बेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन आगामी साता एक नेपाली चलचित्रमा अनुबन्ध भएका कारण नेपाल आउँदै छन् । माघ १७ गते सोमबार वेलायतको विभिन्न स्थानमा जिन्दगीको प्राप्ति तिमि…….बोलको म्युजिक भिडियो छायाँकन गरियो ।
हिमाल सागरको स्वर रहेको उक्त गीतका संगीतकार अर्जुन पोख्रेल हुन भने म्युजिक भिडियोका निर्देशन राजदिप राईले गरेका हुन् । भिडियोमा नायिका लिम्बुका साथमा मोडल दिपक मगर पनि देखिने छन् ।
बेलायतमा हुने अधिकाँश साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो खरो उपस्थिति जनाउदै आईरहेकी नायिका लिम्बु पहिले देखि नै आफ्नो भाषा एवं संस्कृती झल्कने भिडियोहरुमा काम गर्दै आईरहेकी छन् ।
उनले दुई वटा म्युजिक भिडियो निर्माण गरिसकेकी छन् जुन म्युजिक भिडियो १४ फेबुअरी भ्यालेन्ट टाइमका दिन उपहार स्वरुप सार्वजनिक गरिने बताईएको छ ।
No comments:
Post a Comment