Tuesday, 31 January 2017

दुर्जकुमार राईको त्यो अपमान, अनि नयाँ प्रहरी प्रमुख बन्ने हानथाप हेर्दा…

अहिले देशमा संविधान संशोधनको जोडतोडको प्रसंगसंगै दुईवटै प्रहरी (नेपाल प्रहरी र सशस्त्र प्रहरी) को नेत्तृत्व परिवर्तनको कुराले तातो बहस निम्त्याएको छ । यसैले प्रहरीका सम्भावित आशांक्षीहरुबीचमा स्वस्थ–अस्वस्थ दुइवटै प्रतिस्पर्धा देखिन थालेको छ । यसले प्रहरीमा पहिले देखिएका दृष्य–परिदृष्यहरु पुनर्ताजगी भएर आएका छन् ।

अहिले नेत्वृत्वको आकांक्षीहरुमाथि एक आपसमा बाहिरी अनि भित्रैबाट भइरहेको हिलो छ्यापाछ्यापमा प्रहरीभित्रका सदस्यहरु आफै प्रताडित भइरहेका छन् । केही दिन पहिले नेपाल प्रहरीका बहालवाला उपरीक्षकले संगठनको हित चिताएर सामाजिक सञ्जालमा यो अनिश्चितता जति लम्बिन्छ, त्यति नै संगठनले क्षति व्यहोर्नुपर्छ भनेर आफ्नो सदाशयता व्यक्त गरेका थिए ।

प्रहरीको नेतृत्व परिवर्तनको बेला जहिल्यै पनि यस्ता परिदृष्यहरु देखिने गर्छन् । २०६९ सालमा भएको परिवर्तन त झन भयावह थियो । तत्कालिन प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री खुलेरै रक्सारक्सी भएको थियो । पछि प्रधानमन्त्रीले एक नम्बरवालालाई नै नेतृत्व दिने अडानले अन्तिम रुपमा निर्णय लिएको थियो ।

‘नपढ्, नपढ्, तँ पढिनस् भने उ त्यस्तै हुन्छस् ।’ ती महिलाले देखाएका तालिमे प्रहरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेर प्रहरी इन्स्पेक्टरको कडा परीक्षा उत्तिर्ण गरी तालिम गर्दै गरेका प्रहरी अधिकृत थिए । कालान्तरमा उनी सशस्त्र प्रहरी प्रमुख भए अर्थात दुर्जकुमार राई ।

तर, त्यतिबेलासम्म नेतृत्वका आकांक्षीहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले ठूलै आकार लिइसकेको थियो । प्रहरीको नेतृत्व कालान्तरमा एक जनाले लिने हो । तर, आकांक्षीहरुबीचको प्रतिस्पर्धा अनि त्यसमा मलजल गर्ने आन्तरिक र बाह्य कारकहरुको साथै राजनीतिक पृष्ठभूमिले यस्तो अवस्थाको सृजना गरिदिन्छ कि पछि तीं अग्रीम बरियताक्रममा रहेकाहरुको सम्बन्ध सौहार्द हुन गाह्रो हुन्छ ।

त्यसको प्रत्यक्ष असर नेतृत्वकर्ताहरुमा मात्रै नभई सम्पूर्ण प्रहरी संगठनमा पर्न आउँछ । यसको ज्वलन्त उदाहरण नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व र दुई नम्बरमा रहेका अधिकारीबीचको तिक्त सम्बन्धले नै यस्तो सम्बन्ध पैदा गरेको छ ।
यसले तीं अधिकारीका साथै सिधै संगठनका सदस्यहरु र संगठनले जनतामा पु¥याउनुपर्ने परिणामदायी सुरक्षा व्यवस्थामा नै असर पु¥याउँछ । प्रहरीभित्रको साधन र स्रोत लगायतको अभाब त छँदैछ, त्यसमाथि प्रहरीलाई हेर्ने नजर जनमानसमा बेग्लै छ ।

करिब तीन दशकअगाडि नेपाल प्रहरीको महाराजगञ्जस्थित तालिम केन्द्रबाट बिहानी अभ्यासको क्रममा सामूहिक दौडमा दौडँदै गर्दा जुत्ताको तुना निस्किएर बाहिर गएर तुना बाँध्दै गरेको बखत एउटा बच्चा स्कुलको ड्रेसमा रुँदै थियो, शायद उसकी आमा हुुनुपर्छ, एउटी महिलाले त्यो बच्चालाई जबरजस्ती तान्दै लगिरहेकी थिइन । तर बच्चा झन रुन्छ, तब ती महिलाले जुत्ताको तुना बाँध्दै गरेको प्रहरीको पोशाकमा रहेको तालिमे प्रहरीलाई देखाउँदै बच्चालाई भनिन्– ‘नपढ्, नपढ्, तँ पढिनस् भने उ त्यस्तै हुन्छस् ।’

