Sunday 5 February 2017

फोर्स मोटर्सका ‘बस’ अब पोखरामा गुड्ने

पोखरा, २२ माघ । भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्सका यात्रु बाहक बस पोखराका सडकमा गुड्ने भएका छन् । फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.पोखराले ग्राहक भेटघाटका अवसरमा फोर्सका यात्रु बाहक बसका ग्राहकलाई चावी हस्तान्तरण गरेको छ ।

पोखरामा पहिलो पटक व्यवसायिक प्रायोजनका लागि भित्र्याइएको फोर्स मोटर्सको ट्राभलर १३ सिटे बसको पहिलो ग्राहक गोविन्द रानाभाट र भुवन पौडेल बनेका छन् । उनीहरुलाई आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापा तथा फोर्स मोटर्स प्रा.लि.इण्डियाका सहायक बजार प्रबन्धक सुनिल संकले चावी हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भिमाद आराम यातायातका लागि पनि १० वटा बस बुकिङ भएको आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । पोखरामा ट्याक्सी ब्यवसायी अन्तर्गत उक्त बसहरु गुड्ने छन् । फोर्स मोटर्सका बसहरु नेपाली बाटो सुहाउँदो भएकाले धेरै बिक्री हुने आयाम इन्टर कन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।



आयाम इन्टर कन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम अटोटेकका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा लगायतको उपस्थिति थियो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. फोर्स मोटर्सको साना हलुका सवारी साधनको आधिकारिक आयत तथा बिक्री कर्ता हो ।

यसका साथै प्राइम अटो टेक प्रा.लि. काठमाडौंले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौला गिरीका लागि आधिकारिक बिक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले सबै भन्दा बढी १४ सिट क्षमता भएको क्रुजर लगायतमा जिप, कार्गो किङ पिकअप, ट्रम्पफोर्टी डेलिभरी भ्यान जस्ता गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.को मुख्य कार्यालय गैरीधारा काठमाडौं र शाखा कार्यालय बुद्घचोक पोखरामा छ । यसका सब डिलरहरु, सिद्घार्थ अटो टे«डिङ झापा, के.आर.अटो मोबाइल्स बिराटनगर, मास ग्लोबल मोट्र्स राजबिराज, सिद्घान्त अटो मोबाइल्स जनकपुर, रियान मोर्टस चितवन छन् ।

फोर्स मोटर्सको सहयोगमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ विवानले पोखरा, बाग्लुङ तथा काठमाडौंमा सेवा प्रदान गर्ने गरी तीन वटा एम्बुलेन्स सहयोग गरेको थियो ।

No comments:

Post a Comment