काठमाडौं, माघ १८ । नेपालले भारतबाट ल्याउने भनिएको बिजुली घटाईएको छ । बुधबार मध्यरातदेखि भारतबाट थप २५ मेगावाट मात्रै बिजुली आयात हुने भएको छ ।
४० मेगावाट विद्युत् आपूर्तिको सम्झौता भए पनि माग घटेको र प्रसारणलाइनमा केही प्राविधिक समस्या देखिएको भन्दै २५ मेगावाट मात्र आयात गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट ल्याउने भनिए जति बिजुली नल्याए पनि लोडसेडिङ नहुने स्पष्ट पारे ।
उनले यो वर्षका लागि भारतबाट अब बिजुली थप नहुने पनि जानकारी गराए । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनबाट बिजुली थप हुन लागेको हो ।
विद्युत् प्राधिकरण र एनभीभीएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट बिजुली खरिदबिक्रीको सम्झौता (पीपीए) भएको थियो ।
No comments:
Post a Comment