ती महिलाले देखाएका तालिमे प्रहरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेर प्रहरी इन्स्पेक्टरको कडा परीक्षा उत्तिर्ण गरी तालिम गर्दै गरेका प्रहरी अधिकृत थिए । कालान्तरमा उनी सशस्त्र प्रहरी प्रमुख भए अर्थात दुर्जकुमार राई ।

यसरी प्रहरीलाई हेर्ने जनमानको नजर परिवर्तन हुँदै आएको सन्दर्भमा जसरी नेतृत्व परिवर्तनको सन्दर्भमा हुने हिलो छ्यापाछ्यापले झन–झन के होला ? प्रहरीको नेतृत्व चयनमा राजनीतिक नेतृत्वले जहिले पनि खेल्ने गरेको पाइन्छ । जसले गर्दा प्रहरी नेतृत्वमा हुुनुपर्ने आत्मविश्वास, उच्च मनोबाल, निष्पक्षतामा ह्रास आएको पाइन्छ ।

जब राजनीतिक नेतृत्वले खेल्न थाल्छ, प्रहरी नेतृत्व र अन्य पदाधिकारीको भविष्यको सुनिश्चिता हुँदैन । एउटा स्थापित प्रणालीले काम गर्दैन, तब उनीहरु आफ्नै संरक्षणको लागि दौडधुप गर्नतिर लाग्छन् ।

धेरै पर जानै पर्दैन । हालका नेपाल प्रहरीका प्रमुखले स्वतन्त्र तरिकाले काम गर्न पाउनुभयो कि भएन ? उहाँले प्रमुखको रुपमा नियुक्त पाएदेखि अहिले निवृत्त हुने बेलासम्म पनि आफूलाई स्वतन्त्र र सुरक्षित भएको महसुस गर्न पाउनु भयो कि भएन ? एउटा प्रश्न उठाउन सकिन्छ ।

जब राजनीतिक नेतृत्वले खेल्न थाल्छ, प्रहरी नेतृत्व र अन्य पदाधिकारीको भविष्यको सुनिश्चिता हुँदैन । एउटा स्थापित प्रणालीले काम गर्दैन, तब उनीहरु आफ्नै संरक्षणको लागि दौडधुप गर्नतिर लाग्छन् ।

यस्तै २०६५ सालतिर बामदेव गौतम गृहमन्त्री भएको बला पनि यस्तै भएको थियो । ३० बर्ष जागिरअवधि पुगेका प्रहरी नेतृत्व र एआइजीहरुको म्याद थप हुने नहुने दुविधाले गर्दा तत्कालिन प्रहरी नेतृत्व एआइजी काम देखाउने नाममा तत्कालिन काठमाडौं जिल्ला प्रहरी प्रमुखले गर्ने क्यासिनो निरीक्षण गर्ने काममा समेत आफै गएका थिए । तर, जति काम देखाएपनि ती प्रहरीको म्याद थपिएन ।

स्थिति कस्तोसम्म भयो भने ३० वर्ष जागिर अवधि पुगेर अवकाश पाएर घर गए, तर ३२ वर्ष पुगेका प्रहरी अधिकृतले प्रहरीको नेतृत्व ग्रहण गरे ।

अहिलेका प्रहरी अधिकृतको कार्यशैली निडरता, स्वच्छता जति उच्चस्तरीय थियो । अहिले बिस्तारै–बिस्तारै खस्किँदै गएको देखिन्छ । यसको एउटै कारण प्रहरी नेतृत्वमा पुग्नका लागि, नेतृत्वमा स्थापित हुनका लागि कुनै प्रणाली छैन, जसको पालना गरे मात्रै हुन्छ ।

तर, यहाँ नीतिनै छैन, नेताको पछि लाग्नुपर्छ । जसले गर्दा श्यामभक्त थापा, ओमविक्रम राणाहरु नेतृत्वमा स्थापित हुने पुगे । श्यामभक्त नेपाली सेनाको विदाई र स्वागतमा एअरपोर्ट पुग्ने भए । ओमविक्रमको पालामा सुडानकाण्ड नै भयो ।

