Monday, 30 January 2017

बलिउड सेलिब्रिटीको कायापलट जसले पुष्टि गर्छ ‘जति धेरै पैसा त्यति राम्रो अनुहार’

बलिउड सुन्दरीहरुको स्वरुपमा निकै परिवर्तन आइसकेको छ । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटी बारे बताउँदै छौं जो एक वा दुई दशकभित्र निकै परिवर्तन भइसकेका छन् । यीमध्ये कोही अहिलेसम्म पनि जवान छन् । हेरौंः
१. रिंकी खन्नाः
रिंकी, डिम्पल कपाडिया र राजेश खन्नाकी कान्छी छोरी हुन् । उनले केही फिल्ममा अभिनय पनि गरेकी छिन् । उनी व्यापारी समिर शरणसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।
२. विद्या बालनः
विद्या बालनले फिल्मको विज्ञापनमार्फत आफ्नो अभिनय यात्रा सुरु गरिन् । र अहिले उनी बलिउडकी सबैभन्दा राम्री महिलाको रुपमा स्थापित भइसकेकी छिन् ।
३. भाग्यश्रीः
भाग्यश्री बलिउड टाउनकी यस्ती नायिकाको रुपमा स्थापित हुन सफल भएकी छिन् जो सदाबहार नायिकाको रुपमा स्थापित छन् ।
प्रियंका चोपडाः
प्रियंका चोपडाले बलिउडको यात्रा मिस वर्ल्डको ताज पहिरिएपछि सुरु गरिन् ।
शिल्पा शेट्टीः
शिल्पा शेट्टी एक सन्तानकी आमा भइकन पनि सुगठित शरिरको लागि परिचित छिन् । केही वर्षदेखि उनले आफ्नै शैलीको योगालाई बढोत्तरी दिइरहेकी छिन् र यसमा ख्याती पनि कमाइरहेकी छिन् ।
रानी मुखर्जीः
रानीले बिटाउनको क्युट नायिकोका रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् र उनले यसलाई केही हदसम्म कायम राख्न पनि सफल भएकी छिन् । यद्यपी, उनले सन्तान जन्माएपछि भने उनको तौल केही बढेको छ ।
श्रीदेवीः
श्रीदेवीले दशकभन्दा लामो समयसम्म बलिउडमा आफ्नो राज जमाइन् । आफूलाई स्टाइलिष्ट राखी अहिलेपनि उनी बलिउडकी ‘टक अफ द टाउन’ बन्ने गरेकी छिन् ।
रेखाः
रेखा करियरको सुरुवाती अवस्थामा मोटी नायिकाको रुपमा परिचित थिइन् तर उनले आफ्नो सुन्दर अनुहार र सुगठित शरिरले सबैलाई मन्त्रमुग्ध पारिदिइन् ।
लारा दत्तः
पूर्व मिस युनिभर्स लारा दत्तले आफूलाई वर्षैपिच्छे परिवर्तन गर्दै लगिन् ।
करिष्मा कपुरः
करिष्मा बलिउडकी निकै चर्चित नायिका हुन् । उनले वर्षौंदेखि आफूलाई ट्रेन्डमा राख्न सफल भएकी छिन् ।
काजोलः
काजोल बलिउडको सुरुवातमा ‘डार्क टोन’ नायिकाको रुपमा परिचित थिइन् तर अहिले उनको स्वरुप बदलिएको छ ।
बिपाशा बासुः
बिपाशाले पनि आफूलाई दिन प्रतिदिन परिवर्तन गरिरहेकी छिन् ।

No comments:

Post a Comment