Monday, 30 January 2017

इँटाभट्टामा काम गर्दै आएका आठ बालकको उद्धा

भक्तपुर, जिल्ला कल्याण समितिले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा इँटाभट्टामा काम गर्दै आएका आठ बालकको आज उद्धार गरेको छ ।

चाँगुनारायण नगरपालिका–१७ झौखेलस्थित माता चिम्नी इँट्टा उद्योग र नगरकोट नगरपालिका–४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बालश्रमिकको उद्धार गरी एक गैरसरकारी संस्थाको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालक सल्यान,रोल्पा र दाङका छन् । तिनलाई परिवारमा पुनःमिलन तथा पुनःस्थापनाका लागि संस्थाको जिम्मा लगाइएको बताइएको छ । रासस


No comments:

Post a Comment