अरुलाई खुशी पार्ने नाममा आफ्ना प्रहरी संगठनलाई नै बेवास्ता गर्न पुगे । नेपाल प्रहरी बलियो होस् भन्ने कुरा अन्य कुनै निकायले पनि चाहँदैन । झन राजनीतिकबृत त कमजोर प्रहरीमा नै खेल्न रुचाउँछ ।

‘मैले देखेको दरबार’मा तत्कालिन राजाका सैनिक प्रमुख सचिव विवेक शाहले अच्युतकृष्ण खरेल आइजीपी भएको सन्दर्भमा म्यानमानको राजदूतको निर्णयलाई लिएर, प्रहरी ज्यादै शक्तिशाली भएर गएको देखिन्छ भनेर उल्लेख गरेका थिए ।

आइजिपी भनेको प्रहरीको मियो हो, जसको वरपर सबै कुराहरु घुम्दछन् । तर, त्यो कमजोर भयो भने, त्यसमा स्थायित्व भइदिएन भने मियोअनुसार गोरु होइन कि गोरुअनुसार मियो घुम्न थाल्दछ ।

नेपाल प्रहरीमा तत्कालिन दुईजना आइजिपीहरु अच्युतकृष्ण खरेल र धुव्रबहादुर प्रधान कार्यकुशलता, नेतृत्व क्षमता, उच्च मनोबल आदि सबै क्षेत्रमा सबल मानिन्थे । तर, अहिले देखिएजस्तै राजनीतिक खेल र नेतृत्वको प्रतिस्पर्धामा दुबैलाई जुधाउने कार्य हुँदा उनीहरुले पनि आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्न समेत नपाई बीचमै भाँचिन पुगे ।

उनीहरु यस्ता किसिमका नेतृत्व थिए, जसलाई आदर्श मानेर हिड्ने प्रहरी अधिकृतहरु थुप्रै थिए । तर, अहिले त्यो स्तरको मनोबलमा हिँड्ने उच्च प्रहरी अधिकृतहरु कमै हुन्छन् । परिस्थितिले नै यस्तै सृजना गरिदिएको छ कि, कहीँ न कहीँ सम्झौता गर्न बाध्य छन् ।

आइजिपी भनेको प्रहरीको मियो हो, जसको वरपर सबै कुराहरु घुम्दछन् । तर, त्यो कमजोर भयो भने, त्यसमा स्थायित्व भइदिएन भने मियोअनुसार गोरु होइन कि गोरुअनुसार मियो घुम्न थाल्दछ ।

त्यसो हुने वित्तिकै कसैको पनि हित हुँदैन । यस्तो भएमा नेतृत्व कमजोर हुन्छ । प्रहरी नेतृत्व कमजोर हुने बित्तिकै सम्पूर्ण प्रहरी नै कमजोर हुन्छ र समग्र शान्ति सुरक्षा नै विथोलिन्छ । यसबाट न त जनता सरक्षित हुन्छन् न त राजनीतिक नेतृत्व नै ।

आइजिपी भनेको क्यारिस्केटिक नेतृत्व कला भएको हुनुपर्छ, जसको ७२ हजार प्रहरीले हृदयदेखि सम्मान गर्ने र पिछा गर्ने खालको हुनुपर्छ । अहिले देखिएका नेपाल प्रहरी र नेपाल प्रहरीका नेतृत्वका आकांक्षीहरु सबल, सक्षम र पतिस्पर्धी तवरका छन्, जसले प्रहरीलाई नेतृत्व दिन सक्छन् ।

तर, माथि भनिएझैँ प्रहरी नेतृत्व भनेको क्यारिस्केटिक तथा डाइनामिक तवरको पनि हुनुपर्छ । प्रहरी नेतृतवमा रहेको उच्च मनोबल, निष्पक्षता, अडान लिन सक्ने क्षमताले नै तलको प्रहरी परिचालित गर्न सकिन्छ ।

त्यस सँगसँगै संघीयताको कार्यान्वयन हुने यस घडीमा प्रहरी नेतृत्वको भूमिका अझ महत्वपूर्ण हुने हुँदा अब आउने नेतृत्व निस्कलंक, निष्पक्ष, डाइनामिक, अडान लिन सक्ने र परिस्थिति अनुसार चल्न सक्ने किसिमको हुनु जरुरी छ ।

लेखक नेपाल प्रहरीका पूर्वअधिकृत हुन् ।

No comments:

Post a Comment