हो ।
अहिले शिशुलाई अस्पतालले एमआइसियुमा राखेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाबारे थप विवरण सार्वजनिक गर्न प्रहरीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दैछ ।
No comments:
Post a Comment